विदेश

आफ्नै नेता गायब पार्दै चीन, विश्वको चासो–सैन्य अधिकारीदेखि अर्बपतिलाई कहाँ लुकाईयो ?


काठमाडौँ — चीनमा उच्च ओहोदाका धेरै अधिकारीहरू अहिले बेपत्ता छन् । चीनमा उच्च ओहोदाका धेरै अधिकारीहरू बेपत्ता भएसँगै सी जिङपिङ भ्रष्टचार शुद्धीकरणमा पो लागेका हुन् कि भन्ने आशङ्का समेत बढ्न थालेको छ । राष्ट्रपति सी को कारबाहीमा सेलिब्रिटी अर्बपति समेत परिसकेका छन् ।

केही महिनायता चीनमा उच्च ओहोदाका धेरै अधिकारीहरू बेपत्ता छन् । चीनमा उच्च ओहोदाका धेरै अधिकारीहरू बेपत्ता भएसँगै कतै सी जिनपिङ विशेष गरी सेनासँग सम्बन्धित अधिकारीहरूको शुद्धीकरणमा पो लागेका हुन् कि भन्ने आशङ्का बढेको छ । अहिले चीनका रक्षामन्त्री ली साङ्फूले त्यस्तै नियति भोग्नुपरेको छ । उनी सार्वजनिक जीवनमा देखा परेका छैनन् । सी को कारबाहीमा अर्बपति फिल्मस्टार तथा पप गायिका झाओ गएको अगस्टमा सार्वजनिक जीवनबाट यसैगरी गायब भइन् ।
युवालाई भड्काउने वा कम्युनिस्ट पार्टीको आदर्शबाट टाढा लैजाने काम गरेको भन्दै सरकारले उनको अनलाइन प्रस्तुति, फिल्म र टिभी शोमा प्रतिबन्ध लगायो । त्यसपछि झाओ नजरबन्दमा परिन् ।

पूर्वी चीनस्थित आफ्नै गृहनगरमा सीमित उनको अहिलेको जीवनशैली अज्ञात छ । गत जुनको अन्त्यदेखि गुमनाम रहेका चिनियाँ विदेशमन्त्री छिन काङ अझैं सार्वजनिक स्थानमा देखिएका छैनन् । सुरुमा उनीहरुको अनुपस्थितिलाई अस्वाभाविक रूपमा हेरिएको थिएन । तर एक अमेरिकी उच्च कूटनीतिज्ञले औँल्याएपछि त्यसबारे सूक्ष्म परीक्षण गर्न थालियो । रकेट फोर्सेसमा काम गर्ने दुई उच्च अधिकारीहरू र सैन्य अदालतमा काम गर्ने एक न्यायाधीशलाई हटाइएको केही सातापछि ली बेपत्ता भएका हुन् । अधिकारीहरूलाई हटाइएकोबारे चीनले स्वास्थ्यका कारण भन्नेबाहेक अन्य कुनै आधिकारिक विवरण दिइएको छैन ।


कोभिड महामारीपछि सुस्ताएको अर्थतन्त्र र युवा बेरोजगारीसँग सङ्घर्ष गरिरहेको चीनमा सीमाथि पार्टीभित्रबाट दबाव परेको आकलन छ । चीनको राजनीतिक प्रणालीअन्तर्गत सी जिन्पिङ केवल चीनका राष्ट्रपति मात्रै नभई सेनाका सर्वोच्च नेता पनि हुन् । एकातर्फ हेर्ने हो भने उच्च अधिकारीहरू बेपत्ता हुनुले सीको नेतृत्वमा अस्थिरता रहेको सङ्केत गर्छ । मन्त्री मात्रै नभई मन्त्रीस्तरीय वरीयताभन्दा माथि रहेका स्टेट काउन्सिलरको जिम्मेवारी पनि भएका जेनरल ली साङ्फू र चिन गाङलाई सीले रुचाएका थिए ।

त्यसैले पनि उनीहरूमाथि एक्कासि भएको कारबाहीलाई चिनियाँ राष्ट्रपतिले उचित मूल्याङ्कन गर्न नसकेको मान्न सकिन्छ । उच्च अधिकारीहरू यसरी बेपत्ता हुनुलाई राष्ट्रपतिले गराएको राजनीतिक शुद्धीकरणका रूपमा हेर्छन् भने पनि यो घटना उनको निम्ति राम्रो देखिँदैन । किनभने यो त्यतिखेर भएको छ जतिखेर उनले गत वर्ष भएको ताजा पार्टी कङ्ग्रेसमा सम्भावित प्रतिस्पर्धी गुटहरूलाई पन्छाएर आफ्नो शक्ति सुदृढ पारेका थिए । तर अर्को रूपमा हेर्ने हो भने सीले फेरि आफू शक्तिशाली भएको देखाउन पाएका छन् । भ्रष्टाचारप्रति सार्वजनिक प्रहार गर्न चर्चित मानिएका सीले राजनीतिकर्मीलाई हटाएर आफ्ना शत्रुलाई पाखा लगाउने उद्देश्य राखेको पनि हुनसक्ने पर्यवेक्षकहरूले बताएका छन् ।

बन्दुकको नालबाट राजनीतिक शक्ति आर्जन हुन्छ भन्ने माओ त्सेतुङको पदचाप पछ्याई रहेका सीलाई रहस्यमयी ढङ्गले चीनका अर्बपति व्यवसायी अनि उच्च राजनीतिक सम्भावना बोकेका पुस्ता एकपछि अर्को गर्दै सीको निशानामा परिरहेको प्रष्ट देखिदै गएको छ । सन् २०१३ मा कार्यभार सम्हालेलगत्तै सीले उच्च राजनीतिक ओहोदाका व्यक्ति र कर्मचारी कलाकार सबैमाथि लक्षित गरेर हजारौँ पक्राउ परेको अनुमान गरिएको छ ।