Breaking

ओली–प्रचण्डको निरन्तरको लडाईं, चीनसमेत वाक्क, कम्युनिष्टको सकिने बाटो, कांग्रेस मालामाल 


काठमाडौँ — एमालेभित्र प्रदेशमा देखिएको नेतृत्व चयनको दृश्य,कोशीमा सत्ता जोगाउन माओवादी वा कांग्रेसको साथ चाहिने अवस्थामा कम्युनिष्ट एकताको आधार बन्दै गएको त हैन भन्ने चर्चा छ । जसमा गठबन्धन नफुट्नुनमा उनीहरु एक हुने कांग्रेसभित्रको डर मुख्य कारक रहेको विश्लेषणका विच प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण अर्को आधार बन्न सक्ने तर्क थियो । तर अवस्था त्यो अनुरुपमा जान नथालेको दृश्य देखिन थालेको छ । गठबन्धन फुट्ने प्रवल सम्भावनाकाविच त्यसले कम्युनिष्ट धुव्रीकरणसम्म हुन सक्ने चर्चा अहिले पनि जारी छ ।

विशेषत एमालेमा देखिएको निर्वाचनबाट नेतृत्व चयनको विषयले त्यहाँभित्रपनि कम्युनिष्ट एकताको वहस वलियो बन्न सक्ने तर्कका विच विगतमा पनि माओवादी वोकेको एमालेले अहिले त्यहि बाटोमा हिड्ने त हैन भन्ने डरमा कांग्रेस समेत छ । अर्थात कम्युनिष्टहरुको फुट नै आफ्नो सफलता मानेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीकै अवसर सिर्जना हुदाँ समेत चुप बस्नुमा एमाले माओवादी मिल्न सक्ने एक आधार रहेको समेत एकाथरीको बुझाई छ ।

यद्यपी एमाले नेताहरुले अव त्यो गल्ती हुनै नसक्ने बताँउदा भिडेर सकिन लागेका कम्युनिष्ट शक्ती एक हुनुको विकल्प नभएको तर्क गर्ने जमात समेत छ । जसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण अर्को आधार बन्न सक्ने चर्चा समेत चलेको थियो । विगतमा सि विचारधारा नै पढाउन भ्याएको चीनले अहिले पनि वामपन्थीहरुको एकतामा काम गर्ने त हैन भन्ने आशंका सुरु हुदाँ चीन पुगेर फर्किएका एमाले महासचिवले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।

जहाँ सक्रिय राजनीतिमा उनको आगमन यस्ता शक्ती एक हुने मिलनविन्दु हुनसक्ने चर्चा त यसअघिबाटै चलेको छ । त्यस्तै कोशी प्रदेशमा सरकारलाई विश्वासको मत दिलाउन कांग्रेस वा माओवादी वोक्नै पर्ने बाध्यतामा रहेको एमालेले मध्यावधी रोक्न समेत कांग्रेसले साथ नदिए माओवादी नै वोक्नसक्ने अर्को तर्क समेत थियो । तर मध्यावधीकै वाटोमा कोशी अघि बढेको दृश्यलेन त गठबन्धन फुट्ने नत नयाँ समिकरणको सम्भावना बन्ने दुवै कम भएको छ भने त्यो संगै कम्युनिष्ट एकताको सम्भावित समिकरण समेत टरेको छ । जसले माओवादीसंग एमालेको सम्बन्ध सुधार भन्दा कटुतातर्फ नै अघि बढेको हो ।

हुन त प्रचण्ड ओलीको जूंगाकै लडाईका कारण फुटेका उनीहरु एक हुनुमा एकले अर्कोको अस्थित्व स्वीकार्ने अवस्था नै एकताको आधार हो । तर पश्चिम बंगालकै हालतमा पुर्याउने कि एकिकृत बनाएर अघि बढाउने दुवैको हातमा रहेको भन्दै दवाव बढाउनेहरु पनि छन । जुन तप्का माओवादी र एमाले मै रहदाँ विदेशी शक्तीको प्रभाव रहे एकताको सपना साकार हुने विश्लेषकहरुको भनाई छ ।

जहाँ पश्चिमाको नेपालमा बढ्दो सक्रियतामा खतरा देखेको चीन वाध्यतावस राजनीतिक चलखेलमा लाग्नु परेको विश्लेषण समेत छ । तर पुराना वामपन्थी नेता लोककृष्ण भट्टराई भने चीनको निति नै जो सत्तामा आउँछ उसैको विश्वास जित्ने रहेको बताउँछन । फलत ः कम्युनिष्ट देशको दृष्टिले नेपालमा पनि कम्युनिष्ट एक हुन भन्नेमा सदासयता व्यक्त गर्ने भन्दा माथि चीन जान नसक्ने उनको तर्क छ । यसको अर्थ मिल्ने कि सक्किने एकमात्र विकल्प वाँकि रहेका उनीहरु आफै एकताको वाटोमा हिड्नु आवश्यक रहेको उनी बताउँछन ।

समग्रमा ६० प्रतिशत कम्युनिष्ट भएको देशमा कांग्रसले गरेको सत्ताको हालीमुहालीले नै उनीहरुको वास्तविकता स्पष्ट पार्दा न त एमाले एक्लै वहुमत ल्याउने अवस्थामा छ न त माओवादी नै । जहाँ समाजवादी मोर्चाको सपना समेत कम्युनिष्ट धारको नेतृत्व गर्ने खालको नहुने पक्का हुदाँ एकीकृत समाजवादीको एक हिस्सा त एमालेमा समाहित हुने तयारीमै देखिन्छ । यसले कम्युनिष्टको मुख्य धार एमाले नै हुनेमा दुईमत नहुदाँ माओवादी नै वाहिर रहदाँ भने फाईदामा भने कांग्रेस पुग्ने अवस्था अन्त्य गर्न समेत एमालेकै उत्तरदायित्व वढि छ । जसलाई नेतृत्वको महत्वकाक्षाले रोक्दा तत्काल तातिएको वामधुव्रीकरणको झिनो चर्चामा समेत पानी पोखिएको हो ।