Breaking

प्रचण्डलाई हाईसन्चो, जोगियो गठबन्धन, ओली नै प्रचण्डको साथ खोज्दै, कस्तो होला देउवाको चाल ?


काठमाडौँ — कांग्रेसभित्रको वढ्दो टकराव र फायलका नाममा सहयात्री थर्काउने माओवादी रणनितिले उत्पन्न परिस्थितीले सत्ता गठबन्धनमा देखिएको संकट अहिले साम्य जस्तै देखिएको छ । जहाँ शेखरको विद्रोह स्वीकार गर्नुपर्ने अवस्थासम्ममा देउवा पुग्दा ओली आफ्नो रणनिति सफल हुने आशामै थिए । तर यो शेखरकै लागि भारी पर्दा देउवा मौन देखिएका छन भने के गठबन्धन बचेको हो ? भन्ने प्रश्न चर्चामा छ । शैली नसुधारे पटक पटक भेट्न नआउने भन्दै अन्तिम चेतावनी दिदै धुम्बाराहीबाट निस्किएका कांग्रेस नेता डा.शेखर कोईरालालो विद्रोह सेलाएको छ ।

पहिलेबाटै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न उठाईरहेका उनको रापमा मट्टितेल हाल्न एमाले सफल भएपनि त्यो ज्वाला नै नभई निभेको हो । यद्यपी यसले अन्य प्रदेशमा समेत विद्रोह बढ्ने र केन्द्रसम्मै गठबन्धन फेरवदल हुन सक्ने चर्चाले भने बजार तताएको थियो । जहाँ कोईरालाको विद्रोह स्वीकार गर्ने अवस्थामा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा नै बाध्य बन्दा एमाले अध्यक्ष केपी ओली यसले व्रह्माश्त्रको काम गर्नेमै ढुक्क देखिएका थिए ।

हुन पनि एकातर्फ खुलेका फायलहरुको पिडित बनेको साझा विषय, अर्कातर्फ सुन तस्करी प्रकरणमा माओवादीले देखाएको पक्षधरताले कांग्रेसभित्रै माहोल तातिएको थियो । पालो पर्खिएरै बस्ने देउवाको रणनितिले वलियो देखिएका प्रचण्ड समेत सार्वजनिक अभिव्यक्तिहरुमै गठबन्धन र सरकार टिक्ने प्रष्टिकरण दिन बाध्य बनिरहेका थिए । जसको निराकरणका लागि कहिले एमालेसंग मिल्ने सकिने चर्चा आफ्नै नेताबाट गराउने उनी देउवालाई नेतृत्व सुम्पिएर यहि गठबन्धन कायम राख्न सकिने भाष्य समेत बनाईरहेका थिए ।

शेखरले वेवास्ता गर्दा समेत चिर्कटोमा हस्ताक्षर गराउन सफल भएका उनी कोशीमा एमाले नै वोकेर कांग्रेस अघि बढ्दा समेत चुपचाप सहदै आएका थिए । तर अहिले शेखर नै दवावमा बढ्दा गठबन्धनमा देखिन सक्ने चिरा अझै कम भएको छैन । तत्कालका लागि फाईदा नै भएर चुप बसेका देउवाले कोशीको समस्यापछि समझदारी जुटाउन प्रधानमन्त्री र शेखरबीच पटक–पटक छलफल गरेका छन ।

जहाँ अझै पनि स्थिति नियन्त्रणमा आइसकेको मान्न देउवा तयार नहुँदा विश्वासको मत लिएदेखि नै एमालेले छिटो सरकार विस्तारका लागि दबाब दिइरहेको र यहि दवावलाई चर्काउने मुडमा छ । तर, कार्कीले अनेक बहानामा टार्दै आएका छन् । कांग्रेसको विद्रोही नेताको रूपमा ८ सांसद लिएर एमालेसँग मिले पनि उनलाई पार्टीको मूलधारलाई कसरी समेट्ने भन्ने समस्या छ भने त्यसले गठबन्धनमै समस्या उत्पन्न गर्ने पक्का हुदाँ कांग्रेस नेताहरु सरकारमाथि प्रश्न गरिरहेका छन ।

दशै तिहारका नाममा तत्काललाई शान्ती महसुस गरेका प्रचण्ड अहिले राष्ट्रसंघका महासचिवको भ्रमणलाई सफलता भन्दै प्रश्न छोप्ने प्रयासमा छन । जहाँ १० महिने सरकार चलाएर पहिले भन्दा दाउपेचमा सफल भईसकेको प्रचण्डले प्रमाणित गरिसकेका छन । जहाँ ओली भन्दा प्रचण्डसंगै सहज महसुस गर्ने देउवाले दाहिना हुन्जेल पार्टी नै फुटाएर अघि बढ्न सक्ने अवस्थामा शेखर छैनन् । त्यस्तै ओलीकै साथ समेत सरकार ढाल्न सहयोगी हुन सक्ने भएपनि निर्माणमा सकस हुने संसदीय अंकगणितले पार्टीको नेतृत्व लिन सक्ने अवस्थामा रहेका शेखर रिस्क लिन सक्ने अवस्थामा छैनन् ।

त्यस्तै उनको गुटमा देखिएको फुटले तथा महामन्त्रीसंगै देखिएको दरारको फाईदाले आफ्नो अडान अझ बलियो बनेको बुझाईकै कारण देउवा मौन छन भने कोशी कै विद्रोह शेखरलाई भारी पर्न थालिसकेको छ । मुख्य कुरा, यसअघि पनि यी दुई नेताबीच भएको ‘भद्र सहमति’ कार्यान्वयन भएको नजिर छ भने २०७३ मा प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा देउवासँगै आलोपालो गर्ने सहमति गरेका थिए ।

१९ साउन २०७३ मा भएको सहमति अनुसार, उनी नौ महिना प्रधानमन्त्री भए र नौ महिनापछि देउवालाई प्रधानमन्त्री बन्ने मार्ग प्रशस्त गरिदिएका थिए । अहिले वद्नाम हुनुको कारण कांगे्रस नै बनेको र लचकता देउवाकै लागि देखाएको छनक दिने प्रचण्ड उस्तै परे जुनसुकै हदसम्म जान सक्ने संकेत समेत गरिरहेका छन । यद्यपी एमाले नेताहरु भने गठबन्धन चर्किसकेको अभिव्यक्ति दिईरहेका छन ।

चीनलाई फकाएर पश्चिमा शक्तीलाई विश्वासमा राख्ने प्रचण्ड रणनिति देउवाका लागि खुसि कै विषय बन्दा चलखेल गर्ने वाह्य शक्ती समेत सत्ता गठबन्धनकै पक्षमा रहेको प्रष्ट छ । त्यस्तै आफूलाई प्रधानमन्त्री भएको देख्न नचाहने भारतलाई समेत फकाउन प्रचण्ड सफल हुदाँ कम्युनिष्टमा देखिएको तिक्तता कांग्रेसकै लागि समेत फाईदाजनक छ । अर्कातर्फ पालो मै नेतृत्वमा पुग्दा सत्ता र पार्टी राजनीतिमै आफ्नालाई स्थापित गर्न पाउने फाईदामा समेत देउवा छन । फलत ः उनको स्वार्थ र बाध्यताको मौनता प्रचण्डका लागि ताण बनिरहेको छ भने विद्रोह गर्नेहरु नै कमजोर र विरोधी आवाज मलिन हुने अवस्था कांग्रेसमा देखिएको छ ।