Breaking

सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक बस्दै


काठमाडौँ – सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि मंगलबार बस्न नसकेको बैठक आज बस्न लागेको हो ।

बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजेका लागि बोलाएका छन् ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित सदन चल्न दिएको छैन । सोमबार रातिको बैठकमा समिति बनाउने सहमति भएको थियो ।

मंगलबारको बैठकले समितिको विषयमा मस्यौदा बुझाउने र बैठकले त्यसलाई अन्तिम रूप दिने तयारी गरेको थियो । तर, ओलीको अनुपस्थितिमा बैठक बस्न सकेको थिएन ।