Breaking

काँग्रेस बिनाको सरकारको कल्पना गर्न सकिँदैनः अध्यक्ष नेपाल


काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काँग्रेस बिनाको सरकारको कल्पना गर्न नसकिने बताउनुभएको छ । मेची—महाकाली समाजवादी जागरण अभियानको क्रममा जनकपुरधाम पुग्नुभएका पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले बुधवार आयोजति कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले अहिलेको संरचना र शक्ति सन्तुलन मिलाउन कँग्रेस अपरिहार्य भएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री को बन्ने भनेर कसैले मुख मिठ्याउन आवश्यक नरहेको जिकिर गर्नुभयो । उहाँले सरकारले केही राम्रा काम गर्न खोजेपनि पर्याप्त नभएको बताउनु भयो । उहाँले यो सरकार अघि बढाउने पक्षमा आफूहरु रहेको बताउनु भयो । अध्यक्ष नेपालले सरकारलाई कसैले कमजोर पार्न नचाहेको स्पष्ट पादै उनले काँग्रेस पनि यही सरकारको पक्षमा रहेको र एकीकृत समाजवादी पनि यही सरकारको पक्षमा रहेको बताउनु भयो ।