Breaking

खुकुरीले मुखै बन्द, काट्छु, मार्छु भन्ने राजनीतिमा हाबी, अभिव्यक्तिमा लगाम लाग्ने कानुन बन्न सक्छ


काठमाडौँ — गणतन्त्रको सुन्दर पक्षमध्ये एक अभिव्यक्ति स्वतन्त्रता, जुन संविधानमै सुंरक्षित गरिएको छ । तत्कलिन शाही शासनमा समेत संचार माध्यमलाई प्रतिबन्ध लगाई टेलिफोन समेत अवरुद्ध गराएपछि आक्रोशित जनताले राजतन्त्रलाई नै हुत्याईदिए । तर अहिले संविधानको बललाई टेक्दै सामाजिक संजालदेखी स्थानीय प्रमुख र केन्द्रकै प्रमुखसम्मले हत्या हिंसालाई बढावा दिइरहेका छन् ।

जसले सामाजिक अराजकतालाई थप बल मिलेको प्रष्ट देखिन्छ । खुकुरीको विरता नै बदनाम हुनेगरि कांग्रेस नेतामाथिको सांघातिक आक्रमण यतिबेला समाज र राजनीतिक वृत्तमा ठूलो प्रश्न बनेर तेस्रिएको छ । कसैले कसैमाथि आक्रमण गर्नु सांघातिक अपराध हो, तर यहाँ यही अपरामाथि टेकेर देशको राजनीतिक परिदृश्य फेर्नेसम्मको कोशीस भईरहेको देखिन्छ । अझ डर लाग्दो प्रश्न त यो छ कि संविधानले दिएको स्वतन्त्रताको हकलाई टेक्दै नेतादेखी जनतासम्मले नै यस्ता घटनामाथि दिएको अराजक अभिव्यक्तिले समाज कता जाँदैछ ? भन्ने प्रश्न उठाएको छ ।

नेताकै यस्ता अभिव्यक्ति सुन्दा जति डर लाग्दो छ देशको अवस्था पनि जर्जर छ भन्ने प्रष्ट हुन्छ । नेता छिनाल्नुपर्छ, नेता काट्नुपर्छ भन्ने शब्द हामीले लेख्नु, बोल्नु नपर्ने हो । तर बिडम्बना नेता र जनताको बोली यसमै अडिएको छ । यहाँ नेताले दिएको उपजकै कारण जनताको आक्रोश पनि यतिसम्म छ कि नेतालाई काट, संसदमा आगो लगाइ दे, नेतालाई जहाँ भेट्यो त्यही हान्नुपर्छ, नेता नमरी देश बन्दैन भन्ने जस्ता आ–आफ्नै अभिव्यक्तिमा जनता रमाइरहेका छन् । आफ्नै जनप्रतिनिधि र आफ्नै नेताहरु मार्नुपर्छ, काट्नुपर्छ भन्ने जनआक्रोशबाट नेतृत्व समेत झस्किएको छ ।

यहाँ लोकतन्त्रले दिएको सुन्दर अधिकारलाई अवमूल्यन गर्दै नेतादेखी जनतासम्मले हत्या हिंसालाई प्रशय दिइरहेका छन् । तर यहाँ राज्य संयन्त्र जो चुइक्क बोल्दैन । काठमाडौं महानगर प्रमुख भन्छन्, सिंहदरबार जलाईदिन्छु, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भन्छन्, दुई लाख जनता सडकमा उतार्छु, धरानका मेयर हर्क साम्पाङ समाज–समाजबीचकै धार परिवर्तन गर्न लागि पर्दै द्वन्द्व मच्चाउने अभिव्यक्ति दिन्छन् ।

तर पनि यि र यस्ता अभिव्यक्ति राज्यलाई पचेकै छ । केन्द्रदेखी प्रदेशका सरकारहरुले यही ढङ्गको अभिव्यक्ति र अराजतता बढाउँदै लाने हो भने कानुनी राजको मात्रै प्रश्न उठ्दैन कि संविधान संशोधनको बेला अधिकार कटौतिदेखी सरकारले कानुनै बनाएरै नियन्त्रण गर्ने बाटो समेत खुल्ने जानकार बताउँछन् । यहाँ नेतामाथि नै जनआक्रोश बढेकोमा नेताको चिन्ता हुनु स्वभाविक हो ।

आज कांग्रेस सहमहामन्त्री महेन्द्र यादवको अवस्था भोली अर्कोले भोग्नु नपर्ला भन्ने छैन् । लोकतन्त्रले दिएको स्वतन्त्रतालाई स्वयम राज्य संचालक र आम जनताबाटै चिरहरण गर्दै काटमार जस्ता जघन्य अपराधलाई प्रशय दिदा समाज कता धकेलीदै छ भन्ने प्रश्न गहन छ ।