Breaking

महासंग्रामको तयारीमा दुर्गा प्रसाईं र महेश बस्नेत, जनता बटुल्न रातारात धौड्धुप, पाँच लाख उतार्ने धम्की


काठमाडौँ — मङ्सिर ७ मा दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ र युवा सङ्घले आयोजना गरेको प्रदर्शनको चर्चा व्याप्त छ । यसले मुठभेडकै स्थिती आउन सक्ने भन्दै सुरक्षा सर्तकताबारे सरकारले चासो राख्दा दुवै पक्षका उत्तजेक भाषण कम भएका छैनन् । जसलाई एमालेले संस्थागत नै गरेको छ भने प्रतिपक्षी विरुद्ध उग्र बन्ने प्रसाईको शैली पनि अचम्मको देखिदा सरकार भने चुपचाप देखिएको छ ।

नेपाली इतिहासमा दश बर्षे जनयुद्धको अन्त्य गर्ने आधार बनेको वृहत शान्ती सम्झौताको महिना यो पटक भिडन्तको मास हुने अवस्था सिर्जना भएको छ । शान्ति सम्झौतामार्फत नयाँ नेपाल निर्माण गर्न नेपाली जनताले २००७ सालदेखि गरेको प्रयासले पूर्णता पाएको टिप्पणी गरेका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् भने देश नबनेको निराशा उत्कष्र्कमा छ ।

त्यसैमा खेल्दै राजनिति गरेको एक शक्ती संसदीय राजनीतिमा समेटिदा दुर्गा प्रसाई अर्को निराशालाई ढाल बनाएर राजनीति गरिरहेका छन् । बैंकहरूको चर्को ब्याज कम गर्न, मेडिकल शिक्षा र जनताले गरिखाने वातावरण बनाउन सरकारमाथि दबाब बढाउन काठमाडाँै केन्द्रीत शक्ती प्रर्दशनमा लागि पर्दा त्यसको निशानामा सरकार संगै प्रतिपक्षी दल एमाले बनेको छ ।

कालोमोसो काण्डपछिसामाजिक सञ्जालबाट एमालेविरुद्ध खनिएका प्रसाईंले ७ मंसिरलाई शक्ति प्रर्दशनको रुपमा लिएका छन् भने एमाले प्रसाईं समूहको प्रतिवाद गर्ने रणनीतिमा छ । फलत ः भातृसंगठन युवासंघ र अनेरास्वीयूले गर्ने कार्यक्रमलाई पार्टीको समेत साथ रहेको भन्दै संस्थागत गराउदा अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र विरुद्ध औला उठाउनेको औला तल झार्दिने चेतावनी नै दिएका छन् ।

अर्थात सोही दिनलाई भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्ने मिति तोकेका एमालेले त्यसैकारण युवा संघको ब्यानरमा प्रसाईंविरुद्ध एमाले कार्यक्रर्ता उतार्ने प्रयास गरेको छ । त्यसका लागि माहोल तताउन लागि परेका एमाले नेता महेश बस्नेत उपत्यकाका तिनै जिल्लाका एमाले नेता कार्यकर्तालाई प्रर्दशनमा सहभागी बन्न आग्रह गरिरहेका छन् ।

आफ्ना एजेण्डालाई पार्टीले संस्थागत रुप दिएपछि ईज्जतकै लागि भएपनि भिड देखाउनुपर्ने दबाबले थिचिएका उनी व्यवस्थाविरुद्ध प्रहार गर्न खोज्नेलाई मंसिर ७ गते युवा संघ र एमाले के हो भन्ने कुरा देखाउने चेतावनी नै दिइरहेका छन् । हुन त एउटा व्यापारीलाई विगतमा दिएको स्पेसले प्रचण्ड–ओलीहरु आफँै लज्जित हुनुपर्ने अहिलेको अवस्थामा उनीहरुको आफ्नो नालायकीसमेत अझ प्रष्ट भएको छ । जहाँ कालो मोसो दलेर नेता बनाउने तथा पक्राउ गर्न सरकारलाई आग्रह गरेर प्रसाईको विज्ञापन गर्न एमाले लागि पर्दा सरकार पनि चुपचाप बसेर उनलाई हौसाइरहेको छ ।

फलत ः राजनीतिक शक्तीको आडमा आफ्नो व्यापारिक साम्राज्य जोगाउन लागि परेका उनलाई लिएरविश्लेषणकोबाढी आँउदा सरकार पनि प्रसाईँलाई व्यवस्था धरापमा पार्ने पात्रकै रुपमा विज्ञापन गरिरहेको छ । त्यसैका लागि कहिले सुरक्षा संयन्त्रका प्रमुखसँग देशको सुरक्षाको बिफ्रिङ लिने तथा कहिले मंसिर ७ मा उपत्यकाको सुरक्षाबारे गृहमन्त्रालयमा छलफल नै भएको छ । यही कारणराजावादीहरु हौसिदा यो पल्ट उथलपुथल नै हुने तर्क गर्नेहरुको कमी छैन ।

यता महाअभियानकै उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहबाट गराएर भुईमा खुट्टा नभएका प्रसाई त आफूलाई मसिहा नै ठानिरहेका छन् । आफूले रास्वपा र राप्रपाको एजेण्डा र रणनीति नै हत्याएको तथा पुराना दल त यसै बद्नाम रहेको भ्रममा रहेका उनी आफ्नो कार्यक्रममा ज्ञानेन्द्र नआए अर्कै राजा हुनसक्नेसम्मको हाँक दिइरहेका छन ।

हुन त यही तातिएको बहसले व्यवस्था खतरामा परेको भन्दै शक्ति सञ्चयको प्रयास गर्ने फाइदामा प्रचण्डसमेत छन् । यता काम नपाएर बसेको एमालेलाई शक्ति प्रदर्शनको मौका मिल्दा अन्य दललाई पनि राजनीतिक खेती लगाउने अवसर प्रदान गरेको छ । अर्थात यो रापमा रोटी सक्ने बढ्दा आमनागरिकलाई पनि निराशा देखाउने कथित मन्च प्राप्त गरेको भान भइरहेको छ । तर यसको प्रतिफल प्रसाईंले भन्दा यी पुराना दलल नै धेरै पाउने अवस्था आउनेसमेत सम्भावना रहदाँ यो रापतापले वाणी विलासको अवसर भन्दा केही नहुने पनि पक्का छ ।