Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

विभिन्न माग सहित अप्पन विराटगढले बुझायो कोशीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र


काठमाडौँ — जितिया लाई राष्ट्रिय पर्व र मैथिलीलाई कोशी र मदेश प्रदेशको कामकाजी भाषा बनाउनुपर्ने माग सहित अप्पन विराटगढ परोपकार समाजले कोशी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । भाषा आयोगले नै मैथिली भाषालाई कोशी प्रदेश र मधेश प्रदेशमा कामकाजी भाषा को रुपमा सिफारिस गरिएकाले दुवै प्रदेशमा कामकाजी भाषा कार्यान्वयन गराउन समाजले राष्ट्रिय अभियान चलाइरहेको छ ।

यहि अभियान अन्तर्गत संस्थाकी अध्यक्ष बसुन्धरा झा को नेतृत्वमा मरिक समुदाय का जिल्ला अध्यक्ष श्री बलदेव मरिक द्वारा मुख्यमन्त्री उद्धव थापालाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा मिथिला का वरिष्ठ साहित्यकार श्री शिव नारायण पंडित,पत्रकार नवीन कर्ण,मैथिली अभियानी अशोक यादव लगायतको सहभागीता रहेको थियो ।