Breaking

प्रधानमन्त्री बन्न छटपटिँदै ओली, शेखर बोकेर प्रचण्ड सक्ने खेल, सत्तायात्रा छैन सहज


काठमाडौँ — पुष १० गते नेकपा माओवादी केन्द्रसँग भएको सहमति टुटेपछि नेकपा एमाले प्रतिपक्षी बेञ्चमा पुगेको छ । त्यसयता अध्यक्ष केपी शर्मा ओलीले सत्तायात्राका लागि कांग्रेसम्मको साथ खोजेपनि सफल हुन सकेन । कोशीमा नयाँ समीकरण बनाउन सफल भएका उनी फेरी सत्तायात्राको सपना देख्न थालेका छन् । कोशीबाट सत्ता राजनीतिमा फेरबदल ल्याउन सफल भएका एमाले अध्यक्ष कोपी शर्मा ओलीमा केन्द्रसम्मै सत्ता प्राप्तिको आश पलाउन थालेको छ ।

शेखर कोइराला समूहले सार्वजनिक रुपमै केन्द्रको सरकार पनि असफल भइसकेको र प्रचण्डको नेतृत्व फेर्नुपर्ने आवाज उठाउँदै आएको छ । त्यसमाथि कोशीमा कोईरालाको विद्रोह र एमालेको साथमा केदार कार्की मुख्यमन्त्रमा नियुक्त भएपछि देउवा र प्रचण्डलाई ठूलै झड्का लागेको छ । फलस्वरुप प्रचण्ड र देउवाले शेखरसँग गठबन्धन नफुटाउने वाचासहितको लिखित कागज नै गर्नुप¥यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि केदार कार्कीलाई गठबन्धनको सर्मथन रहने बताएका छन् । यसले कोशीमा कार्की नेतृत्वको सरकारलाई सर्वदलीय सर्मथन जस्तै देखिएको छ ।

कोशीमा कार्कीलाई गठबनधनले सर्मथन गरेपनि अरु प्रदेशदेखि केन्द्रसम्म अहिलेकै गठबन्धन टिकिरहने अवस्था पनि छैन । आफ्नै गृहप्रदेशमा गठबन्धनको हातबाट नेतृत्व खोस्न सफल भएका ओली त्यही प्रयोग बागमतीमा पनि गर्न खोजिरहेका छन् । अर्थात माओवादीले नेतृत्व गरेको प्रदेशरुमा शेखर पक्षको प्रयोग गरेर समीकरण फेर्ने प्रयासमा ओली लागेका छन् । बागमतीमा मुख्यमन्त्री माओवदीका शालिकराम जर्मकट्टेलले सय दिनसम्म मन्त्रीहरुलाई जिम्मेवारी नदिएको अपजस छँदैछ । यही बेला सरकार परिवर्तनको स्वर पनि बलियो बन्दै गएको छ ।

बागमतीमा बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँको संसदीयदलको नेतामा चुनावदेखिको टकराव अँझै कायम छ । लामाले आफूखुसी मन्त्री नियुक्त गरेको विषयमा कांग्रेसमा ठूलै रडाको मच्चिएको थियो । त्यसबेला दुबै नेता देउवा पक्षका रहेपनि अहिले आफू पार्टीमै प्रतिपक्षको भूमीकामा रहेको बताउने बानियाँ शेखर पक्षतिर ढल्किएको बुझ्न असहज छैन । उनैलाई चलाएर त्यहा पनि सरकार परिवर्तनको कसरत सुरु भएको हो । अर्कोतर्फ सरकार परिवर्तनको खेलमा आफूहरु नलाग्ने बताउने एमालेकै नेताहरु पनि अहिले दशैं, तिहार लगत्तै सरकार परिवर्तन हुने बताईरहेका छन् ।

पार्टीको संगठन सुधारदेखि जनतासँग नजीक हुन अनेक कार्यक्रम तथा तथा कार्यकर्ता सडकमा ओरालेर ओलीले सरकारमा जाने शक्ति नखोजेका भने होइनन् । मिसन ग्रासरुट चलाउँदा पार्टीका ४ लाख सक्रिय सदस्य कम हुनुले ओलीको सत्ता लालचा केही क्षीण भएको थियो । तर सत्ता यात्राका अनेकन शुत्रहरु भने खोजिरहेकै थिए । अर्को संसदीय निर्वाचन आउँन अँझै चार बर्ष बाँकी छ । यति लामो समयसम्म प्रतिपक्षमा बस्नुभन्दा कुनै न कुनै किसिमले पनि सत्तामै बस्नु ठिक हुने निश्कर्ष निकालेका ओली सार्वजनिक मञ्चमै प्रचण्ड सरकारको उछितो काड्दै आइरहेका छन् ।

यतिमात्र नभई स्थायीत्वको नारा देखाएर कांग्रेससँग मिल्नुपर्ने स्वहरु समेत एमालेभित्र बलियो हुँदै गएको छ । त्यसका लागि भरपुर प्रयास पनि भएको थियो । तर, कांग्रेस सभापति शेरबहादुुर देउवाले नमान्दा सफल हुन सकेन । यसले पनि ओली सत्ताको ब्यग्र प्रतिक्षमा रहेको बुझन् कठिन छैन ।

अर्कोतर्फ भूटानी शरणार्थी प्रकरणमा आफ्नै स्वकीय सचिव तथा परिवारकै सदस्यमाथि आरोप लाग्नु र बिभिन्न प्रकरणमा एमाले नेताहरुलाई मात्रै छानिछानि कारवाही गरेको तथा गिरीबन्धु प्रकरणमा आफैलाई जेलको हावा खुवाउने प्रचण्डका अभिव्यक्तिको बदला पनि ओलीलाई सत्ताबाटै लिनुछ ।ओलीले सरकार परिवर्तन गर्न सकेपनि उनलाई सहज भने पक्कै छैन । पार्टीको प्रदेश अभिवेशनमा कमजोर देखिएका उनलाई पार्टीमा विद्या पक्षले सरकार बनाउन पनि हस्तक्षेप गर्ने आंकलन छ ।

एकातिर शेखरले मुख्यमन्त्री पाउनका लागि मात्रै पार्टीमै विद्रोह किन गरे भन्ने प्रश्न अनुत्तरित छ । यस्तो अवस्थामै शेखर पक्षलाई नै अघि सारेर अरु प्रदेशहरुमा पनि माओवादीको नेतृत्व खोज्ने र शेखरसहित कांग्रेससँग पनि मिलेर नयाँ सत्तायात्राको खोजि एमालेले गरिरहेको बुझ्न कठिन छैन ।