Breaking

ओली–प्रचण्ड मिल्न पनि नसक्ने भिड्न पनि नसक्ने, डर राजाको कि रास्वपाको ?


काठमाडौँ — देशमा बन्दै गएको प्रतिकुल राजनीतिक परिदृश्यले पुराना दल र नेताहरु झस्किएका छन । जसले राजावादीहरुमा हौसिला भरिँदा सत्तारुढ दल नै सडकमा जाने निष्कर्षमा पुगेको हो । जहाँ एमाले माओवादीसंगै भएपनि मिलेर जानुपर्छ भन्ने अवस्थामा पुगेको संकेत गर्दा देउवा समेत छटपटि मै छन । आखिर किन र कोसँग तर्सिए त शिर्ष राजनीतिक दल र नेता ? कोशी प्रदेशमा शेखर कोईराला वोकेर सत्ता गठबन्धन र कांग्रेससंग एकैचोटि धावा वोलेका एमाले अध्यक्ष केपी शर्मा ओली सत्ता परिवर्तन कै बाटोमा थिए ।

कतिपयले त्यो मध्यावधी रोक्ने पुराना दलको बाध्यताकै उपजका रुपमा अथ्र्याउदा शेखरकै विद्रोह समेत कतै एमालेका लागि सेफ ल्याडिङ त थिएन भन्ने आशंका समेत अहिले उब्जिएको छ । हुन पनि त्यो रणनितिमा एमाले फेल भइसकेको छ भने उल्टै दुर्गा प्रसाई उसका लागि गलपासो बनेर आएका छन । यो विचमा पूर्व राजा ज्ञानेन्द्र शाहमा दशैको टिका लाउने देखिएको भिड र शितल निवासको खालीपनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि झस्किएका छन । त्यसैको उपज सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजावादी खेमाबाट भइरहेका प्रतिगामी षडयन्त्रहरुको भण्डाफोर गर्ने भन्दै माओवादी केन्द्रले सडक संघर्ष गर्न लागेको हो । यता वैशाख र मंसिरमा भएको तीन तहको निर्वाचनले उदाएको नयाँ दल र पात्रहरूको राजनीतिक उद्यले तर्सिएका उनीसहित पुराना दल राजतन्त्रको पक्षमा वकालत गर्ने पुरातनपन्थी दल राप्रपाले जनमत बढाउँदै लगेकोमा समेत शंशकित त छदैछन ।

जहाँ उता, कांग्रेस, एमाले, माओवादी, मधेस केन्द्रित दल र नेताहरू आलोचित हुँदै जाँदा पूर्वराजा ज्ञानेन्द्रप्रति जनताको समर्थन बढ्दै गएको यहि दृश्यका विच कांग्रेसको चियापानमा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली सहित पुराना दलका शिर्षस्थ नेताहरुले आफूहरुमाथि उठेको प्रश्नको यथोचित जवाफ दिने प्रतिक्रिया नै दिएका थिए ।

यो विचमा दुर्गा प्रसाईलाई पक्राउ गर्न सरकार गुहार्न पुगेको ओली वाहिर गरम र भित्र नरम बन्न थालिसकेका छन । जसलेकांग्रेस सभापति शेरबहादुर देउवाको मौनता कै कारण तत्काल नयाँ समिकरण बन्ने नदेखेका ओलीको छटपटि प्रष्ट हुदाँ प्रचण्डसंग उनले निकटता बढाएका छन । जहाँ राष्ट्रिय मुद्दामा दलका नेताहरू कति फितलो छन् भन्ने विषय आइतबार महासचिव गुटरेससँग छलफलमा मै छताछुल्ल हुदाँ यहि परिस्थितीको फाईदा व्यवस्था विरोधीले उठाउने त हैन भन्ने डर पुराना दलका शिर्ष नेताहरुमा देखिएको यसले संकेत गरेको छ ।

देशभर देखिएको साम्प्रदायिक द्धन्द नै राजावादीका कारण भएको बुझाईमा रहेका प्रचण्ड समेत अव पुराना दल एक ठाँउमा उभिनु पर्नेमा पुगिसकेका छन । यहि मौकालाई उपयोग गर्दै तत्कालिन नेकपा निर्माणमा समेत महत्वपूर्ण भूमिका खेलेका एमाले उपाध्यक्ष विष्णु पौडेलले सक्रियता बढाएका छन भने गृहमन्त्रीले चीनबाट के सन्देश ल्याए भन्ने चासो समेत यसैमा जोडिएको छ । यता नेतृत्वमा नगए पालै नआउने त हैन भन्ने डरमा रहेका तर राजनीतिक वेईमानी गर्न नहुने बुझाईमा रहेका देउवालाई समेत यसले छटपटि बढाएको छ ।

अर्थात उनको मौनता केवल देखाउने दाँतमै सिमित हुदाँ शिर्ष नेताहरु मिल्न पनि नसक्ने तर देखिएको जोखिमले टाढिन पनि नसकिने बाध्यता व्यहोरिरहेका छन । यता एमालेलाई भारी परेका दुर्गा प्रसाई भने फलाम तातेकै वेला घन हान्ने रणनितिमा छन । त्यसका लागि सडक तताउने वाटोमा अघि बढेका उनलेचितवन हुदै राजधानीमै शक्ती प्रदर्शन गर्ने कार्यक्रम तय गरिसकेका छन ।

त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समेत जनतामा देखिएको निराशालाई आफ्नो राजनीतिक एजेण्डासँग जोड्न ढिलाई नगर्ने बताईसकेका छन । जसले डरमा रहेको र त्यसमै अवसर खोजेको दुवै सडक सडकमा आउने पक्का हुदाँ यसैले पुरानालाई स्वार्थवस नै सहि एक ठाँउमा उभिभ्याउने त हैन भन्ने प्रश्न समेत छ । यद्यपीपुरानाको टकराव फाईदा उठाउने अवस्था आए त्यसमै पनि राजावादी र नयाँ भनिएका दलहरुमा अर्को भिडन्त हुने पक्का छ ।