Breaking

रवि–देउवा–ओली र प्रचण्डको मिसन ८४,जनताको चिन्ता गर्ने को ? चुनाव ठुलो कि काम ?


काठमाडौँ — सत्तामा रहेकाले काम गर्ने र प्रतिपक्षमा रहेकाल खवरदारी गर्दै जनताको मन जित्नुपर्ने दलहरु मिसन २०८४ मा लागि परेका छन । जनताका मुद्धा उठाउने भन्दा संगठन सुदृढिकरण र कार्यकर्ता उत्पादन पहिलो प्राथमिकता बनाएका उनीहरु गरेर हैन वोलेर स्थापित हुने बाटोमा छन । जहाँ पार्टीभित्रै अन्तरद्धन्द भोगीरहेका उनीहरु कसै गरे आगामी चुनाव जित्नु भन्दा माथिको उदेश्यमा छैनन् ।

आफ्ना रणनितिमा निरन्तर फेल खाएको एमाले अहिले मिसन २०८४ भन्दै संगठन सुदृढिकरणमा लागि परेको छ । सदस्यता नविकरणमा ह्वात्तै आएको कमी र पार्टीभित्रको गतिरोध चिर्दै अघि बढेको एमाले आगामी चुनावमा वहुमत ल्याउने उदेश्यमा रहेको उसले नेताका छोराछोरीलाई पार्टीमा तान्नेसम्मको रणनिति अघि सारेको छ । घट्दै गएको सदस्यता नविकरणको वारे खासै नसोचेको उसले पार्टी परिचालनका नाममा पूर्वका नेता पश्चिम र हिमालका नेता तराईमा खटाएको छ । तर उसका लागि अहिले प्रतिपक्षी भूमिकामा खरो उत्रिदै जनताको मन जित्नु त्यति प्राथमिकताको विषय हैन । वरु नेताहरुको दौडधुप कम भएको मै अध्यक्ष केपी शर्मा ओलीको गुनासो छ ।

यता तेश्रो शक्ती बनेर प्रधानमन्त्री हत्याएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि देशको भन्दा आफ्नै भविष्यको चिन्तामा छन । यहि अवस्था रहे र कांग्रेसले साथ छोडे आफ्नो हालत के हुने भन्ने चिन्तामा रहेका उनी समाजवादी मोर्चाको धरातलतमा वाम कम्युनिष्ट घटकसम्मको सपना देखिरहेका छन । यता पुस्तान्तरण र रुपान्तरणको वहस छेड्दै कांग्रेसभित्र बढेको गुटको राजनीतिको उदेश्य समेत मिसन २०८४ छ । बढ्दो आन्तरिक किचलोका विच पार्टीको नेतृत्व र देशको नेतृत्व हत्याउने बाटोमा रहेको ईतर पक्ष देशको भविष्य भन्दा पार्टीको भविष्यप्रति चिन्तित छ ।

फलत ःकांग्रेसमहामन्त्री विश्वप्रकाश शर्माले त अबको चार वर्ष निर्वाचनको चिन्ता नगर्न सबै दलहरूलाई आग्रह नै गरेका छन । कतिपय मान्छेलाई आगामी चुनावको मात्र चिन्ता भएको बताएका उनले देशको चिन्ता कहिले गर्ने भन्दै प्रश्न नै गरेका थिए । देशको भविष्यअबको १५ वर्षमा के बनाउन सक्छौ भन्ने विषयमा चिन्ता गर्न आग्रह गरेका उनले कांग्रेस, एमाले, माओवादीको चिन्ता पछि गर्दा हुने बताएका थिए । यद्यपी लथालिङ संगठन वोकेर हिडेका उसका लागि आफ्नै घर बनाउनुनै महत्वपूर्ण छ । जसका लागि जारी केन्द्रीय समिति वैठक उपलब्धीमुलक हुने आशा गरिएको छ ।

यता नयाँ दल रास्वपा पनि आगामी चुनावी मिसनभन्दा माथि उठ्न सकेको छैन । आफूलाई नयाँ विकल्पका रुपमा उभ्याएर छोटै समयमा राष्ट्रिय राजनीतिमा स्थापित भएको राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि पुरानै रोग देखिएको छ।केन्द्रमासभापति रवि लामिछाने र सांसद डा. स्वर्णिम वाग्लेबीच शक्तिको लडाँइ सुरु भएको गाईगुईकाबीच जिल्लामा पनि कार्यकर्ताहरु एकआपसमा भिड्न थालेका हुन । त्यसको पछिल्लो झल्को रुपन्देहीमा देखिएको छ।

जहाँ रास्वपाका दुई गुटमा विभाजित कार्यकर्ताहरुबीच पार्टीको सैनामैना नगर समितिको कार्यालयमै हात हालाहाल र कुटाकुटको अवस्था भएको छ। जहाँ लामिछाने भने अवको चार बर्ष रास्वपालाई पनि अन्य दल जस्तै भएको भाष्य निर्माणको खतरा को चिन्तामा छन । जनताका काम गरे कुनै तागतले केहि गर्न नसक्ने सत्य विरुद्ध पार्टीको चिन्तामा रहेका उनले कसैले नाम नलिएको भन्दै पार्टी छाड्ने जस्तो सानो मनले पार्टी नचल्ने सार्वजनिक अभिव्यक्ति दिदै आएका छन ।

जसले नयाँ देखि पुराना दल गरेर भन्दा वोलेर आगामी चुनावमा बहुमत ल्याउने वाटोमा देखिदाँ ४ बर्ष काम गर्न सक्ने अवसर पनि रहेको भने भुल्दै गएका छन । जसले प्रसिद्ध राजनितिज्ञ तथा अमेरिकाका पूर्व राष्ट्रपति अव्राहम लिंकनको भनाई छ – कुशल शासकलाई देशको भविष्यको चिन्ता हुन्छ भने एउटा कुटिल राजनीतिज्ञलाई केवल आगामी चुनावको भन्ने भनाई चरितार्थ बन्दै गएको छ ।जसले पार्टीहरुको विकल्प माथि कै प्रश्न उठ्ने त हैन भन्ने खतरा समेत निम्तिएको छ ।