Breaking

प्रचण्ड र रविबाट धोका पाएका ओली शेखरको बलले बदला लिँदै, सत्तामा किन असफल हुन्छ एमाले ?


काठमाडौँ — केन्द्रमा प्रधानमन्त्री नै बनाएर पनि सत्ताविहिन हुनुपरेको नेकपा एमाले कोशीमा पनि त्यहि अवस्थामा पुग्ने आशंकाले यसलाई वल पुर्याएको छ । जहाँ कोशीबाटकेन्द्रसम्म गठबन्धनमाथि तारो हान्ने उसको तयारीविरुद्ध गठबन्धन दह्रो बनाउन एमाले नेताहरुले गरेको सुवेक्षाले समेत यो आशंकालाई चर्चामा ल्याएको छ ।

कोशी प्रदेशमा कांग्रेसबाट विद्रोह गरेको डा.शेखर कोईराला पक्षलाई एमालेले साथ दिएपछि राष्ट्रिय राजनीतिमै तरंग आउँदा कांग्रेस संस्थापन पक्षले विद्रोह स्वीकार्ने बाध्यता आईपर्यो । झस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दौडधुप बढाए भने कोईरालासहितलाई सहमतीमा हस्ताक्षर गराएर क्षती न्यूनिकरणको प्रयास थाले । अर्थात कोशीमा एमालेले ढोक्सा थापेको बुझाईमा पुगेको केन्द्रको सत्ता गठबन्धन त्यो विद्रोह केन्द्रसम्म आउन नदिने बाटोमा थियो भने एमाले नेताहरु भने यसैलाई अश्त्र बनाउने रणनितिमा थिए ।

फलत ः मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने माओवादीको निर्णय,काग्रेस संस्थापन पक्षले बढाएको दौडधुप सरकार गिराउने षडयन्त्र भएको एमाले नेताहरुले आरोप नै लगाए । यहिविचमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता कोईरालाले केन्द्रसम्मै सहकार्यको लिखित सहमति नै गरेको कोईराला पक्षीय नेताहरुले नै दावी गरेका थिए भने माओवादी नेताहरु सर्वदलिय सरकारको रणनितिमा थिए ।

यहि कारण मुख्यमन्त्री कार्की नै सकसमा परेको विश्लेषणका विच एमालेलाई सहभागी गराएर उनले गरेको मन्त्रिपरिषद विस्तारलाई प्रचण्डले एमाले कहाँ कहाँ बाट छिरेको संज्ञा नै दिए । यता यसैको भरमा विश्वासको मत लिएर वाँकि अघि बढाउने रणनितिमा रहेकै कारण मुख्यमन्त्री कार्कीले तयारी थालेका थिए भने एमालेले मन्त्री परिषद विस्तार गर्नै पर्ने दवाव बढाएको थियो । आफ्नो भागमा पाँच मन्त्रालय चाहिने दावी सहित एमाले अघि बढ्दा कोशीमा कम्तिमा माओवादी वढारिने पक्का थियो ।

तर एमालेका कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मध्यावधिको विपक्षमा रहँदासम्म सरकारलाई समर्थन गर्ने बताएर फरक संकेत गरेका छन । आफूहरुको कदमले कांग्रेसमा मनमुटाव नबढाओस् भन्ने चाहेको बताएका उनले गठबन्धनका दलहरु मिलेर एमालेलाई प्रतिपक्षमा पुर्याएपनि कुनै आपत्ती नहुने बताए । अझ राप्रपालाई समेत सरकारलाई विश्वासको मत दिन आग्रह गरेका उनले सर्वदलिय सरकारको बाटो समेत खुल्ला रहेको बताए ।

यता कांग्रेसबाट मुख्यमन्त्रीको आधिकारिक उम्मेद्वार बनेका उद्धव थापाले समेत विद्रोहसंग गला मिलाएको प्रष्ट पारेका छन । अर्थात कोशीमा कांग्रेस मिल्यो भने केन्द्रमा एक्लिएका कोईराला थप दवाव परेको महसुस गरेको छ । यसको मतलव कोशीको विद्रोहलाई संस्थापन नस्विकार्ने र गठबन्धन दलमा अविश्वास आउने बुझाईमा ओली थिए । तर देउवाले विद्रोह स्वीकार्दा प्रचण्डले कोशी नै छोड्दिने मात्र नभई मन्त्री मै आफ्ना मान्छे नपर्दा समेत विश्वासको मत दिने लचकता देखाए ।

जहाँ प्रचण्ड शेखर दुवै सेफ ल्याडिङमा पुग्दा केन्द्रमा संविधानको धारा ७५ को उपधारा ५ अनुसारको सरकार निर्माणको वातावरण त्यहि सहज छैन । जहाँ पार्टी के नेतृत्वको लाईनमा रहेका तथा कांग्रेसमा विरासतको राजनीति गरिरहेकाकोईरालाले त्यहि जोखिम नै लिन सक्ने अवस्था नरहदाँ देउवालाई प्रधानमन्त्री दिएर आफू चुप बस्नेसम्मको बाटोमा प्रचण्ड रहने अवस्थाले समेत एमाले हच्किएको हो । जसले गठबन्धनलाई नै स्वीकार्ने विकल्प छान्न बाध्य एमालेले पुन एकचोटि सरकार बनाईदिएर गुन लगाउनसक्ने शक्तीमै सिमित भएको हो ।

हुन त एमाले नै त्यस्तो शक्ती हो जसले राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत जस्ता नयाँ शक्तीहरुलाई पहिलो पटकमै सत्ताको स्वाद चखाएको थियो । त्यस्तै कांग्रेसलाई नेतृत्व छोड्नुपर्ने बाध्यतामा रहेका प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको एमालेले दुई महिना सत्तामा पनि सहभागीता जनायो ।

तर देउवाको मौन तर कुटिल चालका विच त्यतिवेला समेत प्रयोगको माल मात्र बनेको एमाले कोशीमा पुन एक चोटि त्यहि उदाहरणको वस्तु बनेको छ । जसलाई उसले देश सरकारविहिन र प्रदेश मध्यावधीको शिकार हुनुबाट बचाएको महानताका रुपमा व्याख्या गर्न सक्नेछ । तर बाध्यतावश सहयोग गनुपर्ने र पछि हट्नुपर्ने उसको यो अवस्थालाई अरुले भने रणनितिक असफलता कै रुपमा हेर्नेमा दुईमत छैन ।