विदेश

जेलेन्स्किीमाथि सत्ता छोड्न दबाब, देश यद्धमा फँस्दा निर्वाचनको अनिश्चितता


काठमाडौँ — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको राष्ट्रपतिको निर्वाचनका लागि अहिले उपयुक्त समय नभएको बताएका छन् । सन् २०२४ मा हुनुपर्ने राष्ट्रपति निर्वाचनबारे बहस चर्कंदै गएपछि रुसी आक्रमणविरुद्ध होमिएको युक्रेनमा यतिबेला निर्वाचन गर्ने सही समय नभएको उनले बताएका हुन् । जसले गर्दा आगामी वसन्तमा हुने राष्ट्रपति निर्वाचनसहित सबै निर्वाचन प्राविधिक रूपमा रद्द गरिएको छ । रुस–युक्रेनबीच सन् २०२२ फेब्रुअरीमा सुरु भएको युद्ध हालसम्म पनि निरन्तर चलिरहेको छ । २३ फेब्रुअरी राति रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैन्य कारबाहीको घोषणा गरेका थिए ।

त्यसको केही घण्टापछि अर्थात २४ फब्रुअरीको बिहानै युक्रेनको राजधानी किभ र वरपरका सहरहरूमा हवाई आक्रमण सुरु भएको थियो । यो युद्धले दुबैतर्फ गरी हजारौँ निर्दोष जनताले ज्यान गुमाए भने करोडौँ जनता विस्तापित भएका छन् । रुसको यो हमलाले विश्वमा नै हलचल ल्यायो । पुरानो हुँदै गएका यी दुई देशको युद्धलाई भने हमास र इजरायलको युद्धले ओझेलमा पारेको थियो । तर पछिल्लो समय युक्रेन फेरि चर्चामा आएका छन् । चर्चामा आउनुको कारण हो राष्ट्रपति निर्वाचन । सन् २०१९ को निर्वाचनबाट जेलेन्स्किी पाँच वर्षका लागि राष्ट्रपति निर्वाचित भएका थिए ।

उनको कार्यकाल समाप्त हुनै लाग्दा राष्ट्रपतिको निर्वाचनका लागि अहिले उपयुक्त समय नभएको बताएका छन् । यसको प्रत्यक्ष असर हो रुससंगको युद्ध । सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनबारे बहस चर्कंदै गएपछि रुसी आक्रमणविरुद्ध होमिएको युक्रेनमा यतिबेला निर्वाचन गर्ने सही समय नभएको उनको भनाइ थियो । जेलेन्स्किीको यो भनाइसँगै आगामी वसन्तमा हुने राष्ट्रपति निर्वाचनसहित सबै निर्वाचन प्राविधिक रूपमा रद्द गरिएको छ । ‘

अहिले रक्षा र युद्धको समय हो भन्ने हामीले निर्धारण गर्नुपर्छ । यसमा राज्य र जनताको भाग्य निर्भर छ ।’ आफ्नो दैनिक सम्बोधनमा उनले भने । उनले अहिले देश विभाजित गर्नेतर्फ जान नहुने र एकताबद्ध हुने समय भएको बताउँदै उनले भने, ‘अहिले निर्वाचनका लागि सही समय होइन भन्ने मेरो विश्वास छ ।’ युक्रेनमा रुसी सेना पसेसँगै युक्रेनी सेनाले जवाफी हमला गरे पनि युद्धरत दुवै पक्षबीच सीमा रेखा करिब एक वर्षदेखि स्थिर छ ।

युक्रेनका प्रमुख सहयोगी अमेरिका र युरोपका अधिकारीहरूले २० महिनादेखि जारी सङ्घर्ष अन्त्यका लागि कुराकानी गर्न सुझाव दिएको बताइएको छ । तर युक्रेनको जवाफी हमलामा गतिरोध उत्पन्न भएको वा पश्चिमी मुलुक वार्तामा प्रवेश गर्न किभलाई सुझाव दिएको भन्ने कुरालाई राष्ट्रपति जेलेन्स्कीले ठाडै अस्वीकार गरेका छन् । अमेरिका र अन्य सहयोगीहरूले आवश्यकता भएसम्म रुसलाई पराजित गर्न किभलाई सैन्य र वित्तीय सहयोग जारी रहने सार्वजनिक रूपमै बताउँदै आएका छन् ।

अक्टोबर ७ मा इजरायलमाथि हमासले आक्रमण गरेपछि विश्वको ध्यान मध्यपूर्वतर्फ मोडिएसँगै जेलेन्स्की तीव्र दबाबमा परेका छन् । ठूलो संख्यामा विदेशमा रहेका युक्रेनी र युद्ध मोर्चामा लडिरहेका सैनिकका कारण निर्वाचन गराउन तार्किक रूपमा कठिन हुनसक्छ । युद्ध सुरु भएपछि जेलेन्स्कीको अनुमोदन मूल्याङ्कन उच्च थियो तर युद्धमा एकताबद्ध शक्ति भएपनि मुलुकको राजनीतिक परिदृश्य अस्थिर दखिएको छ । जेलेन्स्कीले अहिले चारैतिरबाट दबाब खेपिरहेका छन् । ‘डु एनण्ड डाई’ को स्थितिमा रहेका उनलाई निर्वाचनले पनि थप समस्यामा पार्ने देखिन्छ ।