Breaking

फेरि ओली–प्रचण्ड मिलाउँदै चीन, सि जिनफिङको मन जित्न कम्युनिस्ट नेताको होडबाजी


काठमाडौँ — केहि वर्षयता नेपाल–चिनबीच उच्चस्तरीय राजनीतिक भ्रमण बाक्लिँदो छ । तर नेपाल–चीनबीच चलिरहेको कुटनीतिक भ्रमणमा राज्यस्तर कम बढी पार्टी केन्द्रित हुँदा कुटनीतिक सुधारभन्दा शंकाको घेरामा पर्दै आएको छ । एकपछि अर्को चिनियाँ अधिकारीको नेपाल यात्रा र नेपालका कम्युनिष्ट नेताहरुको एकपछि अर्को चीन यात्रा आलोचनामा पर्दै आएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत क्षेत्रका सचिव वाङ जुङझेङ पाँच दिने नेपाल भ्रमणमा छन । बुधवार काठमाडौ ओर्लिएका उनले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शिष्टचार भेट गर्दै उच्चस्तरीय भेटघाट सुरु गरेका छन् ।

विहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दुईपक्षीय भेटवार्ता भएको छ । गत सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा भएका सहमतिहरु अघि बढाउने विषयमा भेटवार्ता केन्द्रीत थियो । दुई देशबीच भएका सम्झौता कार्यन्वयनमा लैजाने विषय बुझन बेइजिङले तिब्बत हेर्ने अधिकारीलाई नेपाल पठाएपछि कुटनीतिक तहमा यसबारे चासो सुरु भएको छ । सीपीसीका तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ नेपाल भ्रमणमा रहँदा सत्तारुढ दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल चीनमा छन ।

सचिव वाङ नेपाल नओर्लिँदै पुर्वप्रधानमन्त्री समेत रहेका नेपाल जम्बो टोली बोकेर चीन पुगेका हुन् । भुकम्पले देश थलिएका बेला नागरिकको आँशु अन्देखा गर्दै उनी चीन पुगेका हुन् । सेप्टेम्बरमा मात्रै प्रधानमन्त्री प्रचण्ड र उनको मन्त्रिपरिषद्का आधा दर्जन मन्त्रीले चीन भ्रमण गरेका थिए । लगत्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन पुगेका थिए । नेकपा एमालेका महासचिव शंकर पोखरेलको जम्बो टोली प्रधानमन्त्री प्रचण्डको भ्रमण अगावै चिन भ्रमण सक्याएर फर्किएका थिए । नेकपा एमाले, माओवादी केन्द्रसहित नेपालका कम्युनिस्ट पार्टीका नेता÷कार्यकर्ताका लागि छिमेकी चीन जानु ‘पानी–पँधेरो’ जस्तै छ ।

मुलुकको राष्ट्रिय स्वार्थ भन्दा आफ्नो स्वार्थमा केन्द्रीत नेतृत्व भुकम्पको राहत ग्रहण गर्दा समेत कुटनीतिक मर्यादा बिर्सिएर राहत ग्रहण गरिरहेका छन् । बुधबार भुकम्प पीडितका लागि चीनले पठाएको राहत गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका छन भने भारतले पठाएको राहत उपप्रधान तथा रक्षामन्त्री पुर्ण बहादुर खडकाले बुझे । अर्थात कुटनीतिक व्यवहार कुल्चिएर को कसको कति निकटम भन्ने सन्देश छरपष्ट पारेका छन ।

संकटमा गरिने सहयोग र दुईपक्षीय कुटनीतिक व्यवहार आफैमा महत्वपुर्ण मानिन्छ । संकटका बेला देखाईने कुटनीतिक व्यवहारले अर्थ राख्छ । तर राज्य–राज्य भन्दा पार्टी पार्टी अझ नेता नेताबीच फरक कुटनीति झल्कँदा छिमेकी देशसँग नेपालको कुटनीतिक अभ्यास थप कच्चा र कमजोर बन्दै गएको छ । मुलुकको कुटनीतिक क्षेत्र क्षयीकरण उन्मुख देखिन्छ ।