Breaking

दुर्गा प्रसाईंको धम्कीः ओली र बस्नेतलाई भक्तपुरबाट लखेटिन्छ


काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईँले कि जेल जाने कि मर्ने कसम खाएर आफू काठमाडौँ आएको बताएका छन् । बिहीबार काठमाडौँमा हुने कार्यक्रममा भाग लिन काठमाडौँ आएका उनले भक्तपुरमा पत्रकार सम्मेलन गरी आन्दोलन सफल नभएसम्म घर नफर्किने उनले बताए । यस्तै ओलीको कम्युनिस्ट सिद्धान्त असफल भएको उनको जिकिर छ ।

‘ओलीको कम्युनिस्ट सिद्धान्त गएको छ । अब कसरी मुख देखाउनुहुन्छ ? हजुरबुवा झापा जाँदा कसरी मुख देखाउनु हुन्छ ? अब ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न दुर्गा प्रसाईँसँग अनुमति लिनुपर्छ’, उनले चेतावनी दिए । यसैगरी युवासंघका कार्यकर्ताले महिला बसेको ठाउँमा हातपात गर्न खोजेको उनले आरोप लगाए ।

उनले महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी र राज्यप्रसाशन मौन भएकोमा आपत्ति जनाए । ओली र बस्नेतलाई चेतावनी दिँदै मित्रवत् व्यवहार गर्दा राम्रो हुने तर दुस्मनी गर्दा ठुलो मूल्य चुकाउने उनले चेतावनी दिए ।