Breaking

शेखरको कपी गर्दै गगन, बागमतीमा ओली–गगन मिल्लान् ? प्रचण्डले चाले नयाँ कदम


काठमाडौँ — कोशी सरकार निर्माणमा नेता डा.शेखर कोइराला समूहले गरेको विद्रोहले अन्य प्रदेशमा परकम्पको संकेत गरेको छ ।संस्थापन इतर अर्थात शेखर कोइरालासमूह बाग्मतीमा पनि कांग्रेसकै नेतृत्वको सरकार गठन गर्ने रणनीतिमा अघि बढेको छ । गठबन्धनको निर्णयविरुद्ध विद्रोह गर्दै कोशी प्रदेशको सत्ता आफ्नो हात पारेर हौसिएको असन्तुष्ट कांग्रेस समूहले बाग्मतीतिर पनिप आखाँ गाड्न सुरु गरेको छ । कोशीमा गठबन्धनभित्रै कैची चलाएको कांग्रेस इतर समूहले बागमतीमा पनि आफ्नै सरकार बनाउन कस्सिएको हो ।

जसको संकेत बिहीबार कांग्रेस महामन्त्री गगनकुमार थापाले गरिदिएका छन् । बाग्मतीमा पनि कांग्रेसभित्रैको शक्ति प्रदर्शन सतहमा आउन थालेपछि आफ्नै नेतृत्वको सरकार बनाउनुपर्ने भन्दै कांग्रेसका चार प्रदेश सदस्य ‘डेलिगेसन’गएका छन् । गएको संसदीय निर्वाचनमा प्रदेश सभापति समेत रहेका इन्द्रबहादुर बानिँयाकै कारण देउवाका विश्वासपात्र महालक्ष्मी डीना उपाध्याय राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भएपछि देउवा पक्षका मानिने उनको कांग्रेसभित्रको संघर्ष निम्तिएको थियो ।

परिणामत प्रदेशको संसदीय दलको निर्वाचनमा देउवाको रोजाईमा बहादुरसिंह लामा पर्दा उनी पराजित हुन पुगे । त्यहीबाट देउवासँग बिच्किएका गगनको पक्षमा आएका तिनै बानिँयाले महामन्त्री थापालाई आफ्नै नेतृत्वमा कांग्रेसले बाग्मती सरकार बनाउनु पर्ने प्रस्ताव बुझाएका हुन् । ३७ सांसद भएको बाग्मतीमा २१ सिटको माओवादीले नेतृत्व गरिरहँदा कांग्रेसीजनको असन्तुष्टि छरपस्ट छ । कोशीको विद्रोहलाई अनुमोदन गराएको इतरसमूहको लालच अब बाग्मतीमा देखिन थालेको हो ।

प्रदेशहरुमा कांग्रेसभित्र देखिएको विद्रोहले माओवादी डराईरहेको छ । जुन प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिबाट स्प्रष्ट हुन्छ । प्रत्येक कार्यक्रममा एमालेतिर मात्रै खनिने प्रचण्ड आजकल कांग्रेसप्रति पनि कटाक्ष गर्न थालेका छन् । संसदीय चुनावदेखि जारी बानिँया र लामाको टकरावको प्रभाव माओवादीबाट मुख्यमन्त्री बनेका शालिकराम जम्कट्टेलको सरकारमा देखिन्छ ।

जम्कट्टेललाई करिबसय दिन एक मन्त्रीलाई विनाविभागीय बनाइदिएको आरोप लाग्ने गर्छ । चालू आर्थिक वर्षको बजेटमा पनि बानियाँ पक्षका सांसदहरूले हालेका योजनाहरू नपरेको गुनासो खेप्दै आएको जम्कट्टेललाई कोशीको नयाँ राजनीतिक ‘कोर्स’ ले झस्काएको छ । जसमा एमाले खेल्न खोज्दै छ ।

गठबन्धनकै सरकार भए पनि निश्चित समयका लागि एउटै पार्टीको मात्र मन्त्रिमण्डल हुनु पर्ने कुरा महामन्त्री थापाले निरन्तर गर्दै आएका छन् । आम निर्वाचन अघि नै काँध जोडेर चुनावमा होमिएका गठबन्धनका सांसदहरूबीचको मनमुटाव बिस्तारै प्रदेशमा देखिन थालेको हो । प्रदेशको क्षेत्राधिकार प्रदेश सरकारलाई नै दिने हो भने पनि सबै निर्णय केन्द्रले नै लालमोहर छाप लाग्दा समयसँगै असन्तुष्टि पनि देखिँदै छ । कांग्रेसभित्र जम्कट्टेल सरकारको तीव्र आलोचना भइरहेको सन्दर्भमा कोशीको अर्काे रूप बागमतीमा पनि बन्न सक्ने आङ्कलन हुन थालेको हो ।

संविधानको धारा १६८ को उपधारा १ मा प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । तर, कुनै पनि दलको बहुमत नहुँदा संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बागमतीमा जम्कट्टेल मुख्यमन्त्रीमा छन् । ११० प्रदेश सदस्य मध्ये बागमतीमा हाल कांग्रेसको ३७, माओवादी २१, एकीकृत समाजवादी ७ सिटसहितको सरकार छ । २ सीट रहेको हाम्रो नेपाली पार्टीले सरकारलाई समर्थन गरिरहेको छ ।

२७ सीट एमालेको छ भने राप्रपा १३ र नेमकिपा ३ सीटसहित प्रतिपक्षको भूमिकामा छन् । तर कांग्रेसमा विद्रोह भएको अवस्थामा करिब २० सांसदहरू बानियाँको पक्षमा खुल्न सक्ने सम्भावना देखिन्छ । यसो हुँदा नयाँ समीकरणको सरकारको सम्भावना खुला रहेको देखिन्छ । तर, गगन बाग्मतीमा शेखरकै मोडल कपी गर्ने दाउ रहे पनि मुख्यमन्त्री बन्ने धारा फरक बन्दा कोशीको जस्तो सहज हुने जस्तो भने देखिँदैन ।