Breaking

चलाख प्रचण्ड, झुटो बोलेरै विरोधी तह लगाउँदै, नाटक गर्न नयाँलाई टपे


काठमाडौँ — सत्ताको नेतृत्व गरेर सडकमा कार्यकर्ता उतार्ने निर्णयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आलोचित छन् । यससंगै प्रधानमन्त्री बनेदेखि नै प्रचण्ड आफ्नै बोलीमा अडिन सकिरहेका छैन् । त्यसै कारण पनि उनका अभिव्यक्ति आलोचनामा पर्ने गरेको छ । मौका पाउँदा फ्याट्ट बोलिहाल्ने तर कालान्तरमा पछुताउने पुष्पकमल दाहाल प्रचण्डको स्वभाव नै हो । अझ रोएका ठाउँमा रोइदिने र हाँसेको ठाउँमा हाँसिदिने कोही नेता छन् भने ती प्रचण्डनै होलान् । जसलाई उनी आफू निकै भावनात्मक भएको रुपमा र्अथ्याउँछन् ।

तर देशको प्रधानमन्त्रीका हैसियतमा दिने हरेक अभिव्यक्तिले अर्थ राख्छ । किन हो किन ३२ सिट जितेर पनि प्रधानमन्त्री पाउँदासमेत प्रचण्डलाई आफ्नै बोलिको धर छैन् । हिजो प्रधानमन्त्री नै रहँदा अराजक अभिव्यक्ति दिएर हिंडेका प्रचण्डका अरु अभिव्यक्ति पनि राष्ट्रिय मुद्दामा नै एक छैनन् । राजनीतिक संकटका बेला सबैलाई मिलाउनसक्ने क्षमता राख्ने प्रचण्डले जनतालाई आशा देखाउन सक्नुपर्ने हो ।

तर जनतामा यो सरकार र व्यवस्थाप्रति नै निराशाको हद पार गराउने गतिविधि स्वयं प्रचण्डकै छन् । माओवादीका लागि फलामको चिउरा बनिरहेको संक्रमणकालीन न्यायबारे प्रचण्डले दुई दिनमा तीन बोली फेरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डकै कारण रोकिएको अभिव्यक्ति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई दिए । लगत्तै प्रचण्डले ओलीका कारण नै देश विभाजित रहेको सन्देश दिएको बताए ।

बुधबार नेकपा एमालेले चियापान कार्यक्रमको आयोजना ग¥यो । त्यसअघि ओली, प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेट भएको थियो । चियापानमा पुुगेका प्रचण्डले संक्रमणकालीन न्यायमा सबै दलहरुबीच समझदारीको वातावरण बनेको दाबी गरे । राष्ट्रिय मुद्दामा दलहरु एकमत बनेको प्रचण्डको सन्देश सकारात्मक नै थियो । तर लगत्तै माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले हिजो कोतपर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्ति अहिले शान्तिको कुरा गर्दैछन् भन्दै अर्को अभिव्यक्ति दिए ।

शान्ति प्रकृया टुंगोमा पु¥याउन गणतन्त्रवादी वा राजावादी सबै दलको सहमति आवश्यक होला तर, दिनभरि सहमति भईसकेको रटान लगाएका प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको समेत बताए । यद्यपि संसदवादी दलहरुकै कारण गणतन्त्र र संविधान खतरामा रहेको सन्देश उनीहरुकै कदमले दिईरहेका छन् । सत्ता ठूलो प्राथमिकता होईन भनेका प्रचण्डलाई अहिले सबैभन्दा ठूलो डर नै सत्ताको छ ।

राजावादीहरु नै यो व्यवस्थाका लागि खतरा हुन भन्ने प्रचण्डले बागमतीमा उनै राजाको गुणगान गाउने राप्रपालाई सभामुख दिएका दिए । सत्ताभोगकै लागि कोशीमा पनि सरकार बनाउनका लागि राजेन्द्र लिङदेनसँग छलफल नगरेका होईनन् ।
सरकारकै नेतृत्व गरेर कार्याकर्ता सडकमा उतार्ने निर्णय गरेर विरोध खेपेपछि कु–प्रचार भएको भन्दै प्रचण्ड मिडियामाथि खनिए । कहिल्यै कांग्रेससँग लभ परिसक्यो भन्दै जय नेपालको नारा लगाउने त कुरा नमिल्दा तह लगाउनेसम्मको अभिव्यक्ति दिए । अर्थात प्रधानमन्त्रीकै बिहान र साँझाका बोलिमा एकरुपता छैन ।

सत्ताको स्वाद चाखेरै लाखौं जनता सडकमा उतार्नेदेखि एकै बिषयमा फरक–फरक अभिव्यक्ति दिने गतिविधिले देशको प्रधानमन्त्रीको कार्यकारी क्षमतामाथि प्रश्न उठिरहेको छ । सत्तामै रहेर आफै अराजक बनिरहेका प्रधानमन्त्रीले अरु अरानजक तत्वहरुलाई कसरी तह लगाउलान् ?