Breaking

बंकरै बित्यो चार दिन, उद्धारमा अँझै अलमल, दावावमा प्रचण्ड, कहिले जान्छ इजरायल विमान ?


काठमाडौँ — प्यालेस्टाईनको विद्रोही समुह हमास र इजरायलबीचको युद्ध चौथो दिन (मंगलबार) पनि जारी छ । आक्रमणमा परी दुवैदेशका हजारौँले ज्यान गुमाएका छन । सो आक्रमणमा १० नेपालीको मृत्यु भएको छ । सरकारले शव व्यबस्थापन र उद्धारमा ढिलाई गरेको भन्दै सांसदहरुले प्रश्न उठाएका छन् । गत शनिबारबाट सुरु भएको प्यालेस्टाइनी विद्रोही समुह हमास र इजरायलबीचको युद्ध चौथो दिन (मंगलबार)पनि जारी छ ।

आक्रमणमा परी अहिलेसम्म १० नेपालीले ज्यानगुमाएका छन् भने एक जनाको अबस्था अझै अज्ञात छ । ज्यान बचाउन बङ्करबाट गुहार मागेका झण्डै ३ दर्जन विद्यार्थीलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ । यद्यपी १० जनाको ज्यान गएपछि आतिएका अन्य परिवारले पनि आफना सन्तानलाई सकुसल उद्धार गर्न सरकारसगँ माग गरिरहेकाछन् । तर सरकारले ठोस क दम चाल्न सकेकोछैन ।

इजरायलसंग जहाज ल्याण्डिङको अनुमति कुररे बसेको सरकारले मृतक र नेपाल फर्किन इच्छुक विद्यार्थीको कहिले उद्धार गर्छ भन्ने टुङगो छैन । नेपालीको उद्धार गर्न र सब ल्याउन ढिलाई गरेको भन्दै सांसदहरुले सरकारले लापबार्ही गरेको भन्दै आक्रोस पोखेका छन् । सदनमा सत्तापक्ष र प्रतिपक्षले सरकारलाई झकझकाई रहदाँ बिभिन्न समितीमा सांसदहरुले इजरायल घटनामा सरकार निरिह रहेको बताएका छन् ।

मंगलवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा सांसदहरुले इजरायल घटनामा राजदुतावास र राजदुतको क्षमतामाथि प्रश्न उठाएकाछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पार्टीगत राजदुत चयन गर्दा कमजोरी बढेको र समयमै आवश्यक पहलकदमी नलिँदा जनतामा सरकार छ भन्ने आशा गुमेको जिकीर गरे । खनालले पीडित विद्यार्थीले पनि राजदुतावासमाथि प्रश्न उठाएको भन्दै संवेदनशील मुलुकमा कस्ता राजदुत पठाउने ? भन्नेबारे सोच्नुपर्ने बताए ।

पीडित परिवार सरकार संग दिनरात तत्काल उद्धार गर्न र शव नेपाल झिकाउन माग गर्दा सरकार निरिह बनेको भन्दै राजदुतलाई तत्काल निलम्वन गर्न साँसदहरुले माग गरेकाछन् । आम जनता पार्टीका अध्यक्ष समेत रहेका सांसद प्रभु साहले इजरायलका लागि नेपाली राजदुतलाई तत्काल निलम्वन गर्न सरकारसगँ माग माग गरे । इजरायलमा नेपाल सरकारको कुटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन नसक्दा अहिले उद्धारमा ढिलाइ गरेको भन्दै असक्षम राजदुत नियुक्ति हुने गरेको प्रति सरकारसंग आक्रोस पोखे ।

सरकार भने आफुसंग श्रोत साधन कमिले उद्धारमा ढिलाई भएको भन्दे रेडिमेट जवाफ दिएर बसेको छ । जसलाई माननीयहरुले निरीह पनको पराकाष्ट भनेकाछन् । समिती सदस्यहहरुले समेत सरकारले ढिलाई नगरी आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउनु पर्ने माग गरेकाछन् । अन्तराष्ट्रिय सम्बन्ध समिति सभापति राजकिशोर यादवले घाईतेहरुको स्वास्थ्योपचार गर्न, बेपत्ताका खोजि तथा अफ्ठ्यारोमा परेलाइ उद्धार गर्न सरकारलाई निर्देशन दिए । उनले विदेशस्थित कुटनीतिक नियोगहरुलाई श्रोत, साधनसहित सक्षम बनाउनसमेत परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएकाछन् ।

एमालेले नेपालबाट पठाउन खोजिएका जहाज अनुमति नदिएकोबारे सरकारसँग जवाफ माग गरेको छ । नेकपा एमालेकी सांसद सुनिता बरालले इजरायलस्थित नेपाली दुतावासलाई त्यहाँको वस्तुस्थितिबारे जानकारी नरहेको स्पष्ट बताईन् । उनले थप जोखिममा नेपाली पर्न नदिनका लागि सरकारले तदारुकताकासाथ काम गर्न आग्रह गरीन् ।

सांसदहरुले इजरायल घटनामा सरकारले ढिलाई गरेको भन्दै सरकार लाई प्रश्न गरी रहदाँ इजरायलमा रहेका नेपालीहरुको समस्यालाई सम्बोधन गर्न सरकार पूर्ण रुपमा प्रतिवद्ध र गम्भिर रहेको जवाफ दिएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायल घटनामा सरकार गम्भिर रहेको भन्दै नेपालीको तत्काल उद्धार गर्न तयारी अबस्थमामा रहेको बताए । उनले द्वन्द्वरत मुलुक इजरायलको भ्रमण नगर्न आग्रह पनि गरे ।

द्वन्द्वमा परी अहिलेसम्म १० जना नेपालीले ज्यान गुमाएकाछन् । भने ४ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । १ जनासँग अहिले पनि सम्पर्क स्थापित हुन नसकेको सरकारले जनाएको छ । इजरायलको दक्षिण क्षेत्रको जोखिमयुक्त क्षेत्रमा बंकर भित्र आश्रय लिइराखेका ५५ जनालाई (सोमवार) इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।