Breaking

तेस्रो विश्व युद्धको संकेत, ताइवान विवादले चीन अमेरिका भिड्दै


काठमाडौँ — अहिले नेपालमा मात्र नभई विश्वमै के तेस्रो युद्ध निम्तदै छ भन्ने चासो र चिन्ता छाएको देखीन्छ । विश्वमा फैलिएको कोरोनाको त्रासले अर्थतन्त्रमा भएको क्षति र विश्वमा छाएको आर्थिक मन्दीकाबीच केही राष्ट्रहरु शक्ति संचयमा जुटेका छन् । इजरायल र प्लयालेष्टाइनबीच १९ दिनसम्म आक्रामक बनेको युद्ध र वर्ष दिनदेखी चलिरहेको युद्धले तेस्रो युद्धको डर सिर्जजा गरेको छ ।

काठमाडौँ — अहिले विश्वका शक्तिशालि राष्ट्रहरु हतियार र सैन्य सुरक्षामा देशको धेरै आर्थिक हिस्सा खर्च गसिररहेका छन् । मिसाइल र आणविक हतियार निर्माणमा विशवका शक्ति राष्ट्रहरुको होडबाजी नै चलेको् छ । १९३९ मा सुरु भएको दोस्रो विश्व युद्ध ६ वर्ष चलेर १९४५ समाप्ती हुँदा लाखौं नागरिकले ज्यान गुमाएका थिए । संयुक्त राष्ट्रसंघको स्थापना नै विश्वमा शान्ति कायम गर्ने उदेश्यका साथ भएको थिष्यो तर यस अवधिमा पनि विश्वका धेरै राष्ट्रहरु युद्धमा होमिने क्रम निरन्तर छ । अहिले विश्वमा ठूला दुई युद्ध चलिरहेका छन् । इजरायल हमासको युद्धमा विश्व नै विभाजित छ भने अर्को तर्फ रुस युक्रेन वर्ष दिन लामो लडाइमा पनि पश्चिमा मुलुकसँग चीन र उत्तर कोयरियाको साथमा रसिया लडिरहेको छ ।

अहिले विश्व राजनीतिक सिद्धान्तको आधारमा विश्व विभाजित भएजस्तो देखीए पनि यो अािर्थक उन्नती र विरासतको लडाई चलिरहेको छ । विश्वको शक्तिको माहरथि अमेरिकालाई उछिन्ने दाउमा चीन लम्किरहेको छ । अहिले मुस्लिम देृशहरुूसँग संघर्ष गरिरहेको इजरायल पनि पटकपटक युद्ध जितेको आफ्नो इतिहास दोहोर्यान चौतर्फि हमलाको मात्र सामना गरिरहेको छैन् की हमासको समाप्ती र गाजा कब्जाको उदेश्यका साथ गोलावारी वर्षाइरहेको छ । इजरायलको समर्थनमा अमेरिका बेलायत फ्रान्सका राष्टप्रमुख युद्ध भूमिमै पुगेर बल थपिरहेका छन् भने नेटोमा आबद्ध देशहरु आतंकवादी समूहको विश्वबाटै समाप्ती गर्नुपर्ने उद्घोष गरिरहेका छन् ।

पश्चिमालाई जन्मजात नै सत्रु मानिरहेका अरबी मुलुक र चीन र रसिया र उक्तर कोरिया जस्ता देशहरु पनि युद्धको चेतावनी दिइरहेका छन् । अर्कोतर्फ इरान पनि विभिन्न देशमा आफ्नो तर्फका विद्रोही समूहलाई हौसाउने देखी हतियारसम्मको व्यवजलस्था गरिरहेको छ । प्यालेष्टाइनमा हमास लेबनानमा हज्बुल्लाह यमनको योहोदी, सिरियाको विद्रोही समूह आईआईएसलाई पालन पोषण गर्दै विश्वलाई थर्कारहेको छ । अहिले धेरैले तेस्रो विश्वयुद्धको संकेत देखाएपनि विश्वका शक्ति राष्ट्रले गरेको प्रोक्सी वारलाई शक्तिको होडबाजी र हतियारको व्यपाराको रुपमा मात्रै व्याख्या गर्ने छन् भने अर्को तफ यो चीन र ताइवानबीचको द्वन्द्वको कारक रुपमा पनि यि युद्धहरु हुन सक्ने अकाँडा गर्नेहश्ररु पनि कम छैनन् ।

केही विज्ञहरुले भने पश्चिमा देशहरुसँग लडेका देशहरुले पश्चिमाको शक्ति क मगर्न युद्धका थप फेसहरु खुलाएको विश्लेषण गर्छन् । रसिया सक्नका लागि युक्रेनमा लगानी गरेका पश्चिमा अब प्यालेस्टाइनमा पनि लगानी गर्नुपर्ने बाध्याता आइपरेको छ । जसका कारण पुटिनलाई लडाईँ लड्न विश्लेष छ । हमासको आकस्मिक आक्रमणको तयारीको सुत्र धार इरान र रुस रहेको व्याख्या गर्नेहरुको तर्कमा पनि दम भेटिन्छ । एकातर्फ शक्ति संचय गरेर बसेको चीन अर्कोतर्फ प्रोक्सि युद्धमा होमिएको अमेरिकाबीच ताइवानलाई लिएर युद्ध नै हुन्छ त भन्ने प्रश्नको उत्तरले तेस्रो् विश्वयुद्धको छिनोफानो गर्ने देखीन्छ ।

अर्कोतर्फ मुस्लिम मुलुकहरु इरान सिरिया लेबनान, मिस् जस्ता ५७ राष्ट एकातिर छन् भने् अर्को तर्फ मुस्लिमको घेराबन्दीमै विरासत जमाएको इजरायलको आक्रमक युद्धले अहिले संयुक्त, राष्टसंघले समेत आपक्ति जनाउँदा समेत नरोकिएको युद्ध शितयुद्ध परिणत हुन्छ की विश्वयुद्ध रुप लिन्छ त्यो त भोलिको दिनले देखाउँछ । आर्थिक संकट र कोरोनकाको सकसबाट मानव जातीको हितमा लाग्नुपर्ने राष्टहरु युद्धमा होमिए तर युद्धले कुनै राष्ट्रलाई हित भने गर्नै छैन् ।