राजनीति

समाजवादीमोर्चा नेपालले कर्णाली प्रदेश समन्वय समितिको घोषणा


काठमाडौँ– समाजवादीमोर्चा नेपालले कर्णाली प्रदेश समन्वय समितिको घोषणा गरेको छ । आजप्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित सन्देश सभामामोर्चाले समन्वय समितिको घोषणा गरेको हो ।समितिमा समाजवादीमोर्चामा आवद्धदलको सिफारिसमा नेकपा माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष् बिमला केसी, कृष्णबहादुर जिसी र दिनेश चँदारा सदस्यरहेका छन् ।त्यस्तै नेकपा (एकीकृत समाजवादी)बाटपार्टीका उपमहासचिव समेत रहेका प्रकाशज्वाला, प्रदेश अध्यक्ष अमर बहादुर थापा र ठगेन्द्र पुरी सदस्य रहेका छन् । नेकपाको तर्फबाट बिराट सी, पौरख सी र सभ्यता सी तथाजसपाबाट देवीराज न्यौपाने, गगनबहादुर सारु र सन्तोषीविक सदस्य रहेका छन् । समाजवादी मोर्चाको कर्णाली प्रदेशको सन्देश सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रमचन्द विप्लव लगायतका नेताहरु सहभागी छन् ।