Breaking

प्रधानमन्त्री प्रचण्ड पर्सि स्वदेश फर्कने


काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर पुग्नुभएको छ ।चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रचण्ड हिजो बुधवार तिब्बतको ल्हासा जानुभएको थियो । उहाँ ल्हासाको गङ्गा विमानस्थलबाट तिब्बत एअरलाइन्समार्फत कैलाश पर्वतको भ्रमणका लागि पुग्नुभएको हो । कैलाश पर्वत र मानसरोवरको भ्रमणमा प्रधानमन्त्री प्रचण्डसहित साथमा भ्रमण दलमा रहेका सदस्यहरू छन् । प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर ताल र कैलाशको दर्शन गरेर त्यहीँ बस्नुहुनेछ । प्रधानमन्त्री प्रचण्ड पर्सि स्वदेश फर्कने कार्यक्रम छ ।