Breaking

कोसीका मुख्यमन्त्री थापाको शपथग्रहण ५ बजे हुने


काठमाडौँ – कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण बुधबार अपराह्न ५ बजे हुने भएको छ ।

दलहरुबीच जारी बैठक नसकिएको र मन्त्री तथा मन्त्रालयको टुंगो लगाउन समय लाग्ने भएपछि बिहान १०ः३० बजेलाई तय भएको शपथग्रहण सरेको हो ।

मुख्यमन्त्री थापाले दलहरु आपसी छलफलमा रहेकोले पूर्वनिर्धारित समय फेरबदल भएको बताए । मन्त्रीहरुको कार्यविभाजनसहित आजै टुंगो लागेपछि मात्रै शपथ हुने बताइएको छ ।

थापा गठबन्धन सम्बद्ध चार दलको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।‌