Breaking

भुकम्पपछि लगातारको परकम्पले बझाङबासी त्रसित, जोखिमबारे भुकम्पविद्को यस्तो चेतावनी


काठमाडौँ — निरन्तर गईरहेको भूकम्पले सुदूरपश्चिमको बझाङका स्थानीय त्रसित छन । उनीहरु खुला आकाशमा रात बिताईरहेका छन् भने अझै राज्यबाट राहतको महसुस गर्न पाईरहेका छैनन् । भुकम्प प्रभावित बझाङमा प्रधानमन्त्रीदेखि केन्द्रिय नेताहरु पुग्ने क्रम जारी रहँदा भूकम्प पीडितहरु भने राहतको आस गरेरै बसिरहेका छन् । सुदूरपश्चिम प्रदेशको मंगलबारयता १५ पटकभन्दा धेरै पटक शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ भने धेरै पटक परकम्प गएको छ । भौतिक तथा मानवीय क्षेतिको डरले उनीहरु खुला आकासमा रात बिताईरहेका छन् ।

बझाङ केन्द्रविन्दु भएर असोज १६ गते मंगलबार दिउँसो २ बजेर ४० मा ५.३ म्याग्निच्युडको भुकम्प गयो । पहिलो धक्काको धङधङगी नसकिँदै २५ मिनेटपछि बझाङलाई नै केन्द्रविन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गयो । त्यसयता बझाङमा लगातार भुकम्पको झट्का आउन रोकिएको छैन । शनिवार ५.३ म्याग्निच्युड र ४.३ म्याग्निच्युडको दुई वटा ठुलो परकम्पन गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिवार साँझसम्म ४ म्याग्निच्युड भन्दा माथीको १५ वटा सहित ३ सय ८० पटक भुकम्पको धक्का मापन भएको छ । मंगलबार गएको भुकम्पकै परकम्प अझै आइरहेको भुकम्प मापन केन्द्रले जनाएको छ । लामो समयदेखि भुकम्प नगएको र शक्ति सञ्चय भएर बसेका कारण सुदूरपश्चिम क्षेत्रमा भूकम्पको उच्च जोखिम रहेको भुकम्पविदहरु बताउँछन ।

भुकम्प पीडितलाई भेट्न प्रधानमन्त्रीदेखि केन्द्रिय नेताहरुको लावालस्कर लाग्ने क्रम रोकिएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बझाङ पुगे । शुक्रवार हुल नै बाँधेर हेलिकप्टरमा बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुकम्प पीडितलाई ५० हजार रुपैयाँ दिनेसहितका राहतका कार्यक्रम घोषणा गरेर फर्किएका छन् । प्रधानमन्त्री प्रचण्डले उद्घोष गरेको राहत कहिले पुग्ने टुङगो छैन ।

सांसददेखि केन्द्रिय नेताहरु बझाङ धाए पनि पीडितको गाउँमा मल्हम बन्न सकेका छैनन् । भुकम्प गएको पाँच दिन वित्दा पनि पीडितको उद्धार र राहत व्यवस्थापन गर्न गाउँपालिकालाई हम्मे परिरहेको छ । पीडितहरु त्रिपाल र खुल्ला आकाश मुनी रात बिताउन बाध्य भएका छन् । केन्द्र सरकारको स्थानीय जनप्रतिनिधिहरु केन्द्र सरकारको गुनासोमा उत्रिएका छन ।

भुकम्प वा अन्य कुनै पनि प्राकृतिक विपत्ति बाजा बजाएर आउँदैन । यस्तो विपत्तिको सामना गर्ने उत्तम उपाय पूर्व तयारी हो । तर त्यसैमा सरकार संधै चुक्दै आएका छन । जब जब विपत्ति आउँछ तब तब नेता र नेतृत्व तामझाम गरेर घुम्ने मेलो मात्र बन्दा पीडित झन पीडित बन्न बाध्य छन ।