Breaking

ओलीको बलले सुरिए शेखर, झस्किए देउवा–प्रचण्ड, गगन–विश्वले छोडे साथ


काठमाडौँ — कसैलाई गाली गर्ने आफ्नो संस्कार नभएको भन्दै पछिल्लो समय देउवाप्रति नरम र प्रचण्डप्रति गरम देखिएका शेखर कोईरालाले कोशीबाट फायर खोलेका छन । आफ्नो पार्टी कांग्रेसको आधिकारिक निर्णय विरुद्ध गएर एमालेको फेरो समातेका उनको यो कदमले ओलीलाई समेत कांग्रेससंग पालाको पैचो तिर्ने अवसर समेत दिएको छ । जसले पार्टीकै नेतृत्वकै लाईनमा रहेका तथा गुटको राजनीति नगर्ने बताएका उनले एउटा मुख्यमन्त्रीकै लागि किन जोखिम मोले त भन्ने चासो बढाएको छ ।

शेरबहादुर देउवाले अर्को चोटि सभापति नहुने सार्वजनिक अभिव्यक्ति दिएपछि उनकै पक्ष र दुई महामन्त्री मिलाएर कांग्रेसको नेतृत्व गर्ने रणनितिमा रहेका डा. शेखर कोईराला कोशीमा विष्फोट भएका छन । जहा गुटको राजनीति नगर्ने भन्दै महाधिवेशनमा उनले चालिस प्रतिशत मत ल्याएका थिए भने पछिल्लो समय देउवाप्रति नरम देखिदै आएका थिए । तर कोशीमा मुख्यमन्त्रीमा आफ्ना गुटका उद्धव थापाले पालो नपाउने देखेपछि कृष्णप्रसाद सिटौलाले माओवादीलाई अघि सार्न देउवा फकाएपछि कोईराला विद्रोहमै उत्रिएका हुन ।

जसले २०७८ जेठ ७ मा नेकपा एमालेका २३ सांसदले विद्रोहको भरमा प्रधानमन्त्री भएको अनुभव भएका देउवाले त्यसैको वदलाको महसुस नै गरे । अर्थात एमालेको समर्थनमा आफ्नै पार्टीका सांसदले संस्थागत निर्णय लत्याएपछि गठबन्धन झस्किएको हो । यद्यपी शेखरको यो विद्रोह अस्वभाविक र आकस्मिक थिएन । पहिलेबाटै कोईराला कांग्रेसले पाएको ३ प्रदेशमध्ये कोशी प्रदेशमा आफ्ना गुटको मुख्यमन्त्री बनाउने बाटोमा थिए ।

अर्कातर्फ भुगोलको राजनीतिले समेत सिटौलासंग कोईरालाको भिडन्त रहँदै आएको छ । तर झापामा वलियो बन्ने सिटौलाको चहाना आफूलाई समेत फाईदाजनक देखिएपछि महामन्त्री विश्वप्रकाश शर्मा समेत चुप बसे भने यसको परिणाम कोईराला कमजोर बने । तर यो पटक केदार कार्की सहित अन्य आफू निकटका व्यक्ति नै मुख्यमन्त्री बन्नु पर्ने उनको अडान थियो । त्यसका लागि एमालेकै साथ लिन सक्ने सम्मको पूर्वतयारीमा रहेका उनले केन्द्रमै पनि प्रधानमन्त्रीको आलोचना गर्दै नेतृत्वको परिवर्तनको वहस गर्न थालेका थिए ।

हुन त केन्द्रीय समिति वैठकपछि उनको नरमपनामा आफ्ना नेताको भविष्य भन्दा देउवासंगको भागवण्डाको झलक देख्नेहरु बढेका थिए । त्यस्तै थापालाई दुई चोटि अवसर मिलिसकेको थियो भने अहिले कानुनी आधारमा समेत कोईराला पक्ष वलियो बन्यो । तर यो अवस्थालाई वेवास्ता गर्दै सभापतिमा प्रतिस्पर्धी रहेका कोईराला भन्दा सिटौला वोक्ने बाटोमा देउवा अघि बढेपछि शेखरमाथि यति दवाव पर्यो कि वारपारको युद्ध लड्न पर्ने अवस्थामा उनी पुगे । जुन युद्ध हिजो देउवाले पनि गिरिजा प्रसाद कोईराला विरुद्ध लडेका थिए ।

विद्रोह सच्याउन राष्ट्रपति रामचन्द्र पौडेल नै सक्रिय बन्दा समेत अडिग रहेका कोईराला अव संघर्षको मुडमा पुगिसकेको समेत यो कदमले संकेत गरेको छ । तर उनी महामन्त्री गगन थापा निकट दुई सांसदले यसमा कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेनन् । त्यस्तै पार्टीलाई माओवादी एमाले वोक्ने प्रतिस्पर्धाको केन्द्र बन्न नदिने थापाको वोलीले समेत उनको साथ कोईराला लाई नभएको प्रष्ट छ । त्यस्तै उनी निकट गुरु घिमिरेले सामाजिक सन्जालमार्फत यो कदमा असन्तुष्टि पोख्दा गगन निकट डा.गोविन्द पोखेरलले पनि प्रश्न उठाएका छन ।

यता विश्वप्रकाश त यसअघिबाटै झापा भर्सेस मोरङ राजनीतिमा झापा पक्षमै छन । जसले कोईरालाको यो कदम आत्मघाती बन्ने सक्ने विश्लेषण सुरु भईसकेको छ । जहाँ केन्द्रसम्मै यसलाई कार्यान्वयन गर्ने उनको रणनितिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व देउवालाई दिएर यहि गठबन्धन कायम राख्ने अश्त्रले विफल पार्दिने अवस्था छ । जसले उनी ओलीका लागि समेत कामको पात्र नबन्ने खतरा बढ्दा आफ्नो महत्व कायम राख्न कोईरालाले विगतमा एमालेमा माधव नेपाल पक्षले चालेको बाटो अपनाउछन त भन्ने प्रश्न उठेको छ ।

तत्काल हेर्दा एमाले वोकेर संस्थापनलाई धक्का दिने उनको बाटोलाई फाईदामा पुगेकाहरुले प्रशंसा नै गरेका छन । कतिपयले संस्थापनको पेलान विरुद्धको विष्फोटको संज्ञा दिदा वल्ल कांग्रेसमा वारपारको अवस्था सिर्जना भएको तर्क गर्नेहरु पनि छ । जुन रिस्कले उत्पन्न हुने परिस्थिती कांग्रेसको पुनर्जागरणका लागि फाईदाजक हुने एकाथरीको बुझाईका विच कोईराला पार्टीबाट गुटको नेता भएको तर्क नै वलियो छ । यो आक्षेपले उनी पार्टी नेतृत्वमै पुगेपनि पिछा नछाड्ने पक्का हुदाँ सवक सिकाउन कोईरालाले चालेको कदम अर्को गल्ती विरुद्धको अर्को गल्तीका रुपमा कंलकको टिका बन्ने पक्का छ ।