Breaking

ओलीलाई आफ्नै नेताको डर,गुट वलियो बनाउन लाग्यो बालकोट,कोशी र कर्णालीमा रोक्लान अरुलाई ?


काठमाडौँ — लुम्बीनीबाट आफूले चाहे विपरित निर्वाचनको अवस्था सिर्जना हुदै उत्पन भएको गुट व्यवस्थापनमा स्वयम ओली लागिपरेका छन । निर्वाचनको विकल्प नै खोज्न नसकेपनि वागमतीमा आफू पक्षियलाई जिताउन सफल भएका उनी अव निर्वाचनमै खेल्ने दाउमा लागेका हुन । जुन रणनितिमा वागमतीमा सफल भएका उनी निर्वाचनउन्मुख कोशी र कर्णाली प्रदेश केन्द्रीत बनेका छन । आफूले सर्वसहमती चाहेको तथा उपाध्यक्ष र महासचिवकै राजनीतिक क्षेत्र लुम्बिनी प्रदेशबाट निर्देशन अवज्ञा भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचनमै आफ्ना जिताउन लागि परेका छन ।

सातै प्रदेशमा पहिलो अधिवेशन चल्दै गर्दा अध्यक्ष ओली आफूले रोजेकै व्यक्ति सर्वसम्मतिमा ल्याउने योजनामा रहेका उनले लुम्बिनी, कर्णाली र कोशीमा समेत सर्वसम्मत नेतृत्वको रटान लगाइरहे । तर कार्यकर्ताले प्रतिस्पर्धाबाट नेतृत्व चुन्ने बाटो रोजे भने भरसक निर्वाचन नै हुन नदिने भएपनि प्यानल बन्न नदिने उनको रणनिति विपरित वागमतीमा पनि निर्वाचनकै अवस्था देखिएको थियो । जहाँ आफू निकट कैलाश ढुगेललाई अध्यक्ष बनाउने रणनितिमा ओली थिए । त्यसैका लागि उम्मेद्वारी फिर्ता गराउनेदेखि प्यानल बनाएर चुनाव लड्नेको उम्मेदवारी खारेजसम्मको चेतावनी ओलीले दिए ।

तर गत मंसिरको आमनिर्वाचनमा आफ्नो टिकट कमल थापालाई दिएपछि ओलीसंग रुष्ट मकवानपुरका कृष्णप्रसाद दाहाल पछि नहट्ने अडानमा अडिग रहे । यसअघि ओलीको बलियो विश्वासपात्र भएपनि त्यहि वेला देखि वालकोट आफ्नो विपरित लागेको वुझाईमा रहेका उनले ढुंगेललाई सर्वसहमती गराउने वालकोटको आशय पनि बुझिसकेका थिए । फलत ः वागमतीमा हार्ने भन्ने डरमा रहेका ओलीले प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने भन्दै आफैले त्यहि वाटो रोजेका थिए ।

ढुंगेललाई नेतृत्वमा ल्याउनकै लागि दुई प्यानलमा देखिएका आफू निकट दुई प्रभावशाली नेताहरू गोकुल बाँस्कोटा र महेश बस्नेत मध्ये बाँस्कोटालाई अन्तिम समयमा थामथुम पार्न ओली सफल रहे । जसको प्रतिक्रिया स्वरुपम बास्कोटाले सामाजिक सन्जालमा दुखेसो नै पोख्दा वाहिर ल्याउन नखोजिएका धेरै असन्तुष्टि अहिले देखिन थालेका छन ।

हुन पनि लुम्बिनीबाट सुरु भएको आन्तरिक लोकतन्त्रको अभ्यासले ओलीले दवाव महसुस गरिहेका छन भने कोशी र कर्णालीमा समेत सोहि अवस्थाले ओली तर्सिएका हुन । जसले एमालेभित्र ओलीविरुद्ध लागे भीम रावल हुने भाष्य निर्माण भईरहेका वेला यसले आम नेता कार्यकर्ता भने त्यसको विपक्षमा रहेको अर्को संकेत समेत गरिरहेको छ । त्यसलाई तह लगाउनै पर्ने बुझाईमा रहेका ओलीले त्यसैका लागि बागमती प्रदेशमा हस्तक्षेप गरे र आफूअनुकूल परिणाम आउने आकलनपछि मात्रै निर्वाचन प्रक्रिया अघि बढाए ।

जसले अव निर्वाचन रोक्न नसकिनेमा ओली पुगेको देखिँदा यसैमा खेल्नुपर्ने अर्को रणनिति सहित अघि बढेको प्रष्ट छ । जसले आफ्नो उत्तराधिकारी को बन्ने भन्ने होडले संस्थापन पक्ष नै दुई ध्रुवमा विभक्त हुने र देशव्यापी त्यसको प्रभाव पर्ने अवस्था आउन सक्ने क्षती न्यूनिकरण गर्ने बुझाईमा ओली देखिन्छन । जसले कर्णाली र गृह प्रदेश कोशीमै देखिएको निर्वाचन उन्मुख अवस्थालाई समेत साईजमा ल्याउने उनको तयारी देखिन्छ । यद्यपी कोशीमा गरिने दवावले भने आगामी निर्वाचनमा समेत प्रभाव पार्ने खतरा थाहा पाएका उनले सर्वसहमती नभए बिना बैमश्यता, बिना कुइनो ठोकाठोक, एक अर्कालाई अल्झाउने कुरा छोडेर स्वस्थ प्रतिष्पर्धा गर्न निर्देशन दिएका हुन ।

ओली पक्षले बागमतीमा चुनाव हारेको भए कर्णाली र कोशी प्रदेशमा जारी चुनावमा पनि उनीहरूले अपेक्षा गरेअनुसार परिणाम नआउनेमा उनीहरु पक्का थिए । जसको प्रभाव ओलीका उम्मेदवार मीनबहादुर शाहीविरूद्ध पोलिट्ब्युरो सदस्य गुलाबजंग शाह मैदानमा उत्रिएको कर्णाली प्रदेशमा पनि उक्तिकै पर्ने देखिदा गण्डकी मा त प्रतिनिधि छनोटमा पृथ्वीसुब्बा गुरूङ बलियो देखिएका छन् । यद्यपी ओलीले यी सवैमा पेलेरै जान्छन कि केन्द्र देखाएर चित्त बुझाउन त्यो हेर्न भने पर्खिनै पर्ने हुन्छ ।