Breaking

भयंकर भूकम्पको डर, किन वोल्दैन सरकार,चार विज्ञ भन्छन् – सचेत नभए सकिन्छौँ


काठमाडौँ — जाजरकोट भूकम्पका वेला महाभूकम्पको चर्चाले आम नागरिकलाई तर्साउने काम गरेको आरोपका विच सरकार भने मौन देखिएको छ । जहाँ राजाले समेत भूकम्पबाट ज्यान गुमाएको ईतिहासका विचहामी नभए कुनै पुस्ताले भूकम्पको सर्वनास भोग्ने पक्का हुदाँ हामी समेत आफ्नै तालमा मस्त बनिरहेका छौ । जसलाई जोखिमकोआगोमाथि आनन्दको निद्राको संज्ञा विज्ञहरुले दिदाँ हामीले के गर्न सक्छौ त ? विश्वमा सगरमाथाको देश भनेर चिनिएको नेपालमै किन उच्च हिमश्रृखलाहरु भए होलान ? तपाईले कहिल्यै सोच्नु भएको छ ?यसलाई बुझ्न पृथ्वीमा रहेका टेक्टोनिक प्लेट भनिने चट्टानहरूको तहबारे बुझ्नुपर्ने भूगर्भविदहरु बताउछन । विज्ञहरुका अनुसार विश्वभर यस्ता १६ प्लेटहरु छन ।

जहाँ नेपाल भने भारतीय र यूरेसियन समेत भनिने तिब्बतीयन प्लेटको माथि पर्छ । जति द्रुत गतिमा औँलाका नङ पलाउँछन् त्यति छिटो यी प्लेटहरू सर्छन् । नेपालको सन्दर्भमा इन्डियन प्लेट वार्षिक दुई सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि घुस्रिँदै जानुपर्छ ।जुन शक्तीले भूकम्प ल्याउछ भने यसैका कारण हिमाल पनि बन्छन । यसको अर्थ भारतीय र युरेसियन प्लेटमाथि बसेको नेपालमा यहि प्लेटहरु सर्दा हिमालहरु बनेका हुन भने यसैले हामी भूकम्पको कति जोखिममा छौ भन्ने प्रष्ट समेत पार्छ । अर्थात नेपाल सधै ठुला भूकम्पको जोखिम रहेको प्रष्ट हुदाँ हामीभाग्यले जोगिएपनि नेपालमा बस्ने कुनै न कुनै पुस्ताले महाभूकम्पले भोग्ने निश्चित छ ।

ईतिहास नै हेर्दा पनिगोपालराजवंशावली अनुसार वि.सं. १३१२ को भूकम्पमा त्यसबेलाका राजा अभय मल्लको मृत्यु भएको उल्लेख छ भने त्यसले तीन भागको एक भाग प्रजाहरूको मृत्यु भएको भन्ने विवरण त्यसमा देखिन्छ।त्यसबेला चार महिनासम्म जमिन हल्लिरहेको वंशावलीमा उल्लेख भएकोले उसबेला पनि अहिले जस्तै परकम्पहरू आएका रहेछन् भन्ने बुझिदा प्रत्येक सय बर्षमा ठुला भूकम्पहरु नेपाल भोग्दै आएको छ । जहाँ भुटान, भारत, नेपाल, चीन र पाकिस्तान हुदै चार देश पार गर्ने झण्डै २५ किलोमिटर लामो हिमालयक्षेत्रमा बसेका देशहरु पछिल्ला समय बारम्बार महसुस भएका भूकम्प धक्काले समेत यो क्षेत्र जोखिम रहेको संकेत गर्ने विज्ञहरु बताउछन ।

यसले हामी कुनै तरिकाबाट पनि भूकम्पबाट भाग्न नसक्ने पक्का हुदाँ कोशीपूर्व सिक्किम–दार्जिलिङसम्म १,३०० वर्षसम्म ठूलो कुनै भूकम्प गएको छैन भने गोरखा भन्दा पश्चिम भारतको देहरादुनभन्दा पूर्वको करिब ८०० किलोमिटर भूभागमा पनि पाँच सय बर्ष देखि भूकम्प गएको छैन । यद्यपी मध्य नेपालमा भने २००–२५० वर्षको अन्तरालमा शक्तिशाली भूकम्प गइरहेको छ ।हिमालयमा त्यत्रो वर्ष भूकम्प नगएको ठाउँ अत्यन्तै खतरनाक हुने भुगर्भविदहरुको भनाईका छ । यसको अर्थ नेपाल पुरै देश भूकम्पको सधै जोखिम रहेको क्षेत्र रहदाँ त्यसमध्येपनि लामो समय देखि भूकम्प नगएको यो क्षेत्र अझ वढि जोखिममा रहेको अध्ययनहरुले देखाएको हो ।

हुन त यो शक्ती सानो सानो भुकम्पका रुपमा समेत चोइटिएर वाहिर आईरहेको छ । तर अहिलसम्म आएका भुकम्प सयौ बर्ष निरन्तर गएपनि सन्चित शक्ती सवै बाहिर आईनसक्ने भूगर्भविदहरु बताउछन । जसले भूकम्प कहिले र कति रेक्टरको जान्छ भनेर भन्न नसकिए पनि विनाशकारी भुकम्पको जोखिम हाम्रो टाउकोमै रहेको प्रष्ट छ । त्यसैले आत्तिने भन्दा त्यस क्षेत्रको विस्तृत अनुगमन तथा अध्ययन आवश्यक रहेको विज्ञहरु बताउछन ।

भूकम्पका वारेमा चर्चा गर्दा नेपाल भन्दा वढि जोखिम जापानमा छ । तर पूर्वतयारी,भूकम्प प्रतिरोधी संरचना तथा पूर्वसूचना प्रणाली कै कारण त्यहाँ हुने क्षती कम रहेको छ । जसले भूकम्पबाट भाग्न नसकिने तत्थ्यका विच जापानीहरुले भूकम्पले नभई आफ्नै संरचना र असावधानीले धनजनको क्षती हुने बुझेका छन । तर हामीले भने त्यसैलाई अवलम्बन गर्न सकेका छैनौ भने जोखिम माथि मस्त रमाईरहेका छौ ।

यसको चर्चा समेत भूकम्पले क्षती पुर्याईसकेपछि मात्र गर्ने र क्षति भईसकेपछि त्रिपाल र चाउचाउ वाडेरै रमाउने भन्दामाथि देशको वागडोर सम्हाल्नेहरु उठेका छैनन् । जहाँ नागरिक समेत भूकम्पको पीडा पुरानो भएसंगै जोखिम विर्सिदै जाने र विज्ञको सुझाव नमान्ने एवं यस्ता खवरलाई समेत त्रास फैलाउने खवरका रुपमा आलोचना गर्ने स्थितीमा रहँदा भूकम्पको सम्बन्धमा हामी उल्टो बाटो हिडिरहेको प्रष्ट छ ।