Breaking

रिगल फेरी जेल जाँदै, छिनोफानो भोलि, आत्तिए रामचन्द्र र प्रचण्ड, भारती पनि चुकिन्


काठमाडौँ — सर्वोच्च अदालतले गुण्डा नाईके रिगलको आममाफी प्रकरणमा बुधबार पेशी तोकेपछि सबैको चासो बढेको छ । रिगललाई जेल पठाउनुपर्ने मागसहित महिला अधिकारकर्मी सहितका अभियान्ताहरु प्रर्दशनमै उत्रिएका छन् । अर्कोतर्फ अहिले गल्ती महसुस गरिरहेका राष्ट्रपति पनि कानूनविद्देखि बुद्धिजिवीहरुसंग छलफलमै जुटिरहेका छन् । तर प्रतिक्षा भने सर्वोच्च अदालतकै फैसलाको छ । न्यायालयमा भारती ढलेको दिनदेखि सरकारले हत्यारालाई दिएको आममाफी अदालतको बिषय बनेको छ ।

दिनदहाडै खुँडा हानेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने निर्णयविरुद्ध भारती सर्वोच्च अदालत पुगेकी थिइन् । अदालतले असोज २५ गते मुद्दामा फैसलाका लागि पेशी तोक्न आदेश दिएको छ । सबैको चासो सर्वोच्च अदलततर्फ रहेकै बेला महिला अधिकारकर्मीहरु पनि जुर्मुराएका छन् । रिगललाई फेरी थुनामा पठाउन माग गर्दै उनीहरुले बुधबार काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गरेका छन् ।

रिगललाई कैद मिनाहा दिइएको भन्दै मृतक मान्धरकी पूर्वपत्नी भारती मानन्धर माइतीघरमा अनसनरत छिन् । यही बीचमा रिगल र भारती एकअर्काको पोल खोला खोल गर्न मिडिया ट्रायल गरिरहेका छन् । रिगलले भारती जेलमै भेट्न पुगेर ५० लाख रुपैयाँ मागेको दाबी गरेकाछन् । अझ यो भन्दा एक कदम अगाडी बढेर रिगलले मागेको पैसा आफुले दिन नसकेपछि भारती अहिले भेष बदलेर अनसन बस्न आएको आरोप लगाएकाछन् ।

यद्यपी भारती स्वयमले कारागार पुगेको स्विकारे पनि पैसा मागेको कुरा इन्कार गरेकिछिन् । रिगलले आममाफी पाएपछि चेतनका परिवारसँग कुराकानी समेत नभएको स्वीकार भारती आफैले गरिसकेकी छिन् । यस्तो अवस्थामा भारतीमाथि पनि केही स्वभाबिक प्रश्नहरु भने उठेका छन् । चेतनको मृत्यु हुँदासमेत उनका छोरा भारतीलाई किन दिइएन ? दाङको कारागारमा रिगललाई भेट्न किन पुगिन् ? चेतन मानन्धरका बुबाआमाको धारणा किन आउन सकेन ? तथा उनका हालका पति भारतीको आन्दोलनमा किन छैनन् भन्ने प्रश्न उठेको छ । यीनै प्रश्नहरुलाई सत्तारुढ नेपाली कांग्रेसकै सांसदहरुले एजेण्डा बनाउन थालेका छन् ।

यो प्रकरणमा मौन बसेका सत्तारुढ दलका नेताहरुमाथि नै उनलाई छुटाउन मुख्य भूमिका खेलेको आरोप समेत लागिरहेको छ । गृह प्रशासन र कर्मचारीहरुलाई समेत प्रभावित पारेर शिर्षस्थहरुकै दवावमा ठूलै मोलमोल्याईँ भएको आशंका गरिएको छ । उसो त यो बिषय अदालत प्रवेश गरेपछि आममाफीको निर्णय गराउनेदेखि सदर गराउनेहरु समेत झस्किएका छन् । माइतीघरदेखि शीलतनिवाससम्मै आन्दोलनको सामाना गरेका राष्ट्रपति पनि आफूमाथी नै प्रश्न उठेपछि कानूनविद् र बुद्धिजिवीहरुसँग दैनिकजसो छलफलमा जुटिरहेका छन् ।

निर्णय प्रकृयाहरुमा चुकेका राष्ट्रपति पौडेलले आफ्नो प्रतक्ष्य हात नरहेको सावित गर्न भगिरथ प्रयास गरीरहेका छन् । भेटघाट र छलफलमा पौडेलले आगामी दिनमा मन्त्रीपरिषद्का निर्णयहरुमा पुर्नविचार गर्नेदेखि आफू पूर्वराष्ट्रपति विद्यादेखि भण्डारीजस्तो विवादित र राजा बन्न नखोजेको भन्न थालेकाछन् । विवादका बीच सरकार भने फेरीे रिगलजस्तै संगीन दुई अभियुक्तहरुको कैद मिनाहा गर्ने प्रयासमा लागेको बिषय बाहिरिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका बाबु थापा र बहुचर्चित रानीबारी हत्याकाण्डमा दोषी ठहर भएका मनराज गुरुङलाई संविधान दिवसको अवसरमा कैद मिनाहाका लागि अघि बढेको फाइल अन्तिम समयमा रोकिएको चर्चा छ । सर्लाहीका बाबु थापा र दोलखाका मनराजको फाइल अघि बढाउन भने माओवादी केन्द्रका नेताहरु सक्रिय थिए । चुरे भावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापाले फैसला चित्त नबुझाएर सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको २०६९ साल जेठ १८ गते गोली हानी हत्या गरेका थिए ।

रिटलाई अग्राधिकार दिनु र महान्यायाधिवक्तालई समेत बोलाउनुले पनि यो मुद्दालाई सर्वोच्च अदालतले समेत गम्भिर रुपमा हेरेको प्रष्ट छ । यदि आममाफी विरुद्धको मुद्दामा अदालत हावी भएर रिगल फेरी जेल पुगेछन् भने कानूनी राज चलाएको भन्ने कार्यपालिका र राष्ट्रपति संस्थामाथि प्रश्न त उठ्ने नै छ । यस्ता कानून विपरितका निर्णय प्रकृयामा सहभागिहरुको नैतिकतालाई लिएर उनीहरुको बर्हिगमनकै बाटो समात्छ त्यो भने कालान्तरमा प्रष्ट हुँदै जाला । अहिले भने भारती ढलेको न्यायलयले उनलाई तंगिएर हिड्ने गरी न्याय दिन्छ कि दिदैन भन्ने प्रतिक्षाको विषय बनेको छ ।