Breaking

सिंगापुरविरुद्ध पहिलो ओभरमै नेपाललाई सफलता


काठमाडौँ – आईसीसी ट्वान्टी-२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालले पहिलो ओभरको दोस्रो बलमै पहिलो सफलता पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरका कप्तान अरित्रा दत्त इनिङ्सको दोस्रो बलमै शून्य रनमा पभेलियन फर्किए । नेपालका करण केसीले दत्तलाई बोल्ड गरे ।

खेलको एक ओभर समाप्त हुँदा सिंगापुरले एक विकेट गुमाएर ११ रन जोडेको छ ।

आजदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स ९यूएई०, बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

यो छनोटबाट फाइनल पुग्ने दुई टिम आउँदो वर्ष उत्तर अमेरिकामा हुने विश्वकपमा छनोट हुनेछन् ।