Breaking

फुटेको कांग्रेसलाई माओवादी र एमाले मिलाउनै सकस, देउवा उठेपछि शेखर भित्र पसे, गगन बोलेनन्


काठमाडौँ — राष्ट्रिय राजनीति र राजनीतिक संकटको सामना गर्न नेपाली कांग्रेसको राष्ट्रिय एकता र मेलमिलापको नीति महत्वपूर्ण मानिन्छ । वीपी कोइरालाले बसालेको यहि थितिले विगतमा अन्य दललाई समेत मिलाउँदै राष्ट्रिय राजनीतिको मिया बनेको कांग्रेस अहिले आफै पार्टीभित्रको अन्तरद्धन्दले आन्तरिक मेलमिलापको खडेरीमा रुमलिएको छ । तथापी नेता–कार्यकर्ता रिझाउनकै लागि भएपनि कांग्रेस नेतृत्व मेलमिलापको मञ्चन गर्न बाध्य छन ।

आन्तरिक राजनीति र सत्ताका लागि प्रतिस्पर्धा गर्दै गरौँला तर राष्ट्र र राष्ट्रियताका लागि राष्ट्रवादी र प्रजातन्त्रवादी बीचको बलियो एकताको सन्देश सहित राष्ट्रिय एकता र मेलमिलापको थीति राष्ट्रिय राजनीतिमा वीपिले बसालेका थिए । नेपाली कांग्रेस संस्थापक जननेता वीपिको यो सिद्धान्त नेपाली राजनीतिमा आज पनि उत्तिकै अपरिहार्य छ । वीपिको यो सिद्धान्तलाई कांग्रेजनले वार्षिक चियापान गरेरै भएपनि निरन्तरता दिईरहेका छन । कांग्रेसले वार्षिक रुपमा वीपिको राष्ट्रिय एकता र मेलमिलापको सुत्रधार पछ्याईए पनि कार्यन्वयन शुन्य प्राय छ ।

मुलुकको सार्वभौमिकताको रक्षा र विकासका निम्ति वीपिले अघि सारेको यो सुत्रबाट कांग्रेस आफै विमुख छ । तत्कालिन समयमा राष्ट्रहितका लागि राजनीतिक दल मात्र होइन राजासँग समेत मिलेर राष्ट्रिय संकट समधानको मियो कांग्रेस अहिले आफै आन्तरिक अन्तरविरोधको चपेटामा छ । पार्टीभित्र नै मेलमिलापको खडेरीबाट गुज्रिरहेको कांग्रेस कोशी प्रदेशमा गरेको विद्रोहपछि अहिले कांग्रेस पूर्णत थला परेको छ । कांग्रेसको टेकोमा प्रधानमन्त्री पद टिकाई रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड वीपिको राष्ट्रिय एकता र मेलमिलाप नीतिको प्रशंसा गरेका छन ।

राष्ट्रिय राजनीतिमा कांग्रेसको पकड र जनमतका आधारमा राजनीतिक वेथिति भत्काउँदै मुलुकको विकास र समृद्धिमा दिशा निर्देश दिनुपर्ने कांग्रेस आफ्ना दायित्व बोधबाट विमुख हुँदा राष्ट्रिय राजनीतिसँगै कांग्रेस आफै भद्रगोल अवस्थामा छ । आन्तरिक पार्टी राजनीति गुटगत राजनीति मौलाउँदा कांग्रेस तरंगित छ । तथापी कांग्रेस नेताहरु पार्टीभित्रको विद्रोहलाई प्रजातान्त्रिक अभ्यासको रुपमा व्याख्या गर्छन । अन्य दलहरुलाई देखाएर सन्तोष व्यक्त गरिरहेका छन ।

अरु दललाई देखाएर पार्टीभित्रको विद्रोहलाई थप मलजल गर्न उदत्त छन । मुलुकको सिङ्गो राजनीतिको सफल नेतृत्व दिनुपर्ने लोकतान्त्रिक पार्टी कांग्रेस आफै आन्तरिक द्धन्दमा अल्झनु दुर्भाग्यपूर्ण छ । वीपि र विगतको राजनीतिक परिवर्तनमा कांग्रेस पु¥याएको योगदानको व्याजले धानिरहेको कांग्रेस राजनीति अहिले गुटगत द्धन्द र विद्रोहका कारण ओरालो लाग्ने मात्र होइन पार्टी नै फुट्ने त होइन भन्नेसम्मका शंका चलिरहेको छ ।