Breaking

काठमाडौँको फोहर विसर्जनमा अवरोध, मन्त्रालयले बोलायो सर्वदलीय बैठक


काठमाडौँ – काठमाडौँ उपत्यकाको फोहोर विसर्जन स्थलमा स्थानीयले अवरोध गरेपछि सहरी विकास मन्त्रालयले आज छलफल गर्दैछ ।

सहरी विकास मन्त्रालयले सर्वदलीय छलफलमा बोलाएको नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए । मन्त्रालयले बिहान ११ बजे छलफलका लागि बोलाएको अध्यक्ष तामाङले बताए । छलफलमा स्थानीयको मागबारे सम्बोधन भए फोहोर ढुवानीको अवरोध हट्ने उनको भनाइ छ ।

समस्या समाधान सम्बन्धमा यसअघि भएका पछिल्ला उच्चस्तरीय बैठकको निर्णय कार्यान्वयन गराउन गाउँपालिकाले विकास मन्त्रालयको हिजो ध्यानाकर्षण गराएको थियो । त्यसपछि आज सहरी विकास मन्त्री सिता गुरुङले स्नाथानिय र सरोकारवालालाई छलफलमा बोलाएकी हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको संयोजकत्वमा वैशाख २९ गते बसेको उच्चस्तरीय बैठकका निर्णय र जेठ १ गतेको निर्देशन पालना गर्न सहरी विकास मन्त्रालयलाई हिजो स्मरण गराइएको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिए ।

नुवकोटाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङसहितका जनप्रतिनिधिले पनि ल्याण्डपिल साइटको अवलोकन गरी समास्या समधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो ।

आज पनि बिहानैदेखि नुवाकोट र धादिङको सीमामा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा स्थानीयले अवरोध जारी राखेका छन् । ककनी गाउँपालिकाले फोहोर बोकेका कन्टेनरसँग शुल्क उठाउने भनि गरेको निर्णय भने कार्यन्वयन नहुने भएको छ । गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले हिजो अन्तरिम आदेश दिएको छ ।