काठमाडौँ — साउदी क्लब अलहिलालले फ्रान्सेली क्लब पेरिस सेन्टजर्मेन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पेलाई कीर्तिमानी रकमको प्रस्ताव गरेको छ । साउदीप्रो लिग क्लब अलहिलालले फ्रान्सेली फरवार्ड अनुबन्धनका लागि २ सय ५९ मिलियन पाउण्डको प्रस्ताव गरेको हो । फ्रान्सेलीक्लब पेरिस सेन्टजर्मेन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पेलाई साउदी क्लब अलहिलालले कीर्तिमानी रकमको प्रस्ताव गरेको छ ।
२४ वर्षका फरवार्डको पीएसजीसँगको सम्झौता सकिन अब एक वर्ष बाँकी छ । एमबाप्पेले पीएसजीसँग सम्झौता नविकरण नगर्ने बताईसकेका छन् । सोही कारण पीएसजीले एमबाप्पेलाई जापान भ्रमणको टिमबाट बाहिर राखेको छ । अर्को समर ट्रान्सफरमा निशुल्क छाड्नु भन्दा पीएसजी कुनै हालतमा यसै सिजन एमबाप्पेलाई बेच्न खोजेको छ । सन् २०१७मा नेयमार बार्सिलोनबाट पीएसजी आउदा क्लबले कीर्तिमानी २ सय मिलियन पाउण्डखर्च गरेको थियो ।
भिडियो
प्रतिक्रिया