Breaking

गणतन्त्रवादीले लखेटेका रवि राजावादी बन्लान् ? जाजरकोटबाट रवि किन लखेटिए ?


काठमाडौँ — नेपालको राजनीतिमा जादू गर्ने भन्दै मिडिया छोडेर यतैतर्फ हानिएका रवि लामिछानेमा पछिल्लो समय छटपटी बढ्दो छ । अभियानलाई अघि बढाउनु ठूलो कुरा नभएपनि संगठित गर्नु चुनौतीपूर्ण रहेको तत्थ्यतर्फ अघि बढेको पार्टी र आफंैमाथि उठेका प्रश्नले उनी तिलमिलाएका हुन ।

जहाँ न त गणतन्त्रवादीको न त राजावादीको अवस्थामा रहेका उनलाई अरु के कुराले निराशा थप्दै छ त ? जाजरकोट भूकम्पले पीडित बनेकालाई राहत सामग्री बोकेर गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एकद्वार प्रणालीले दाँतमा ढुगाँ नै लाग्यो । अन्य प्रकोपमा भन्दा यसमा प्रधानमन्त्री स्वयम् र सरकारले देखाएको तदारुकताले रविलाई छायामा पा¥यो । यद्यपि, तोसिमा कार्की जस्ता रास्वपाका नेता तथा सांसदहरु आफूसहित विशेषज्ञको टोली लिएर पीडितका घाउमा मलमपट्टी लगाए ।

रवि स्वयमले आफूले जानेको यहि हो भन्दै रेडियोबाट कार्यक्रम चलाएर सचेत गराउने प्रयास गरे । तर सरकारका अघि निरीह देखिएका उनीहरुलाई चर्चामा आईरहने पहिल्यैदेखिको बानीले निराश बनायो । अझ केन्द्रमा सर्वदलीय बैठकमा नाममा पुरानाहरु दलहरु एक ठाँउमा उभिएर राष्ट्रिय विपत्तिमा एक ठाँउमा रहेको सन्देश दिदाँ रविको पार्टी समेटिएन । जसले आगो बनेका रविले सर्वदलीय हेड सरहरुका नाममा सामाजिक सन्जालमा आक्रोश नै पोखे ।

उद्धार कार्य उत्कृष्ट भए पनि राहत वितरण सही नभएको बताएका उनले पुराना दलहरुले नसके आफूलाई भन्न र त्यो पनि पुनर्निर्माणसम्मको जिम्मा लिन तयार रहेकोसम्म उल्लेख गरे । परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई कठ्यांग्रिने यो चिसो मौसममा खुला आकाशमुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले मेरा आफ्नो आँखा नराम्ररी बिझाएको बताएका उनलाई खासमा सर्वदलीय बैठकमा सहभागी नबनाएको बढी बिझेको थियो ।

फलत ः राष्ट्रपति हेलिकप्टर चढेर प्रभावित क्षेत्र पुग्दा उनी भने हवाई जहाजमार्फत काठमाडौँ हानिएर नयाँ सन्देश दिन खोजे भने १२ बुँदेमा नअटाएका उनले सरकारलाई १४ बुँदे सुझाव नै दिन भ्याए । जहाँ एकद्वार प्रणालीको व्यवस्थापन खराब रहेको भन्दै यसलाई सुधार्न लामिछानेले सरकारको ध्यानाकर्षण गराएको बुदाँबाटै उनीहरु छायाँमा परेको दुःख प्रष्ट छ ।

हुन पनि आमजनताका प्रश्न खरो रुपमा उठाउने र भ्रष्टाचारीलाई टँुडिखेलमा राखेर नाकको डाँडीमा लात्तीले हान्ने सपना बाँडेका रवि चमत्कार गर्ने सपना नै देखाएर राजनीतिमा आएका थिए । जनताको साथले पुरानालाई सच्चिने कि सक्किने अवस्था आएको बहस नै सुरु गर्ने हैसियत प्राप्त गरेका उनीहरु २०८४ मा एकल बहुमत कै सपना देखिरहेका छन् । तर विपद्मासमेत सरकार हावी भएको छ भने हिजो जसले गृहमन्त्री बनाए अर्थात पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासंग सहकार्य भएपछि वास्तै गर्न छोडिदिए ।

प्रतिपक्षमासमेत दमदार आवाज बन्न नसकेका उनी पार्टी भित्रै पनि कुन बाटो रोज्ने भन्ने रस्साकस्सीका प्रश्नको केन्द्रमा छन् । फलतः न त गणतन्त्रवादीको न त राजावादीको कसैको बन्न नसकेका उनी सर्वदलीयमा नअटाउनमा पनि यसैले भूमिका खेलेको पक्का छ । त्यस्तै दशैँपछि सरकारमा सहभागी गराउने प्रचण्डको आश्वासनसमेत पूरा भएन भने विगतमा बोलेका विवादित अभिव्यक्तिले पुरानैसँग मिसिएर अघि जाने अवस्थामासमेत छैनन् ।

यही कारण कहिले संसदमा तीन दलको सिण्डिकेट रहेको त कहिले आफूले सांसद भएर सञ्चारकर्मी हुदाँको जतिसमेत काम गर्न नसकेको गुनासो गरेका उनी राजनीतिक यात्रामै तिलमिलाउन थालेको संकेत यसैले गरिहेको छ । जसलाई उनको आत्मसमीक्षा र नेपाली राजनीतिको वास्तविक रुपमासमेत बुझ्न सकिने अवस्था रहदाँ लामिछानेमा बढेको छटपट्टीले उनी चमत्कार नै गर्न सकिने विश्वासबाट पछि हटेको बुझन गाह्रो छैन ।

नागरिकताबारे उठेका प्रश्नका सवालमा उनको दोधारो चरित्र होस् कि सरकारमा गएर म्यादी मन्त्री बन्ने कुरा होस दुवैमा प्रश्न उठ्दा आफ्नो दोष अरुमाथि थुपार्ने उनको बानी आफैँलाई भारी पर्दै गएको छ । त्यस्तै मन्त्री पद गएपछि सम्हालिन नसकेर मिडियालाई गाली गर्ने कदमले समेत उनलाई नै घाटा गर्दा सडकमा जस्तो चर्को आवाजमात्र बोलेर संसदमा केही नहुने बाध्यताको शिकार रवि बनेका छन ।

जसले रास्वपाले पाएको भोट उनको आवाज बन्ने आधार नै बन्दा यही मतले निर्णायक हुन नसक्ने र पुराना दलको कुटिलताको चक्रमा समेत उनी फसेका छन् । फलत ः नत भागेर जाने न त केही गर्न सकिने अवस्थामा रवि पुग्दा उनीपनि यही संसदीय व्यवस्थामा पिँसिदै यो देश अर्कैले चलाउने रैछ हामीले त केही गर्न नसक्ने रैछौँ भन्ने भाषण दिने अवस्थामा नपुग्लान् भन्न सकिँदैन ।