Breaking

सभामुखको राजीनामा राजनीतिक बेइमानी र जालझेल: लिङ्देन


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार बनाउने खेलमा प्रदेशसभाका सभामुखलाई राजीनामा गर्न लगाउनुलाई राजनीतिक बेइमानी र जालझेल भनेका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा गठबन्धनमा सरकार बनाउन सभामुखको राजीनामा दिनु जालझेलपूर्ण काम भएको बताए । सभामुखको उक्त कदमले मुलुक संविधानले परिकल्पना नगरेको बाटोमा जाने उनले बताए ।

सरकार बनाउन उहाँहरूले सभामुखलाई राजीनामा दिन लगाउनुभयो । भोलि सरकार बनाउन एमालेले राजीनामा दिन लगाउने होला । यसरी संविधानले परिकल्पना नगरेको अवस्थामा मुलुकलाई लैजानु गलत हो’, उनले भने