Breaking

बाँदल र बँदेलको छलफल गर्दै सांसद, सबक आ–आफ्नै तर्क, बाँदर भगवानको प्रतिक, बँदेल हानिकारक


काठमाडौँ — मानव–जीवजन्तु द्वन्द्व व्यवस्थापनका लागि पटक–पटक छलफल भएपनि समाधानतिर भने खासै ध्यान जान सकेको छैन । बाँदर, बँदेललगायत बन्यजन्तुबाट किसानले बेहोर्दै आएको कृषि उत्पादनको नोक्सानीबारे सडकदेखि सदनसम्म पटक–पटक कुरा उठ्यो । बँदेललाई कृषि हानीकारक वन्यजन्तुको रुपमा घोषणा गर्ने तयारी हुँदै गर्दा बाँदर न्यूनिकरण या नियन्त्रणबारे भने सरकारले कदम अघि बढाईहाल्ने आँट गर्न सकेको छैन । किनभने यसमा धार्मिक, सांस्कृतिक र पारम्परिक विषय जोडिएको छ । बँदेलले कृषि उत्पादनमा मच्चाईरहेको उपद्रोबारे त सर्वविदितै छ ।

यसलाई अब कृषि हानिकरणक वन्यजन्तुको रुपमा घोषणा गर्ने तयारी भएको छ । सिंहरदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा तत्काल बँदेललाई कृषि हानीकारक वन्यजन्तुको रुपमा घोषणा गरेर जाने तयारीबारे छलफल भएको हो । बाँदरको केसमा भने संसदमै सहमति गरेर वा संकल्प प्रश्ताव पास गरेर नगइकन सरकारबाट सिधै मार्ने, पक्रने लगायतका काम गर्दा धार्मिक, सांस्कृतिक, पारम्परिक रुपमा प्रश्न उठ्ने वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले बताए । संसद र समितिले बाँदरका लागि दिने निर्देशनले मन्त्रालयलाई सोही अनुसारको योजना बनाएर काम गर्न हुने उनले बताए ।उहाँले मानव जीवजन्तु द्वन्द्व समाधानका लागि ठाउँमा ठाउँमा ठूला वन्यजन्तु पार्क नबनाउने हो भने समस्या समाधान गर्न कठिन रहेको उनको तर्क छ ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुंगाना मानव–वन्यजन्तु द्वन्द्वका लागि बनाइएको निर्देशिका अनुसार क्षतिपूर्ति नभएको बताउँछन । मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि २० देखि २२ करोड चाहिने अनुमान रहेपनि अर्थ मन्त्रालयले १० करोड मात्रै बजेट दिएकोले रकम अपर्याप्त रहेको महानिर्देशक ढुंगानाको तर्क छ । बाँदर, बँदेललगायत बन्यजन्तुका कारण कृषी उत्पादनमा क्षति पुर्याएको विषय सडकदेखि सदनसम्म पटक पटक कुरा उठ्दै आएको छ ।सरकारले बँदेललाई कृषि हानीकारक वन्यजन्तुको रुपमा घोषणा गर्ने तयारी गर्दैगर्दा बाँदरबाट कृषकले बेहोर्नुपरिरहेको नोक्सानी न्यूनिकरणतर्फ पनि ध्यान जान आवश्यक छ ।