Breaking

प्रचण्डको तेस्रो चीन यात्रा, कम्युनिष्ट मिलाउनेदेखि सेनासम्मका एजेन्डा, चिढिएको चीनले के गर्ला ?


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई साता लामो विदेश भ्रमणका लागि निस्किएका छन । प्रधानमन्त्री प्रचण्डको दोस्रो विदेश यात्रा अमेरिकाबाट सुरु भए पनि कुटनीतिक हिसावले चीनको यात्रा सबैको चासोमा छ । कुशल कुटनीतिक अभ्यासको अभावमा शिशिल हुँदै गएको कुटनीतिक सम्बन्ध र अलपत्र परेका दुईपक्षीय सम्झौताहरुको अन्यौलताकाबीच प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण कति उपलब्धिपूर्ण होला ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका हुँदै असोज पहिलो साता उत्तरी छिमेकी चीन पुग्ने तालिका छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङझाउमा र समकक्षी ली छियाङसँग बेइजिङमा भेटवार्ता गर्दैछन् । ल्हासामा अन्य उच्चस्तरीय भेटवार्ता हुने कार्यतालिका छ । अमेरिकी सहयोग परियोजना एमसीसी कार्यन्वयनमा गईसकेपछि , कोरोना महामारी र पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि बनेको सरकारको प्रधानमन्त्रीस्तरीय पहिलो चीन भ्रमण हो । चीन भ्रमणमा नेपाल र चीनको दिव्पक्षी सम्बन्ध बिस्तार र नयाँ नाका खोल्ने र कृषि, शिक्षा, स्वास्थ्यका साथै कृषिमा आधारित उद्योग खोल्ने कुरा प्रधानमन्त्रीको प्राथमिकतामा पर्ने जनाएको छ ।

निरन्तर बदलिँदो भु–राजनीतिक परिस्थिति, अझ नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीको कार्यन्वयनमा प्रवेश गरेपछि प्रचण्ड चीन जाँदै छन त्यो पनि अमेरिका हुँदै । अस्थिर आन्तरिक राजनीति र कमजोर कुटनीतिका कारण चीनसँग भएको दर्जर्नौ सम्झौताहरु अलपत्र अवस्थामा छन । सीमा नाकाहरु खुलाउने पहल पर्याप्त पुगेको छैन ।

नेपालले अद्यावधिक गरेको नक्सामा चीनले मान्यता नदिएपछि सडक सदन चीनको विरोधमा छ । धेरै नयाँ विषयहरुको उठानभन्दा विआरआई, विद्युत व्यापार भएको सम्झौताहरुको कार्यन्वयन र विशेषत चुच्चे नक्सामा प्रधानमन्त्रीको भ्रमणको प्राथमिकता दिनुपर्ने चौतर्फी दवाव छ । चुच्चे नक्सामा चिनलाई मनाउन सके मात्र प्रधानमन्त्रीको भ्रमण सफल मान्न सकिने सत्तारुढ दलकै नेताहरुको तर्क छ ।

महाशक्ति बन्ने दौडमा क्रियाशील चीन र भारतको बीचमा परनिर्भर अवस्थामा रहेको मुलुक नेपालले कूटनीति र परराष्ट्र मामिलालाई सन्तुलित ढंगले परिचालन गर्न नसक्दा अन्तरविरोध बढ्दो छ । नेपालको कमजोर कुटनीतिक अभ्यासका कारण नेपाल–चीन सम्बन्ध जटिल अवस्थामा रहेको कतिपयको बुझाई छ । प्रधानमन्त्रीले बडो संयमताका साथ मुख्य विषय दुई मुलुकबीच विश्वासको वातावरण बनाउन जोड दिनुपर्ने सुझाव जानकारहरुको छ ।

सदियौंदेखि सौहार्दपूर्ण र घनिष्ट सम्बन्ध रहिआएको नेपाल–चीन सम्बन्ध पछिल्लो समय कुटनीतिक दरार पैदा भईरहेको छ । प्रधानमन्त्रीको चीन भ्रमण र उच्चस्तरीय भेटवार्तामा धेरै नयाँ सम्झौता भन्दा भएको सम्झौताहरुको कार्यन्वनमा जोड दिए विश्वासको वातावरण बनाउन सके प्रधानमन्त्रीको भारत भ्रमण सफल हुनेछ ।

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न शनिवार अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका दाहाल आगामी असोज ५ गते उत्तरी छिमेक चीन पुग्नेछ । असोज १३ गते स्वदेश फर्किने कार्यतालिका छ ।