Breaking

गठबन्धनमा ओलीको ईन्ट्री हुने संकेतले माधवको सातो गयो, झलनाथ फकाउन थाले, कसले गर्दै छन् षड्यन्त्र ?


काठमाडौँ — ललिता निवास जग्गा प्रकरणबाटै विथोलिन थालेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीभित्रै पनि पेलानमा छन । ईतर पक्षले बढाउँदै लगेको घेराबन्दी र गठबन्धनमा देखिएको टकरावले माधव रन्थनिएका छन । जहाँ आफ्नो पार्टीलाई गठबन्धनबाटै निकाल्न लागेको आशंका गरेका उनी आखिर के मा षडयन्त्र देख्न थालेका हुन त ? ललिता निवास जग्गा प्रकरणलाई उछालेर सरकारले डाम्न खोजेपछि वल्लतल्ल वाचेका माधवकुमार नेपाल अहिले आफ्नै पार्टीको कचकच खेपिरहेका छन । एकातर्फ समाजवादी मोर्चाको नाममा एक ठाँउमा उभिएका उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दवावले होस या फकाएर होस आफ्नै पार्टीमा समेट्ने बाटोमा छन ।

प्रधानमन्त्री पाएपनि राष्ट्रिय सहमतीका नाममा गठबन्धन फेरेको विषयले नै उनलाई नलिई अघि नबढ्ने संकेत भएको भाष्य प्रचण्डले निर्माण गर्दा माधवलाई पनि आटको खम्बा प्रचण्ड नै हुन । अर्कातर्फ आफ्नै पार्टीमा धेरैले एमाले रोज्न सक्ने संकटउन्मुख अवस्था समेत अर्को टाउको दुखाईको विषय बन्दा सम्मानित नेता झलनाथ खनालले मिसन नै बनाएर अघि बढेका छन । अन्तरपार्टी निर्देशन अपानीका विषयमा होस या जनताको वहुदलीय जनवादका विषयमा होस माधव भन्दा फरक सुनिने खनाल यो पटक नेतृत्व नै हत्याउने दाउमा छन ।

फलत माधवले पार्टीभित्र घेराबन्दी गरेको भन्दै सार्वजनिक रुपमा खनिदाँ पार्टीभित्र दुई गुट छताछुल्ल छ । समाजवादी मोर्चाले भविष्यमा पार्टी एकतालाई लक्ष्य बनाए पनि माओवादी केन्द्र र विप्लब नेतृत्वको नेकपाबाहेक अरुबीच तत्काल त्यस्तो सम्भव नभएको माधवको बुझाईका विच खनाल माओवादीमा पार्टी नै मिसाउन लागेको भाष्य निर्माणमै लागि परेका छन । अझ गज्जव त आफ्नो पार्टीलाई सर्वदलिय वैठकमा समेत नवोलाएको भन्दै हेपिएको गुनासोका विच पनि यहि गठबन्धनको विकल्प नभएको निष्कर्षमा माधव छन ।

तर खनाल भने कांग्रेसलाई प्रधानसत्रु घोषणा गरेरै अघि बढ्नुपर्ने बाटोमा रहदाँ गठबन्धनले अझै प्रयोगको वस्तु त बनाउने हैन भन्ने डरमा माधव देखिन थालेका हुन । यसैको संकेत आफूहरूलाई सत्ता गठबन्धनबाट बाहिर निकाल्ने षड्यन्त्र भइरहेको दाबी गरेका उनले त्यो वातावरण बनाउन आफ्नै नेता लागेको आरोप लगाएका छन ।

माधवलाई अहिले एमाले दोहोरो सफलतामा पर्ने त हैन भन्ने अर्को चिन्ता सुरु भएको छ । आफ्ना पार्टीका नेतापनि तान्ने र गठबन्धन पनि फुटे आफू अझ चाउरिने बुझेका नेपाल त्यसमा आफू नअट्नेमा प्रष्ट छन । जहाँ कांग्रेसकै डा.शेखर कोईराला पक्ष यो गठबन्धन फुटाउनै पर्ने र आफ्नो नेतृत्वमा सरकार बन्नु पर्ने बताउन थालिसकेका छन । कांग्रेसको बुझाइमा सरकारले जे–जे कुराहरूलाई प्राथमिकता दिनुपर्ने थियो त्यसलाई दिएको देखिँदैन ।

भ्रष्टाचारलाई निर्मुल पार्दै आर्थिक रूपमा ओरालो लागेको अर्थतन्त्रलाई पुरानो लयमा फर्काउनुपर्ने दायित्व सरकारको हो । जहाँ माधव वावुराम बचाएर अर्को अपजसको भारीसमेत वोकेको कोईराला पक्षको बुझाईकाबीच एमाले अध्यक्ष केपी शर्मा ओली,राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कोईरालाका एजेण्डाहरु मिल्दै आएका छन ।

जसले सफलता हासिल गरे आउने अवस्था आफू अनुकुल नहुने माधवको बुझाईका विच आफ्नै खनालले पनि सरकारको रवैया यस्तै रहिरहे धेरै दिन नटिक्ने बताउनुले अझ सचेत गराईदिएको छ । अर्थात कतै खनाल सहित नै समेटिने नयाँ बाटोमा दलहरु अघि बढ्ने अवस्था सिर्जना भएर प्रचण्ड र आफू किनारा त लाग्ने हैन भन्ने शंका नै उनले षडयन्त्रको संज्ञा दिन थालेका त हैनन् भन्ने आशंका उब्जिएको हो ।

हुन त गठबन्धनको पक्षमा देखिएका उनका भनाईको तारो पनि खनाल नै हुन । तर राष्ट्रिय दल नभएको उनको पार्टी सत्ताबाट पनि वाहिरन पुगे यो आकारमा समेत नरहेको पक्का छ । जसले उनले नेतृत्व छोड्नुपर्ने दवावमात्र खेप्ने छैनन कि उत्पन्न हुने नैराश्यताबाट कार्यकता जोगाउन पनि ठुलै सकस व्यहोर्नुपर्ने छ । जसको क्षती सत्ताविहिन प्रचण्डसंग पार्टी एकता गरेपनि पूर्ती नहुने पक्का हुदाँ आफूवाहेक खनाल मात्र हैन प्रचण्डलाई समेत वोक्न ओली तयार हुनसक्ने पाटोले समेत माधवका लागि दर्दनाक छ ।