Breaking

राष्ट्रपतिको टीका नलगाउन राजावादीको उर्दी, पूर्वराजा ज्ञानेन्द्रकहाँ टीका लगाउन को जाला ?


काठमाडौँ — सिंगो मुलुक राष्ट्रिय चाड वडा दशैको रमझममा छ । आम सर्वसाधरण हर्षोउल्लासका साथ दशै उत्सवमा व्यस्त रहँदा नेताहरु भने दशैको फुर्सदमा समेत राजनीतिकै रंगमा रणभुल्ल छन । संधै सस्तो लोकप्रियताको पखाईमा रहने नयाँ–पुराना नेताहरुको अनेक राजनीतिक स्टन्टवाजी सामाजिक सञ्जालमा छरपष्ट छन । दशैको शुभकमनमै राजनीतिक दोषरोपणमा उत्रिएका दलहरु टिकाकै प्रसंगमा पनि गणतन्त्रवादी र राजावादीको छेडकाढ रोएिको छैन ।

राजनीतिक परिवर्तनको मुद्धा बोकेर राष्ट्रिय राजनीतिमा स्थापित हुन नसकेपछि पस्चगमनको पुच्छर बनेका राप्रपा नेता रविन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै राष्ट्रपतिको दसैंको टिका बहिस्कार गर्न आग्रह गरेका छन । सात बुँदे कारण नै खुलाएर राष्ट्रपति रामचन्द्र पौडेलले लगाई दिने टिका बहिष्कार गर्न आग्रह मात्र गरेन्न पूर्व राजा ज्ञानेन्द्रको फोटो समेत पोष्ट्याउँदै राजाबाट टिका ग्रहण गर्न प्रोत्साहन र गणतन्त्रको प्रतिकको रुपमा रहेको राष्ट्रपतिको हातको टिका बहिष्कार गर्न उल्लेख गरेका छन । यसको पालीको टिका राष्ट्रपतिले दुईघण्टा लगाउने छन भने पूर्व राजाले समेत सर्वसाधरणका लागि टिका लगाई दिने भएका छन ।

दशैको आकाशमा चङगा विरलै देखिए पनि रवि लामिछानेको चङगाको चर्चा कम छैन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले चङमा आफु र आफ्ना केहि नेताहरुको हस्तक्षर सहितको चङगा, पार्टीको चिह्न कोरिएको चङगा उडाएर चङगा पाउनेलाई भिडियो बनाएर पठाउन अनुरोध समेत गरेका छन । रास्वपा नेताहरुपछि काठमाडौमा अरु कसैको चङगाको चर्चा छ भने कांग्रेस महामन्त्री गगन थापा र एमाले अध्यक्ष के.पी शर्मा ओलीको चङगाकै चर्चा छ ।

बालकोटमा बालबालिकासँग चङगा उडाएर झापा हानिएका ओली झापा पुगेर पिङमा मच्चिन भ्याए । दशैमा एमाले महासचिव शंकर पोखरेल घर–घरमै नेता कार्यकर्ता भेटघाटमा मात्र व्यस्त छैन सेल रोटी पकाएको भिडियोले चर्चामा छ । त्यस्तै सरकारका मन्त्रीहरुको पनि दशै व्यस्तता समाजिक सञ्जालमा छरपष्ट छन । स्वास्थ्यमन्त्री मोहन बस्नेतको बाख्रा फार्मको चर्चा , पर्यटनमन्त्री सुदन किराँतीको गृहजिल्ला भोजपुरमा नेता–कार्यकर्तासँग भ्याई नभई छन ।

दशैको फुर्सद नेताहरुका लागि राजनीतिक भेटघाटमय बनेको छ । यी केहि उदाहरण मात्र हुन् अधिकांश नेताहरु जनता केन्द्रित नभई आफु केन्द्रित राजनीतिमा व्यस्त छन । धर्म र संस्कृति जगेडामा राजनीतिक दल पटक पटक चुकेको र साँस्कृतिका चाडवाडको उत्सव र रंगमा समेत राजनीतिकरण गरेकोमा धेरैले आलोचित छन ।

अर्कामा खुशी साटासाट गर्ने उत्सव दशै हो । तर हाम्रा नेताहरु चाडपर्वमा हार्दिकता कम पदिय स्टन्टवाजीमा बढी रमाउने गर्दछ । शुभकामना सन्देशमै एक–अर्काको छेडखानी राजनीतिक विषय उठान, सामाजिक सद्भावको चिन्ता र चासो व्यक्त गर्दै दोषको भारी अर्कोलाई बोकाउन चलनलाई निरन्तरता दिँदै आएका छन ।