Breaking

रिगल मुक्त,मृतककी पत्नीले मागिन् खुँडा,ओली–रविको निशानामा रामचन्द्र, प्रचण्ड फसाएर कांग्रेस चुप


काठमाडौँ — नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषि ठहर रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध मृतककी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् ।संविधान दिवसका अवसरमा राष्ट्रपतिले आममाफि दिएपछि उनको चौतर्फि आलोचना भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलसंग मान्छे मार्न खुँडा देउ भन्दै एक महिला नेपालगञ्जबाट काठमाडौं आईपुगेकिछिन् ।

उनि हुन् भारती मानन्धर। आफ्ना श्रीमान चेतन मानन्धरको दिनदाहाडै खुँडा प्रहार गरेर हत्या गर्ने गुण्डा नाईकेलाई राष्ट्रपतिले आममाफि दिएपछि भारतीले आफुहरुलाई पनि हतियार दिन माग गरेकिहुन् । आममाफिका नाममागुण्डालाई हतियार दिएर मान्छे मार्न छुट पाउने लाईसेन्स दिने राष्ट्रपतिलाई भारतीले खुनको बदला खुन भन्ने शैलीमा आफुहरुलाई पनि मार्न दिएर आममाफिको व्यवस्था खुकुरीको चोट अचानोलाई थाहा हुन्छ । शितल निवासको सुख सयलमा मस्त दिन काट्दै आएका राष्ट्रपति रामचन्द्र पौडेललाई के थाहा । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डको काँधमा राखेर बन्दुक पड्काउदा बरब स्टाम बनेका पौडेलले फेरि एक पटक अलंकको कालो टिका लगाएकाछन् ।

अदालतले हत्यारा ठहर गरेको व्यक्तिलाई उनले आममाफि दिएपछि विवादमा परेकाछन् । पौडेलले यसअघि पनि टिकापुर नरसंहारका अभियुक्त रेशम चौधरीलाई माफि दिएका थिए। पहिलो गल्तीबाट नसच्चिएका पौडेलले दोस्रो पटक जानाजान अर्को गल्ती गरेकाछन् । कांग्रेसको भातृसंगठन तरुणदलका नेता गुण्डा नाईके रिगल छुटेपछि मानन्धरको परिवार संघिय राजधानी काठमाडौं आईपुगेको छ ।बलिन्द्र आँसुका धारा बगाएर पीडाले छटपटिएकी भारती भकानिएर बोल्न नसक्ने अवस्थामाछिन् ।

नाम मात्रको कानुनी राज्यमा दिनदाहाडै खुँडा प्रहार गरेर हत्या गरेका गुण्डा नाईके राष्ट्रपतिको आममाफिबाट राजर्षी ठाटमा छुटेपछि मानन्धर परिवार विछट्टै पीडामा छ । उनले खाँटा बसेको घाउ रिगलको रिहाईसंगै बल्झिएको प्रतिक्रिया दिएकीछिन् । सरकारको सिफारिस र राष्ट्रपतिको यो कदमले फेरि एक पटक व्यवस्था माथि प्रश्न उठेको छ । के १७हजारको बलिदानीबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र रिगल जस्ता मुठिभरका गुण्डाहरुको संरक्षणका लागि आएको हो ?अनि जनताले मरेर पनि धर नपाउँने गुण्डाहरुकै जयजयकार ?राष्ट्रपति रामचन्द्र पौडेलले सधै हत्यारा र अपराधिलाई जोगाएर प्रचण्ड र देउवाले राष्ट्रपति बनाएको गुन तिर्दै बस्ने हो । हैन भने यी महिलाको आँसु नलागोस् ।

कस्तो व्यक्तिको सजाय मिनाहा गर्दैछु भन्ने महामहिमलाई पक्कै हेक्का छ । जनताको रगतलाई दुषित रगत बगेर गएको शैलीमा भाष्य निर्माण गरेर धमाधम हत्यारा छोड्ने काम नहोस् । भोलि आत्मरक्षाका लागि जनतालेनै हतियार उठाउने अवस्था आयो भने देशका लागि दुर्भाग्य हुने छ । राष्ट्रपतिको कदमका विषय एमालेले पनि मुख खोलेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई अदालतले सजाय तोक्दा पनि छानी छानी सरकारबाट किन पुरस्कृत गरिन्छ भन्दै प्रश्न गरेकाछन् ।

रास्वपाले पनि हत्यारालाई छोडेको विषयमा आपत्ती जनाउँदै आएको छ । सदनमा कुरा उठाएको रास्वपाले राष्ट्रपतिलाई भेटेरै यो विषयमा जानकारी गरायो । तर रास्वपाका नेता कार्यकर्तालाई पौडेलले शितल निवासको एउटा कोठाको पल्लो भित्तामा राखेर माइकको सहारामा बोलेको दृश्यले पनि पञ्चायतको झल्को दिन्थ्यो ।

रास्वपाका नेतालाई एक छेउमा खक्र्याएर बोलेका पौडेल जनताको भावभंगीमा हैन सुकिला मुकिलाका लागि राष्टपति भएको बुझ्न कठिन छैन् । जनताको विषय उनले यदि चिन्ता गर्थे त भारती मानन्धरको परिवार माथि उनले घाउमा नुन चुक छर्किदैन थिए । रास्वपाले राष्ट्रपतिलाई कांग्रेका सम्झाउँदै विपी कोईरालाले पनि मान्छे मार्नेलाई छोड नभनेको स्मरण गराएको छ ।

राष्ट्रपति आलंकारीक हुन्छ । सरकारको निर्णय राष्ट्रपतिले लत्याउन पाईने व्यवस्था छैन । तथापी संविधानको संरक्षक राष्ट्रपति भएको हैसियतले गलत भएको ठाउँमा सच्याउन सक्ने हैसियत राष्ट्रपतिसंग छ । तर पौडेल गलत भएको ठाउँमा पनि हुबहु सरकारको निर्णयमा हस्ताक्षर धस्काएर देउवा प्रचण्डको गुन तिरीरहेकाछन् । यसलेसरकारको गलत काममा साक्षि भएका पौडेलको बहिर्गमन विवादरहित नहुने पक्का भएको छ ।विज्ञहरुले सुविधाको गलत दुरुपयोग हुनुलाई उदण्डताको पराकाष्ट भनेकाछन् ।

चेतनमानन्धरको २०७२ साल असार २८ गते नेपालगन्जको सुर्खेतरोडस्थित धम्बोझीचौकमा खुँडा प्रहारी गरी हत्या गरिएको थियो । हत्या आरोपमा दोषि ठहर भएका गुण्डा नाईके रिगल आममाफी पाएपछि छुटेकाछन् ।कारागार बाट निस्किएपछि रिगललेपीडितलाई आतंकित पार्ने गरी दर्जनौ गाडी र मान्छेको लावालस्कर लिएर घर पुगेका थिए । हत्याराको जयजयकार देखेपछि झस्किएका पीडित न्यायमाग्दै संघिय राजधानी आईपुगेकाछन् ।