Breaking

गुटरेस सफल, प्रचण्ड–ओलीको झगडाले नोक्सानी, चुच्चे नक्सामा शीर्ष नेता चुप


काठमाडौँ — नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले संघिय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा महासचिव गुटरेसले शान्ति प्रकृयाको टुंगो लगाउन राष्ट्रसंघको साथ रहने, जलवायू परिवर्तनका मुद्दामा सहयोग गर्ने तथा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्रसङ्घले सघाउने प्रतिवद्धता जनाए । फितलो तयारी गरेको नेपाल भने गुटरेसको भ्रमणबाट बहुपक्षीय लाभ लिनबाट चुकेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसको नेपाल भ्रमण गुटरेसका लागि सफल रहँदा नेपाल भने लाभ लिनबाट चुकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रकृयालाई टुंगोमा पु¥याउने एकल एजेण्डामा गुटरेसलाई नेपाल बोलाउँदा राष्ट्रसंघको चासो भने जलवायू परिवर्तनमा बढि केन्द्रित रह्यो । गुुटरेसको नेपाल भ्रमणलाई आफ्नो महत्वपूर्ण सफलता मानेको सरकार नै उनीबाट बहुपक्षीय लाभ लिनबाट चुकेको हो । भ्रमणअघि शान्ति प्रकृयाबारे सर्वदलीय छलफल गराएर दलहरुको समान धारणा बनाउन सक्नुपर्नेमा प्रचण्ड त्यसमा चुकेका छन् । फलतः महासचिवसँगको भेटमा एमाले अध्यक्ष ओलीले प्रचण्ड नै शान्ति प्रकृयाको बाधक बनेको बताएका थिए ।

अर्थात गुटरेसलाई सरकारले शान्ति प्रकृया टुंग्याउनका लागि दलहरु तयार छैनन् भन्ने सन्देश दिएर पठाएको छ । हिजो अनमिनले नै हाल झिकेको शान्ति प्रकृया नेपालको आन्तरिक बिषय भएकाले त्यसलाई अन्र्तराष्ट्रियकरण गरिनुले उल्टो परिणाम आउनसक्ने विज्ञहरु बताइरहेका छन् । मंगलबार गुटरेसले महासचिवको हैसियतमा नेपालको संघिय संसदलाई पहिलोपटक सम्बोधन गरे । नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्रसंघले गौरव व्यक्त गरेको बताएका छन् । तर शान्ति प्रकृया टुग्याउने प्रकृया अन्तर्राष्ट्रिय मान्यता, अदालतको सुझाव र मानव अधिकारमैत्रीरूपमा टुङ्गिनुपर्ने उनको सर्त छ ।

महासचिव गुटरेसको शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल कपिलबस्तुको लुम्बिनी भ्रमणले त्यस क्षेत्रमा आँखा गाड्ने भारतलाई बलियो सन्देश दिएको छ । भने बुद्ध जन्मस्थल शान्तिक्षेत्रबाटै गुटरेसले तत्काल इजरायल र प्यालृस्टाईनबीचको युद्ध अन्त्य हुनुपर्ने सन्देश दिए ।

साथसाथै नेपालका हिमालय क्षेत्रमा जलवायू परिवर्तनले पारेको असरबबारे समेत विश्व समुदायको ध्यानाकर्षण भएको छ । जसले जलवायु परिवर्तनका कारण पीडित बनेको नेपाललाई समर्थन गर्न तथा जलवायु अनुकूलनको लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने दवाव समेत अन्य देशहरुमाथि बढेको छ । नेपालमा जलवायूपरिवर्तनको असरबारे महासचिव गुटरेस गम्भिर देखिएका छन् । जसले जलवायूसम्बन्धि सम्मेलन कोप–२८ मा हिमालको मुद्दाले प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।

नेपालका मुद्दाहरुलाई अन्र्तराष्ट्रिय क्षेत्रमा पु¥याउने सुनौलो अवसर नेपाललाई हुँदापनि नेपाल भने गुटरेस भ्रमणको लाभ लिनबाट भने चुकेको छ । बर्षैदेखि भारतले हडपेको नेपाली भूमी कालापानी लिपुलेक र लिम्पियाधुराबारे विश्व समुदायलाई सन्देश दिने अवसर नेपाललाई थियो । तर नेपालले भने गुटरेसलाई चुच्चे नक्सा उपहारम्म दिन आँट समेत गरेको छैन । उनीमार्फत भारतमाथि दवाव बढाउने सुनौलो मौकाबाट नेपाल चुकेको छ ।

गुटेरेसले संघीय संसद्मा राखेको धारणा मुलुकका लागि खुसीको कुरा रहेको बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल नै आन्तरिक राजनीतिबारे भने असन्तुष्ट देखिएका छन् । जलवायु र गरिवी निवारणसम्बन्धी फन्ड छुट्याउने सबभन्दा ठूलो कुरा भएको बताएका उनले नेपालकै केही नेताहरुले देश विभाजित छ भन्ने देखाएको भन्दै उनले असन्तुष्टि जनाए ।

एकातिर इजरायल–प्यालेस्टाईन युद्ध चलिरहेका बेला शान्ति खोज्न गाजा जानुपर्ने गुटरेस नेपाल आउनुमै प्रश्न छ । अर्कोतिर नेपालको आन्तरिक राजनीतिक किचलोले अन्र्तराष्ट्रिय स्तरमा जानसक्ने मुद्दाहरुमा समेत एकरुपता नहुनुले नेपालको कच्चा कुटनीति र उच्चस्तरीय भ्रमणमा उठाउनुपर्ने मुद्दाहरुमा गर्ने फितलो तयारीलाई फेरी एकपटक उदांगो पारेको छ ।