देश

तिहारको मुखमा फूल किसान निराश, छैन बजार, खर्च उठाउनै धौधौ


काठमाडौँ — तिहार नजिकिएसगँै फुल व्यावसायीलाई माला उन्न , र बिक्रि गर्न भ्याईनभ्याई छ । तर उचीत बजार मुल्य नपाए पछि किसानहरु निराश देखिन्छ । नेपालीको दास्रो ठूलो चाड तिहार नजिकिएसँगै यतिबेला गाउँ–सहर जताततै मखमली, सयपत्री र गोदावरीका फुल ढकमम्क फुलेका छन् । तिहारमा घर सिंगार्न, लक्ष्मीपूजा गर्नदेखि भाइटिकाको दिन दाजुभाईलाई माला लगाउन सयपत्री र मखमली फूलको प्रयोग हुन्छ । तर फूल उत्पादन गर्न लाखाँैको लगानी गर्दै आएका किसान भने व्यवसायबाट सन्तुष्ट छैनन् ।

तिहारलाई लक्षित गरेर घर, पसलहरू सजाउनका लागि प्लास्टिकका फूल, माला तथा सजावटका सामान किनबेचमा रोक लगाएको काठमाडौं महानगरले किनबेच गरेको पाइएमा जफत गर्न प्रहरी नै परिचालन गरेको छ । सरकारले वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । तिहार लक्षित सयपत्री फूलमा नेपाल आत्मनिर्भर रहेको भन्दै यो भन्दा अघिल्ला वर्षदेखि आयातमा प्रतिबन्ध पनि लगाएको छ । तर नेपाली फूलले मूल्य पाउँन भने सकेको छैन । अहिले तिहार लक्षित आवश्यक मखमली फूलको माला उन्न र बिक्री गर्न किसानलाई भ्याईनभ्याइ छ ।

तर मखमली फूलको मालाको माग अत्यधिक भएपनि मूल्य नपाएको किसानहरुको गुनासो छ । भक्तपुर, सूर्यविनायक नगरपालिका गुण्डुकी राधा थापाले विगतका वर्षको जस्तो मखमली फूल र मालाको मूल्य पाउन नसकेको बताइन् । व्यापार राम्रो भएपनि विगतका वर्ष ३५ रुपैयाँसम्म प्रतिमाला बिक्री भएकोमा यस वर्ष २० देखि २३ रुपैयाँभन्दा बढी मूल्य पाउन नसकेको उनको भनाइ छ । थापाको जस्तै गुनासो निर्मला बस्नेतको पनि छ । उनले नेपाली बजारमा उचित मूल्य नपाएपछि विदेश निर्यातको तयारी गरेको बताइन् ।

यस वर्ष तिथि मितिमा घटबढ हुँदा चाडबाड पछाडि धकिलियो । यही कारण पनि फूलहरु बोटमै सुक्न थालेको देखिन्छ । साथै, असोज महिनामा बढी पानी परेकाले फूल ढलेर उत्पादन कम भएको किसानको भनाइ छ । भक्तपुर गुण्डुकै स्थानीय पुष्प व्यवसायी मैया बस्नेतले उत्पादन कम भए पनि बजार मूल्य बढ्न नसकेको बताइन् ।

बोटमै मखमली फूल सुक्न लागेकाले उनी चिन्तित छिन् । सरकारले फूलमा आत्मनिर्भर रहेको भन्दै फूल आयातमा प्रतिबन्ध लगायो तर नेपाली उत्पादनलाई बेवास्था गर्दा किसान उत्साहित हुन सकेका छैनन् । बजार व्यवस्थापनमा सम्बन्धित निकायले बेलैमा ध्यान दिएर किसानलाई प्रोत्साहन गर्न सके नेपाल फूललगायत अन्य खाद्यान्नमासमेत आत्मनिर्भर हुने थियो कि ?