Breaking

ओली र दुर्गाको भिडन्तमा प्रचण्ड मिसिए, कम्बोडियामा ओलीको लगानीबारे के हो वास्तविकता ?


काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियोको टेलिकममा ३० अर्ब लगानी गरेको आरोप लागेपछि राजनीति तरंगित छ । हिजो सहोदर नातीकै सम्बन्धमा रहेका व्यवसायी दुर्गा प्रसाईले हजुरबुबा ओलीमाथि यस्तो आरोप लगाएका हुन् । तर यस्ता अनियमितताका आरोपलाई न त सम्बन्धित व्यक्तिले गलत सावित गर्न सकिरहेका छन् । न त सरकारले छानविन गर्ने नै ल्याकत राख्छ ।

नेपालका नेताले जनता शोषण गरेर विदेशमा पैंसा लुकाएका सूचना पटक–पटक आईरहन्छन् । नेपालमा भ्रष्टाचार गरेर कुम्ल्याएको पैंसा विदेशमा लगानी गरेका कतिपय आरोपमा स्वतन्त्र छानविन भए कतिपय नेता अहिले जेलको हावा खाईरहेका हुन्थे । हिजो बाहिरकाहरुले लगाउनेगरेका यस्ता आरोप आज घरपरिवारकै व्यक्तिले लगाउन थालेका छन् । अर्थात एमालेमा हुँदा केपी ओलीका सहोदर नातीको सम्बन्ध बनाएका दुर्गा प्रसाईले आज उनै ओलीले कम्बोडियोको टेलिकममा ३० अर्ब लगानी गरेको पुष्टि गर्ने अभिव्यक्ति दिएपछि एमाले नेतृत्वपंक्ति शशंकित देखिएको छ भने राजनीति तरंगित बनेको छ ।

अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले समेत कम्बोडियाको टेलिकममा ओलीको लगानी गरेको रिपोर्ट प्रसारण गरेका छन् । यद्यपी यो बिषय अहिलेमात्रै चर्चामा आएको भने होईन । करिब चार वर्ष पहिलो पनि कम्बोडियामा ओलीको लगानीबारे समाचार बनेको थियो । केही साता अघि युवा संघका कार्यकर्ताले कालोमोसो दलेपछि ओलीविरुद्ध आक्रामक बनेका एमालेका पूर्व केन्द्रीय सदस्य समेत रहेका प्रसाईंले पनि त्यही बिषयलाई मुद्धा बनाएपछि एमाले यतिसम्म अत्तालिएको छ कि दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रधानमन्त्रीमाथि दवाव बढाउन थालेको सुचना बाहिरिएको छ ।

शुक्रबार सिंहदरबारमा संक्रमणकालीन न्यायबारे छलफल गर्ने भनि भएको भेटमा ओलीले दुर्गा प्रसाईंको गतिविधिले ‘परिवर्तन विरोधी तत्वलाई सहयोग गरेको’ भन्दै उनलाई नियन्त्रणमा लिन माग गरेको भन्ने खबर प्रकाशित÷प्रसारित भईरहेका छन् । आरोप खण्डन गर्दै एमाले अध्यक्ष ओलीले भने कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाए एक हजार थपेर बक्सिस दिने भन्दै पुष्टि गर्न चुनौती दिईरहेका छन् ।

आफू र श्रीमतीका नाममा भएको सबै सम्पत्ति राष्ट्रको नाममा दान गरिसकेको र अर्काका लागि भ्रष्टाचार गर्नु छैन भन्ने एमाले अध्यक्ष ओलीको नाम नेपालका ठुला भ्रष्टाचार र अनियमितताहरुमा मुछिने गरेको छ । गिररीबन्धुु टी स्टेटको जग्गा घोटला प्रकरण, वाईडबडी जहाजमा घोटाला प्रकरण तथा सेक्यूरिटी प्रिन्टिङ प्रस खरिदमा भएको ७० करोड अडियो काण्डमा समेत गोकुल बास्कोटालाई संरक्षण गरेपछि ओलीको नाम समेत मुछिने गरेको छ । त्यसमाथि ओलीको पटक–पटकको कम्बोडिया भ्रमणले समेत प्रश्न उठाउने गरेको छ ।

त्यहाँका शाशक हुन सेनसँग ओलीको बिशेष सम्बन्ध रहेको चर्चा समेत हुने गरेको छ । यसअघि पनि ओली निर्वाचनको पर्यवेक्षणका लागि कम्बोडिया गएका थिए । दुर्गा प्रसाईंको आरोपपछि ओलीको बारम्बार हुने कम्बोडिया भ्रमण र टेलिकममा लगानीबारे उठेको प्रश्नको संसदमा जवाफ दिनुपर्ने आवाज उठ्न थालेको छ ।

आफूले लिएको ऋण नतिर्ने तथा बैंक र वित्तिय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने अभियान चलाएका प्रसाईं र ओलीको सम्बन्ध पछिल्लो समय तिक्ततापूर्ण रहदै आएको छ । प्रसाईंलाई युवासंघले काठमाडौँमा कालोमोसो दलेपछि प्रतिक्रियास्वरुप उनले असोज २५ गते झापामा महेस बस्नेत समेत सहभागि युवासंघको कार्यक्रममा गाडी तोडफोड गरेका थिए । माओवादी पृष्ठभूमिका प्रसाईं २०७५ सालमा एमाले र माओवादी एकतापछि बनेको नेकपाकालमा ओली–दाहाल दुवैका प्रिय थिए । उनले दुई नेतालाई सँगै राखेर खाना खुवाएपछि ‘मार्सी नामले चर्चित भएका थिए ।

आफ्नो मेडिकल कलेजले सम्बन्धन नपाएपछि प्रसाईं अन्तिम विकल्पस्वरुप पूर्व राजाको फेरो समात्न पुगेका थिए । हिजो सामाजिक सञ्जाल र भाषणमा मात्रै सिमित एमाले–प्रसाईं द्धन्द्ध अहिले मोसो र तोडफोड हुँदै पोल खोलाखोलसम्मको अवस्थामा पुगेको हो । पोल खुल्ने डरकै करण होला अहिले प्रचण्ड र ओलीलाई पूूर्वराजा ज्ञानेन्द्र शाहभन्दा पनि एक्ला दर्गा प्रसाईं भारी भईरहेका छन् ।

नेपालका सबैजसो नेतालाई विदेशमा पैसा लुकाएको आरोप लाग्ने गरेको छ । तर, अहिलेसम्म कुनै पनि नेताले विदेशमा पैसा लुकाएको पुष्टि भएको घटना भने छैन । या भनौं यसबारे छानविन गर्ने आँट पनि कसैले देखाएका छैनन् । विशेषगरी राजनीतिक प्रतिशोधका आधारमा एकले अर्कालाई यस्तो आरोप लाउने गरेका छन् । तर सम्पत्ति विवरण समेत सार्वजनिक गर्न नसक्ने राजनीतिक नेतृत्वबाट यस्ता छानविनको आश गर्न सकिँदैन ।

साँच्चै नेपाली जनताका रागि राजनीति गरिरहेको भए आफूमाथि लागेको आरोप गलत सावित गर्ने सार्मथ्य ओलीले राखुन् र छानविन गर्ने ल्याकत पनि सरकारले राखोस् । हिजो ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा प्रमाण दिएझैं दुर्गा प्रसाईंले पनि आफूसँग भएको प्रमाण दिउन् । होईन भने जनतालाई दुई–चार दिन केही काण्डमा भुलाएर राजावादी र गणतन्त्रवादीले व्याक्तिगत नाटक मञ्चन गर्न छाडुन् ।