Breaking

नागढुंगामा भयंकर बन्यो सुरुङमार्ग, अब सुरुङमार्गबाटै यात्रा, मन्त्रीको निरक्षण–स्थलगत रिपोर्टिङ


काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्षभित्रनागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताएका छन् । उच्च अधिकारीसहितको टोली लिएर सुरुङमार्गकोअनुगमन गरेका उनलेयो नमुना प्रयोग भएको र तोकिएकै समयमा गुणस्तरिय निर्माण सम्पन्न गर्ने बताए । आखिर कसरी बन्दैछ सुरुङमार्ग ? नेपाललाई सुरुङ युगमा प्रवेश गराउन अब धेरै समय बाँकी छैन दर्शकवृन्द ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गअन्तर्गत ५ सय मिटर छेड्ने काम सकिएलगत्तै यातायात क्षेत्रले सबैभन्दा लामो र भरपर्दाे सुरुङमार्ग प्राप्त गर्दैछ । जसले नेपालको यातायात सञ्जालमा कायापलटसहितको सुरुङ युगको सुरुआत गर्नेछ ।ल कस्तो बन्दैछ सुरुङमार्ग हेर्न जाऔं ।

सुरुङमार्गअन्तर्गत काठमाडौंतर्फको दहचोकबाटबाहिरिएका सवारी साधन धादिङतर्फको सिस्नेखोलामा निस्किने छन् ।काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनका लागि दुई लेनको व्यवस्था गरिएको छ । यसको दुरी दुई हजार ६ सय ८८ मिटर लामो छ । त्यसमध्ये अहिले सिस्नेखोलातर्फबाट ११ सय मिटर खन्ने काम सकिएको छ । दहचोकतर्फबाट पनि झण्डै एक हजार ८८ मिटर खन्ने काम सकिएको छ ।बीचमा बाँकी रहेको झण्डै ५ सय मिटर खन्ने काम सकिएपछि ब्रेकथ्रु हुनेछ ।

नौं मिटर चौडाई भएको मुख्य सुरुङमार्गसहित ४ मिटर चौडाईको सहायक सुरुङमार्ग पनि सँगसँगै निर्माण भइरहेको छ । ३० मिटरको दुरीमा निर्माण भएको सहायक सुरुङमार्गलाई आपतकालिन मार्ग भनिएको छ । कुनै दुर्घटना भए, सवारीसाधन बिग्रिए वा उद्धारका कार्य गर्नुपरे यसको प्रयोग हुनेछ । दुबैतर्फबाट खनिँदै आएको सहायक सुरुङको भेट हुन ४५ मिटरमात्रै बाँकी छ । जसका लागि साढे दुई किलोमिटरभन्दा लामो दुरीमा सात वटा क्रस प्यासेज निर्माण गरिएको छ । जुन एउटाबाट अर्काेमा जान प्रयोग हुनेछन् ।

सुरुङमार्गको भौतिक प्रगति ७५ मध्ये ६१ प्रतिशत भएको निर्माण कम्पनीको भनाइ छ ।७५ बाहेकको २५ प्रतिशत फ्यासिलिटतर्फको हो । अर्थात सुरङमार्ग बनिसकेपछि त्यसमा जडान हुने लाइट र अन्य सुविधायुक्त पूर्वाधार निर्माण त्यसमा पर्नेछन् ।सुरुङमार्गको दुरीभर झण्डै ९० जना जनशक्ति सधैं तैनाथ हुनेछन् । उनीहरुले रेक्युदेखि सुरक्षासम्मको काम गर्नेछन् ।

यसको प्रगति हेर्न मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला स्थलगत निरक्षणमै निस्किए ।राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्र पाण्डे र पूर्वमन्त्री गंगालाल तुलाधरसहित उच्च अधिकारीको टोलीले यसको प्रगतिबारे जानकारी लिएको छ ।अबको एकबर्षभित्रै काम सम्पन्न गरि सवारी साधन गुडाउने दाबी मन्त्री ज्वालाले गरेका छन् ।

यसको खर्च २२ अर्बको छ । त्यसमध्ये झण्डै ६५ प्रतिशत बजेट खर्च भइसकेको छ । २२ अर्बमध्ये १६ अर्ब जापान सरकारको ऋण सहयोग र ७ अर्ब नेपाल सरकारको हो । ७ अर्ब रकम जग्गा खरिददेखि मुआब्जा वितरणसम्मका लागि प्रयोग गरिएको छ । तर जहाँ विकास त्यहाँ विरोध सामान्य जस्तै बनेका बेला यहाँका स्थानीयहरुले समेत पटकपटक विरोध गर्दै आएका छन् ।

धादिङतर्फ केही जग्गा अधिग्रहण र मुआब्जाकै विषय मिलाउन बाँकी रहेका बेला दहचोकतफएका स्थानीयले सुरुङमार्ग निर्माण गर्दा आफ्नो घरमा क्षतिभएको भन्दै क्षतिपूर्ति माग गरिरहेका छन् । स्थानीयका समस्या सम्बोधन गर्न प्रक्रिया अघि बढेको भन्दै हल गर्दै जाने विश्वास मन्त्री ज्वालाले दिलाएका छन् ।

तथापी नेपालले निर्माण गरेको यो नै पहिलो सुरुङमार्ग होइन । दक्षिण एसियामा पहिलोपटक मानव निर्मित सुरुङ बनाएर इतिहास बनाएको नेपालले सय वर्षपछि बल्ल सडक सञ्जालमा सुरुङको महत्व बुझेको हो ।वि.सं. १९७४ मा निर्मित हेटौंडा उपमहानगरपालिका १२ चुरियामाईको ६०० मिटर लामो सुरुङ नेपाली डिजाइन, लगानी र जनशक्तिबाटै बनेको थियो । त्यसपछि यातायात सञ्जालका लागि बनेको यो नै अर्काे सुरुङ हो ।

जुन अबको एकबर्षभित्र भौतिक निर्माण सम्पन्न गरि प्रयोगमा आउनेछ । यसपछि झण्डै ६ किलोमिटरका तीनवटा सुरुङ काठमाडौं–तराईमधेश द्रुतमार्ग फास्ट ट्याकमा बन्नेछन् । जसले नेपाललाई सबैभन्दा छिटो र सुरक्षित सुरुङ युगमा लैजाने छन् ।