Breaking

बालेनले विश्वव्यापी बनाए ईन्द्रजात्रा, राष्ट्रपति र सुनिता डंगोल हिँडेरै पुगे बसन्तपुर, जात्राको रौनक बेग्लै


काठमाडौँ — वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाईएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेको धुलिखेल, दोलखालगायतका स्थानमा यो पर्वमनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुगे ।

उनीमात्रै होइन,राष्ट्रपति पौडेललगायतका उच्चपदस्थ व्यक्तिहरू जुद्ध सालिकबाट हिँडेर गएका थिए । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने ईन्द्रजात्राको अवसरमा राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति राम सहाय यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलगायत हिँडेर वसन्तपुर गएका हुन् ।

राजधानी काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरता मात्र नभई आपसी सद्भाव र भाइचारा अभिवृद्धिको उपयुक्त माध्यम पनि हो । विशेष गरी काठमाडौँका नेवार समुदायले मनाउने थुप्रै जात्रामध्ये इन्द्रजात्रा पछिल्लो समय नेवार समुदायले मात्र नभएर अन्य समुदायले पनि मनाउन थालेका छन् ।

इन्द्रजात्राले परम्परागत सँस्कृतिलाई निरन्तरता मात्र दिएको छैन । यो पर्वले आसपी सास्कृतिक सम्बन्धलाई पनि बलियो बनाएको छ । अघिल्ला वर्षहरुमा नेवार समुदाय र नेपालीहरुले मात्र मनाउने पर्व विस्तारै विदेशीहरुले पनि अपनत्व गर्देछन् । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने पर्वलाई अवलोकन गर्नप्रत्येक वर्ष विदेशीहरुलाई निमन्त्रणा गरिन्छ ।

काठमाडौँ महानगरपालिकाको निमन्त्रणालाई स्विकारेर अमेरिका र चीनलगायत अन्य देशबाट २० जना पाहुना काठमाडौँ आएका छन् । पाहुनालाई ईन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराईनेछ । इन्द्रजात्राको लागि भनेर काठमाडौँ महानगरले केही दिनअघि नै बसन्तपुरलाई भरपुर रुपमा सजाइएको थियो । इन्द्रजात्रा मनाउन काठमाडौंका मेयर बालेन नै बसन्तपुर पुगेपछि उनलाई फुलमालाले सम्मान गरिएको थियो ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका बिभिन्न स्थानमा हर्ष उल्लासका साथ मनाइन्छ । द्वादशीका दिन धार्मिकविधिपूर्वकइन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा अनेकन प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने परम्परा छ । जात्रा अवधीभर भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशअवतार तथा पुलुकिसी नाच नाच्ने समेत परम्परा छ ।

जात्रामा राष्ट्रप्रमुख मात्र नभएर विदेशी नागारिकहरु पनि अध्ययन र अवोलकनको नाममा जात्रालाई नजिकबाट नियालिरहेका छन् । किराँतकालदेखि चलिआएको यो पर्व अहिले आएर अन्तराष्ट्रिय महत्वका साथ हेरिन थालिएको छ । जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले विदेशी पाहुनालाईसमेत निमन्त्रण गरेको छ ।