Breaking

माओवादीले मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलायो


काठमाडौँ – नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीको एक मन्त्रीलाई फिर्ता बोलाउन चाहेका थिए । त्यसका लागि आइतबार नै मन्त्री र पदाधिकारीको बैठक बोलाएका थिए ।

अब जनमत पार्टीकी नेतृ अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने माओवादीका ती पदाधिकारीले बताए ।