Breaking

माधव कसैगरी नबच्ने, पार्टी र सत्तामै निरीह, मौका छोप्दै कार्यकर्ता भित्र्याउँदै मख्ख ओली 


काठमाडौँ — एमालेबाट विद्रोह गर्दै गज्जबको कम्युनिष्ट पार्टी निर्माण गरेको दावी गरेका माधवकुमार नेपाललाई सकसमा पर्न थालेको छ । फुटको औचित्य पुष्टि गर्न नसक्दा राष्ट्रिय पार्टी समेत बनाउन नसकेका उनलाई अहिले कार्यकर्ता जोगाउन नै गाह्रो छ । जहाँ ललितानिवास जग्गा प्रकरण जस्ता मुद्धामा समेत नबच्ने अवस्था आँउदा उनी पार्टी भित्र,वाहिर र सत्तामै पनि निरिह बनेका हुन ।

चौतर्फी दवाव र सकस झेलिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आईतबार सर्वोच्च अदालतको फैसलाले झड्का दियो । फैसलालले निर्णय प्रक्रियामा रहेकाहरुमाथि पनि छानविन गर्न निर्देशन दिए पछि सत्ताकै कारण् ाअहिले सम्म जोगिरहेको आक्षेप खेपेका नेपालमाथि छानविन गर्न बाटो मात्र खुलेन कि सरकारका लागि जोगाउने बाटो समेत बन्दभयो ।