Breaking

भेटघाटमा ब्यस्त गुटरेस, ओली, देउवा, प्रचण्डलाई के भने ? टुंगिएला शान्ति प्रकृया


काठमाडौँ– नेपालको चार दिने औपचारिक भ्रमणका लागि काठमाडौँमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनी गुटरेसले उच्चस्तरीय भेटघाट गरेका छन । द्धन्द्धकालिन मुद्धा टुङगोमा पुर्याउनुपर्ने दवावमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निमन्त्रणामा उनी नेपाल आएको भन्दै यसलाई ठुलै सफलताका रुपमा अथ्र्याएका छन । जहाँ महासचिवको भ्रमणलाई नेपालले आफ्ना मुद्दामा अन्तर्राष्ट्रिय ध्यान खिच्न उपयोग गर्नु पर्ने कूटनीतिक जानकारहरुले सुझाव दिदाँ उनको भ्रमणलाई महत्वकासाथ हेरिएको छ ।

नेपालको चारदिने भ्रमणका लागि नेपाल आइपुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस उच्चस्तरीय भेटघाटमा व्यस्त छन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीमूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका गुटेरेसले ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन् । भेटका लागि सिंहदवार पुगेका उनलाई मुख्यसचिव वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालर्ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरेका थिए भने प्रधानमन्त्री दाहालसँग भेट्नुअघि उनले आइतवारै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका थिए ।

जहाँ नेपालको शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न यहाँको राजनीतिक नेतृत्वसँग छलफल गर्ने र जलवायु परिवर्तनसहित अल्पविकसित देशहरूले भोगिरहेका चुनौतीबारे ध्यानाकर्षण गराउने उद्देश्य राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणले राखेको हुनसक्ने आकंलन गरिएको छ । प्रधानमन्त्रीसंगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा उनले अभिव्यक्त गरेका भनाईले समेत यो आकंलनलाई टेवा पुर्याउदा गुटरेसले अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

उनले पत्रकार सम्मेलनमा बोल्दै नेपाल र संयुक्त राष्ट्रसंघबीचको गहिरो मित्रतालाई थप मजबुत बनाउन आफू काठमाडौं आएको पनि बताए । त्यस्तै उनले नेपाल आफ्नो कुनै संलग्नता नै नभएको विश्वव्यापी संकटको आँधीमा पनि फसेको बताउँदै त्यसलाई हल गर्न अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको बताए भने नेपालले विगत तीस वर्षमा एक तिहाइ हिँउ गुमाएको बताउँदै यहाँका हिमनदीहरू उच्चदरमा पग्लिरहेको प्रति चिन्तासमेत प्रकट गरे । त्यस्तै उनले हमासको आक्रमणपछि इजरायलमा सम्पर्कविहीन भएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइको माग गरेका छन् ।

हुन त अनमिन भित्र्याएर सेना समायोजनको काम गराएको आरोप खेपेका प्रचण्डले त्यहि शान्ती प्रक्रियाको वाँकि काम पुरा गराउन अर्को गुहार मागेको तर्क गर्नेहरु समेत छन । जहाँ ईजरायल हमासको युद्धका कारण मानविय सहायता तथा शान्ती स्थापनाका लागि उनको भ्रमण गाजामा हुनुपर्नेमा नेपाल भ्रमण औचित्यहिन भएको आक्षेप समेत लागि सकेको छ । तर प्रधानमन्त्री प्रचण्डले यसलाई आफ्नो सफलताको संज्ञा दिदै गर्दा गुटरेसले पनि राष्ट्रपति देखि प्रमुख प्रतिपक्षी दलका नेता,पूर्वप्रधानमन्त्रीसम्मलाई भेट्न भ्याएका छन ।

जहाँ भगवान गौतम वुद्धको जन्मभूमिबाट २० लाख गाजावासी अत्यावश्यक सेवाबाट बन्चित भएको भन्दै युद्धविरामको गर्न अपिलसम्म गर्न भ्याउदा प्रधानमन्त्री प्रचण्डले गुटेरेसको भ्रमणबाट राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै उनले शान्ति प्रक्रियाको बाँकी रहेको काममा मद्दत गर्न आग्रह समेत गरेका छन ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि उनको यो पहिलो पटक नेपालको भ्रमण हो भने प्रचण्ड यसैलाई द्धन्द्धकालिन मुद्धालाई निष्कर्षमा पुर्याउने विषयमा अन्तर्राष्टिय साथको भाष्य निर्माण गर्न चहान्छन । जहाँ राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा आएको यो अवसरलाई कुटनीतिक क्षेत्रमा समेत महत्वका साथ हेरिदा साँच्चै यो भ्रमणले नेपालका मुद्धाहरुले अन्तर्राष्टिय चासो पाउछन त भन्ने चासो समेत छ ।