काठमाडौं । हङकङमा जारी चार देश सम्मिलित महिला टी—२० आई सिरिजमा नेपालले जापानसामु १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
वाङ नाइमा जापानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १३ रनको योगफल तयार पारेको हो । नेपालका लागि सर्वाधिक रन बनाएकी रूविना ३२ बलमा ५ चौका प्रहार गर्दा बोल्ड आउट भएका छन् ।
सीता राना मगर ९ रनमा बोल्ड आउट हुँदा कप्तान इन्दु बर्मा २७ रनमा क्याच आउट भईन्, भने कप्तान इन्दु ३१ बलमा २ चौका हान सफल भएका छन् । काजल श्रेष्ठ १५ र अस्मिना कर्माचार्य १ रनमा नटआउट रहे, भने काजल ७ बलमा ३ चौका प्रहार गर्न सफल भएका छन् ।
जापानविरूद्धको खेलबाट तिव्र गतिकी बलर सोनी पाख्रिनले डेब्यु गरेकी छिन् । यसअघि सिरिजका दुवै खेलमा पराजित नेपाल र जापान पहिलो जितको खोजीमा छन् ।
प्रतिक्रिया