विदेश

प्रविधिमा चीन र भारतको प्रतिस्पर्धा, ईतिहास रच्दै


काठमाडौँ — भारत र चीनबीचको टसल नौलो होईन । भर्खरै मात्र चीन र भारतले शक्तिशाली रकेट प्रक्षेपण गरेर एकअर्कामा शक्ति प्रदर्शन गरेका छन् भारतले एलभीएम–३ रकेटबाट सफल रुपमा अन्तरिक्ष पठाइएको छ भने चीनले पनि विश्वमै पहिलो पटक अक्सिजन र मिथेनको तरल इन्धन प्रयोग गर्दै रकेट प्रक्षेपण गरेको छ । हालसाल यी दुई देश निकै प्रतिस्प्रधात्मक समेत देखिएका छन् । भारत–चीनको तनावले संसारका हरेक सामरिक गठबन्धन र गठजोडलाई प्रभावित गरेको छ ।

संसारका यी दुई उदयमान मुलुक प्राचीन सभ्यताको संवाहक भएता पनि स्वतन्त्रता उपरान्त सुमधुर सम्बन्ध स्थापित गरेको इतिहास छैन । चीन र भारतले औषधि निर्माणमा मात्र होइन समग्र विज्ञानका क्षेत्रमा आश्चर्यजनक प्रगति गरिरहेका छन् । यी दुवै देश आणविक शक्ति उत्पादन गर्ने क्षमता राख्छन् भने दुवै देशले अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा विश्वमै उत्कृष्ट उपस्थिति जनाएका छन् । पछिल्लो समय चीन र भारतले रकेट प्रक्षेपणको प्रतिस्पर्धा नै चलेको छ ।

यी दुई देशले हालसालै शक्तिशाली रकेट प्रक्षेपण गरेका छन् । भारतको ऐतिहासिक चन्द्र अभियान अन्तर्गत चन्द्रयान–३ अन्तरिक्षयानलाई एलभीएम–३ रकेटबाट सफल रुपमा अन्तरिक्ष पठाइएको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतिस धवन स्पेस सेन्टरबाट चन्द्रयान–३ यानलाई अन्तरिक्षमा एलभीएम–३ रकेटमार्फत पठाइएको हो । चन्द्र अभियानका लागि पठाएको यस रकेटमा रहेका ल्यान्डर र रोभरले चन्द्रमामा पुगेर चन्द्र जीवनबारे महत्वपूर्ण अनुसन्धान गर्ने अपेक्षा गरेको छ ।

रकेट सफल रुपमा अन्तरिक्षतर्फ उडेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२३, जुलाई १४ को मितीलाई सुनौंलो अक्षरले इतिहासमा लेखिने बताएका छन् । रकेटको माथिल्लो भागमा रहेको चन्द्रयान–३ को ल्यान्डर आगामी महिनाको अगष्ट २३ र २४ भित्र चन्द्रमाको सतहमा अवतरण गर्ने बताइएको छ । यदी भारतीय अन्तरिक्षयान चन्द्रमामा अवतरण गर्नसके भारत रुस, अमेरिका र चीनपछि चन्द्र अभियानमा सफल हुने चौथो राष्ट्र बन्नेछ ।त्यसो त चीन पनि अन्तरिक्षमा रकेट पठाउनेमा निकै अघाडी देखिन्छ ।

चीनले पनि सोही दिन विश्वमै पहिलोपटक अक्सिजन र मिथेनको तरल इन्धन प्रयोग गर्दै रकेट प्रक्षेपण गर्न सफल बन्यो । चीनको निजी एरोस्पेस कम्पनी ल्यान्डस्केपले विश्वकै पहिलो मिथेन–लिक्विड अक्सिजन झुक–२ रकेट प्रक्षेपण गरिएको थियो । राजधानी बेइजिङस्थित निजी कम्पनी ल्यान्डस्पेसले दोस्रो प्रयासमा झुक–२ को सफल प्रक्षेपण गरेको हो । गत डिसेम्बरमा गरिएको प्रयास असफल भएपछि यसलाई पुन दोस्रोपटक प्रक्षेपण गरिएको थियो । अक्सिजन र मिथेनको तरल इन्धन प्रयोग पृथ्वीको वातावरणका लागि ज्यादै फाइदाजनक हुने बताइएको छ ।

प्रदूषण कम गर्ने र सुरक्षित साथै यो सस्तो भएका कारण मिथेन–लिक्विड अक्सिजन रकेटले अमेरिकी रकेट कम्पनीहरूलाई चुनौती थपिदिएको छ । ल्यान्डस्पेसको सफल प्रक्षेपणले मिथेन–अक्सिजन इन्धनयुक्त रकेटको विकासमा एलोन मक्सको स्पेसएक्स र जेफ बेजोसको ब्लु ओरिजिनलाई समेत पछि पारेको छ ।

यो रकेटलाई भविष्यमा चन्द्र अभियानका लागि पनि प्रयोग गरिनेछ । विश्वमा उदाउदो दुई शक्तिशाली राष्ट्र चीन र भारत अर्थतन्त्र, सैन्य शक्तिकासाथै अन्तरिक्षमा यान पठाउनमा पनि प्रतिस्प्रधी देखिएका छन् । उनीहरु पछिल्लो समय प्रविधि क्षेत्रमासमेत बलियो प्रतिष्पर्धा हुँदै गएको छ ।