Breaking

रास्वपामा छट्पटी, घरघरमा पुगे रवि, स्वर्णिम र अनिल गुमनाम, जनताका प्रश्नैप्रश्न


काठमार्डौँ — गत निर्वाचनामा वैकल्पिक शक्ति बनेर आएको रास्वपा आफ्नो छटपटी र कमजोरीको आत्मसमीक्षा गर्न जनताको घरदैलोमा पुगेको छ । रास्वपाका नेता कार्यकर्ता आम निर्वाचन भएको एक वर्ष हुँदै गर्दा मतदातालाई कृतज्ञता व्यक्त गर्दै सुझाव सङ्कलनका लागि निर्वाचन क्षेत्र पुगेका छन्् । पार्टी स्थानपनाको पाँच महिनाको छोटो अवधिमा नै सदनको चौथो ठूलो दल हुँदै वैकल्पिक नयाँ शक्ति बनेर नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार देखि घरदैलो अभियान थालेको छ । संविधान जारी भएपछिको दोस्रो अद्यावधिक निर्वाचन भएको वर्ष दिन पुग्नै लाग्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि मंसीर २ देखि ४ गते सम्म तीनदिने घरदैलो अभियान सञ्चालनमा जुटेको हो ।

‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’, नारा दिएको रास्वपाका सांसदले एक वर्षको ‘रिपोर्ट कार्ड’ सहित भएका कमीकमजोरीलाई आत्मसात गर्ने हेतुले सभापति रवि लामिछाने चितवनको आफ्नो निर्वाचन क्षेत्रका मतदाता समक्ष पुगेका छन् । रास्वपाको यो अभियानले नेताहरू चुनावताका भोट माग्न मात्रै नभई, मतदातासँग सल्लाह सुझाव माग्न पनि आउँछन् भन्ने सन्देश दिन खोजेको छ ।

रविसहित पार्टीका अन्य नेता कार्यकर्तापनि फिल्डमै खटिएकाछन् । रास्वपाका नेता कार्यकर्ता भूगोल हेरेर आफ्नो क्षेत्रमा व्यस्त छन् । सांसद सोभिता गौतम पनि आफ्नो निर्वाचनमा खटिएकीछिन् । संसदीय राजनीतिको अभ्यास गर्न पाइला टेकेदेखि नै रास्वपाभित्र देखिएको छटपटी पनि अनेकन छन् । परम्परागत दलको विकल्प बन्छु भन्दै आम निर्वाचनमा होमिएको रास्वपाले एक वर्षको अविधमा विभिन्न उतार चढावको सामना गर्नु परेको छ ।

पुराना दललाई गाली गर्दै निर्वाचनमा होमिएको रास्वपा निर्वाचनालगत्तै तिनै पुराना दलसँग काँध जोडेर सत्तामा सामेल हुन पुग्यो । जबकी आम जनताले रास्वपालाई द्रबिलो प्रतिपक्षीका रुपमा हेर्न चाहेका थिए ।साउन भदौको उर्लदो भेलजस्तै उभार लिएर आएको रास्वपा सत्तामा पुग्न यति हतारियो कि, ४५ दिन वित्न नपाउँदै फेरि सत्ताबाट बाहिरिन पुग्यो । उपनिर्वाचनको मुखैमा ढाकाराम श्रेष्ठको दुई करोड प्रकरणले सत्ता आगमन र बहिर्गमनकै बीचमा रुमल्लिएको पार्टीको बेचैनी झन् बढेको थियो ।

पार्टीको नेतृत्वबाट नै ठूलो आश बोकेका जनताले समाजमा प्रभावशाली व्यक्तिको छवि बनाएकाहरू नै पार्टीमा प्रवेश गर्दा थप आश गरेका थिए । अझ उपनिर्वाचनमा सबै ठूला दल लाग्दासमेत स्वार्णिम वाग्लेको जितले त रास्वपाको उत्साह थप जाग्यो । तर, सेना घटाउने उनको अभिव्यक्तिले ठूलो आलोचनाको शिकार बन्नु परेको छ । पार्टी स्थापनाको एक वर्ष बितिसक्दा पनि रास्वपा तुलबुली नीति र सिद्धान्तमा नै अड्किएको छ ।

रास्वपालाई ठूला दलको बेवास्थाले पनि अधिक छटपटाहट बनाएको छ । रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद भएको भन्दै सार्वजनिक कार्यक्रममै गुनासो पोखेकि थिइन् । अहिले फेरि खेतीयोग्य जमीनामा भवन बनाउन नदिने उनको अभिव्यक्ति सकारात्मक नै भए पनि कार्यकारी भूमिकामा आफू नरहँदाको अधैर्यता उनीमा देखिन्छ ।

पुराना राजनीतिक दलबाट आजित भएर गत निर्वाचनमा ११ लाखभन्दा बढी समानुपातिक जनमतसहित जनताले नयाँ दललाई भरोसा देखाएर सदनमा पठाए पनि रैथाने दलले भने रास्वपालाई बेवास्ता गर्दै आएकाछन् । सदनमा आफूहरूलाई बारम्बार दबाउन खोजेको आरोप लगाएको रास्वपाले, राष्ट्रिय दलसमेत नभएकाले संसदीय दलको नेतृत्व गरिरहँदा आफूहरूलाई ‘बाईकट’ गरेकोमा पनि आपत्ति जनाएको छ । नेपाली राजनीतिका पुराना दलहरूले भन्दा फरक प्रवृत्तिको अभ्यास गर्न खोजेको रास्वापले एक वर्षको अवधि छटपटीमा नै बिताएको छ ।

कात्तिक २३ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अनुसार पार्टीका सांसद, केन्द्रीय सदस्य र २०७९ को निर्वाचनका उम्मेदवारहरू घरदैलो अभियानमा गएका छन् । रास्वपाका २१ सांसद र पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य छन् । गत निर्वाचनमा रास्वपाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १३१ र समानुपातिकमा १०७ जना उम्मेदवार खडा गरेको थियो । पार्टीले गर्ने तीनदिने घरदैलो अभियानका क्रममा सबल र दुर्बल पक्ष दुवैको सुझाव सङ्कलन गर्ने कार्यतालिका छ ।