Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने गठबन्धनको निर्णय


काठमाडौँ — कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाल आजै विश्वासको मत लिने गठबन्धन दलको बैठकले निर्णय गरेको हो । प्रदेशसभाको बैठक बोलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि बैठक बस्ने नबस्ने अनिश्चित थियो । गठबन्धन दलको बैठकले आजै विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

उपसभामुख दनुवारले अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई जिम्मेवारी दिएर काठमाडौं गएकी थिइन् । गठबन्धन दलका सांसदले बैठकको अध्यक्षता गरे मुख्यमन्त्रीले विश्वासको मत पाउँदैनन् । उपसभामुखले बोलाएको बैठक स्थगित गर्ने अधिकार नभएका कारण आजै विश्वासको मत लिने निर्णय भएको आङ्बोले बताए । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । गठबन्धन दलसँग ४७ मत नै छ ।